कृषि क्षेत्रबाटै मुलुक समृद्ध बन्छ : उपमहासचिव गुरुङ

प्यूठान। नेकपा एमालेका  उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई समृद्ध बनाउन कृषि क्रान्ति आवश्यक रहेको बताएका छन् । कृषिमा यान्त्रिकरण, आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढ्नुपर्नेमा गुरुङले जोड दिए ।

अखिल नेपाल किसान महासंघले  प्युठानमा आयोजना गरेको  लुम्बिनी प्रदेशस्तरिय दुई दिने कार्यशालाको उद्घाटन गर्दै उपमहासचिव गुरुङले देश आर्थिक रुपमा बलियो बनाउन  सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने उनले बताए ।

शुक्रबार देखी सुरु कार्यशाला गोष्ठिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट अगुवा कृषकहरु सहभागि रहेको किसान महासंघ लुम्बिनी प्रदेशका सचिव मुक्ति पोख्रेलले जानकारी दिए।

गोष्ठिमा महासंघको केन्द्रिय अध्यक्ष प्रेम दगांल, कृषि विज्ञ भाष्कर पौडेल, घनश्याम चौधरी, कमलराज श्रेष्ठ लगायतले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...