• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ३. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ४. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ५. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ८. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ९. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • १०. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषक खुसी


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गोलभेडाले उचित मूल्य पाएपछि गुल्मीका कृषकहरु उत्साहित भएका छन् । पछिल्लो केहि दिन यता गोलभेडाले मूल्य बृद्धि भएको छ ।
    जसले गर्दा कृषकले अहिलेसम्म कै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् । कुनै समयमा गोलभेडाले उचित मूल्य नपाएपछि सडकमा समेत कृषकले फाल्न बाध्य हुने गरेका थिए ।
    तर अहिले कृषकहरुले उच्च मूल्य पाएपछि हर्षित छन् । जिल्लाको तम्घासमा सोमबारको बजार मूल्य १८० रुपैयाँमा खुद्रा बिक्री भइरहेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष धनबहादुर रानाले बताए ।
    भारतबाट गोलभेडा नआएको र नेपालबाट भारततर्फ निर्यात भइरहेकाले अहिले मूल्य दिनप्रतिदिन बढदै गएको रानाले बताए । जिल्लामा हाल १२० रुपैयाँ देखि १४० रुपैयाँ सम्ममा कृषकले घरबाटै बेच्न पाएका छन् ।
    यो मूल्य अहिलेसम्मकै उच्च मूल्य रहेको जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर १ का अगुवा कृषक दानबहादुर पल्लीले बताए । ५ हजार गोलभेडाका बोट लगाएका पल्लीले मात्रै दैनिक ३ कुन्टल बढी उत्पादन गर्दै आएका छन् ।
    पल्ली जस्तै गोडभेडा उत्पादनक कृषकहरु मूल्य पाएपछि खुसी भएका छन् । गोलभेडाको मूल्य बृद्धिहुँदा बास्ताविक कृषकहरुले यसवर्ष सोचभन्दा बढी मूल्य पाउन सफल भएको अर्का कृषक झबि पाण्डेले बताए ।
    उनले कृषि गर्न लागेको अहिलेसम्ममा यतिधेरै मूल्य पाएको पहिलो पटक भएको कृषक पल्लीले बताए । अहिले मूल्य पाउदा निकै उत्साह जगाएको कृषकहरुको भनाइ छ ।
    पल्लीले उत्पादन गरेको गोलभेडा स्थानीय मजुवा बजार र बाँकी रहेको बुटवलमा पठाउने गरेका छन्। टनेल भित्र लगाएको बोटले चैत्रसम्म उत्पादन दिने गर्दछ ।
    पल्ली हुँगा कृषि स्मार्ट गाउँ कार्यक्रमका अध्यक्ष समेत हुन् । हुँगामा कृषि स्मार्ट गाउँकार्यक्रम अन्तर्गत गाउँ नै कृषि पेसामा लागेर बिभिन्न तरकारी बाली उत्पादन गर्ने गरेका छन् ।
    उनले त्यसक्षेत्रमा उत्पादन भएका तरकारी संकलन गरेर बजार पठाउने काम समेत गर्दछन् । त्यस क्षेत्रमा एउटै व्यक्तिले ४ सय रोपनी जग्गामा तरकारी खेती गर्ने कृषकहरु छन् ।
    यसक्षेत्रमा कृषि ज्ञानकेन्द्रले कृषकहरुका लागि बिभिन्न सहयोगका कार्यक्रमहरु राखेको छ । जसले गर्दा कृषकहरु उत्साहित भएर कृषि गर्दै आएका छन् ।
    अहिले भारतबाट टमाटर नेपाल नभित्रिएकाले कृषकले उचित मूल्य पाएका हुन् । जिल्लामा कमल ज्ञवाली, इमानसिंह कली, बिमल अर्याल र दानबहादुर पल्ली गोलभेडा उत्पादन गर्ने ठूला कृषकहरु रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।
    जिल्लाको १२ वटै स्थानीय तह गोलभेडा पकेट क्षेत्रका रुपमा परिचित छन् । जिल्लाबाट प्रतिदिन ३५ कुन्टल गोलभेडा निर्यात हुने गरेको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
    जिल्लामा १० हजार ४४ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुँदै आएको छ । त्यसमध्ये १ सय ९ हेक्टर क्षेत्रफलमा गोलभेडा उत्पादन हुने गरेको भण्डारीले बताए ।
    जिल्लाबाट साउन महिनाको २१ गतेसम्ममा १ करोड २० लाख रुपैयाँको गोलभेडा निर्यात भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । जिल्लाबाट वर्ष भरमा ५ करोड ११ लाख रुपैयाँको निर्यात हुने गरेको तथ्याङ रहेको छ ।
    जिल्लामा गत बर्ष भन्दा यो बर्ष क्षेत्रफल तथा उत्पादनमा कमि भएको भण्डारीले बताए । तर बजारमा माग बढी छ ।
    यो समयमा भारतमा गोलभेडा निर्यात भएको कारण मूल्य उच्च भएको भण्डारीले बताए । जिल्लामा ०७८÷०७९मा १२१ हेक्टर क्षेत्रफलमा २ हजार ४१० मेटन गोलभेडा उत्पादन भएको थियो ।
    गएको आर्थिक वर्ष ०७९÷०८० मा १०९ हेक्टर क्षेत्रफलमा १ हजार ९९४मेटन गोलभेडा उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख भण्डारीको भनाइ छ । गोलभेडा तरकारीमा मिसाउनको लागि प्रयोग गरिन्छ भने कतिपयले अचार सलादको रुपमा पनि प्रयोग गर्दछन् ।

    Advertisement

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा
    विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
    झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा
    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    • ३.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ४.
      नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

    • ५.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...