• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषक खुसी


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषकहरु उत्साहित भएका छन् । पछिल्लो केहि दिन यता गोलभेडाले मूल्य बृद्धि भएको छ ।
    जसले गर्दा कृषकले अहिलेसम्म कै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् । कुनै समयमा गोलभेडाले उचित मूल्य नपाएपछि सडकमा समेत कृषकले फाल्न बाध्य हुने गरेका थिए ।
    तर अहिले कृषकहरुले उच्च मूल्य पाएपछि हर्षित छन् । जिल्लाको तम्घासमा सोमबारको बजार मूल्य १८० रुपैयाँमा खुद्रा बिक्री भइरहेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष धनबहादुर रानाले बताए ।
    भारतबाट गोलभेडा नआएको र नेपालबाट भारततर्फ निर्यात भइरहेकाले अहिले मूल्य दिनप्रतिदिन बढदै गएको रानाले बताए । जिल्लामा हाल १२० रुपैयाँ देखि १४० रुपैयाँ सम्ममा कृषकले घरबाटै बेच्न पाएका छन् ।
    यो मूल्य अहिलेसम्मकै उच्च मूल्य रहेको जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर १ का अगुवा कृषक दानबहादुर पल्लीले बताए । ५ हजार गोलभेडाका बोट लगाएका पल्लीले मात्रै दैनिक ३ कुन्टल बढी उत्पादन गर्दै आएका छन् ।
    पल्ली जस्तै गोडभेडा उत्पादनक कृषकहरु मूल्य पाएपछि खुसी भएका छन् । गोलभेडाको मूल्य बृद्धिहुँदा बास्ताविक कृषकहरुले यसवर्ष सोचभन्दा बढी मूल्य पाउन सफल भएको अर्का कृषक झबि पाण्डेले बताए ।
    उनले कृषि गर्न लागेको अहिलेसम्ममा यतिधेरै मूल्य पाएको पहिलो पटक भएको कृषक पल्लीले बताए । अहिले मूल्य पाउदा निकै उत्साह जगाएको कृषकहरुको भनाइ छ ।
    पल्लीले उत्पादन गरेको गोलभेडा स्थानीय मजुवा बजार र बाँकी रहेको बुटवलमा पठाउने गरेका छन्। टनेल भित्र लगाएको बोटले चैत्रसम्म उत्पादन दिने गर्दछ ।
    पल्ली हुँगा कृषि स्मार्ट गाउँ कार्यक्रमका अध्यक्ष समेत हुन् । हुँगामा कृषि स्मार्ट गाउँकार्यक्रम अन्तर्गत गाउँ नै कृषि पेसामा लागेर बिभिन्न तरकारी बाली उत्पादन गर्ने गरेका छन् ।
    उनले त्यसक्षेत्रमा उत्पादन भएका तरकारी संकलन गरेर बजार पठाउने काम समेत गर्दछन् । त्यस क्षेत्रमा एउटै व्यक्तिले ४ सय रोपनी जग्गामा तरकारी खेती गर्ने कृषकहरु छन् ।
    यसक्षेत्रमा कृषि ज्ञानकेन्द्रले कृषकहरुका लागि बिभिन्न सहयोगका कार्यक्रमहरु राखेको छ । जसले गर्दा कृषकहरु उत्साहित भएर कृषि गर्दै आएका छन् ।
    अहिले भारतबाट टमाटर नेपाल नभित्रिएकाले कृषकले उचित मूल्य पाएका हुन् । जिल्लामा कमल ज्ञवाली, इमानसिंह कली, बिमल अर्याल र दानबहादुर पल्ली गोलभेडा उत्पादन गर्ने ठूला कृषकहरु रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    जिल्लाको १२ वटै स्थानीय तह गोलभेडा पकेट क्षेत्रका रुपमा परिचित छन् । जिल्लाबाट प्रतिदिन ३५ कुन्टल गोलभेडा निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
    जिल्लामा १० हजार ४४ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । त्यसमध्ये १ सय ९ हेक्टर क्षेत्रफलमा गोलभेडा उत्पादन हुने गरेको भण्डारीले बताए ।
    जिल्लाबाट साउन महिनाको २१ गतेसम्ममा १ करोड २० लाख रुपैयाँको गोलभेडा निर्यात भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाबाट वर्ष भरमा ५ करोड ११ लाख रुपैयाँको निर्यात हुने गरेको तथ्याङ रहेको छ ।
    जिल्लामा गत बर्ष भन्दा यो बर्ष क्षेत्रफल तथा उत्पादनमा कमि भएको भण्डारीले बताए । तर बजारमा माग बढी छ ।
    यो समयमा भारतमा गोलभेडा निर्यात भएको कारण मूल्य उच्च भएको भण्डारीले बताए । जिल्लामा ०७८÷०७९मा १२१ हेक्टर क्षेत्रफलमा २ हजार ४१० मेटन गोलभेडा उत्पादन भएको थियो ।
    गएको आर्थिक वर्ष ०७९÷०८० मा १०९ हेक्टर क्षेत्रफलमा १ हजार ९९४मेटन गोलभेडा उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ । गोलभेडा तरकारीमा मिसाउनको लागि प्रयोग गरिन्छ भने कतिपयले अचार सलादको रुपमा पनि प्रयोग गर्दछन् ।

    Advertisement

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...