• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

कृषि मन्त्री भुसाल भारत भ्रमणमा, भारतले लम्पी स्किनको निशुल्क खोप लगाइदिने


  •   बुधबार, साउन ०३, २०८० मा प्रकाशित
  • काठमाडौं। तीन दिने भारत भ्रमणमा रहेका कृषि तथा पशुपन्छी बिकास मन्त्री डा. बेदुराम भुसालले त्यहाँका समकक्षीसंग भेटघाट गरेका छन् ।

    Advertisement

    नेपालका कृषि तथा पशुपन्छी बिकास मन्त्री भुसालले भारतका कृषि एवम् कल्याण मन्त्री नरेन्द्र सिंह तोमर र मत्यपालन, पशुपालन एवम् डेरी मन्त्री परशोत्तम रुपालासंग बुधबार भेटघाट गरेका हुन् ।
    दुबै मन्त्रीसंग भएको छुट्टाछुट्टै भेटमा कृषि उपज निर्यात देखि लम्पी स्किन नियन्त्रण र उन्नत जातका पशु निर्यात लगायत बिषयमा महत्त्वपूर्ण निर्णय भएको मन्त्रीका प्रेस संयोजक दिपक अनुरागीले बताए ।भारतका कृषि मन्त्री तोमरसंगको भेटमा मन्त्री भुसालले नेपाली किसानले उत्पादन गरेको टमाटर निर्यात गर्न आग्रह गरेका थिए । नेपालमा किसानले उत्पादन गरेको टमाटरले मूल्य नपाएको र भारतमा टमाटरको मूल्य आकाशिएको भन्दै नेपालबाट टमाटर निर्यातको प्रबन्ध मिलाइदिन मन्त्री भुसालले आग्रह गरेका थिए ।जवाफमा भारतीय कृषि मन्त्री तोमरले अबको एक हप्ता भित्र नेपालबाट टमाटर आयातको कानुनी प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

    यस्तै मन्त्री भुसालले आफ्नो देशमा उत्पादन भएका किवी, ड्रायगन, एभोगाडो लगायतका फलफूल निर्यात गर्न नेपाल आतुर रहेको बताएका थिए ।यस्तै पशुपन्छी मन्त्री रुपालासंगको भेटमा मन्त्री भुसालले लम्पी स्किन रोगको भाइरस सिड उपलब्ध गराउन आग्रह गरे । भारतीय मन्त्रीले भारतसँग जोडिएका नेपालका जिल्लामा लम्पी स्किनको निशुल्क खोप लगाइदिने प्रतिबद्धता जनाएका छन् ।

    भारतीय पशुपालन मन्त्री रुपालाले नेपालमा पश्मिना प्रबर्द्धनका लागि भारतको लद्दाकका हाइबृड च्याङ्रग्रा उपलब्ध गराउने बताएका छन् भने गाईको नश्ल सुधारका लागि साइवा गाईको साढे उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रीका प्रेस संयोजक अनुरागीले बताए ।

    भारत भ्रमणमा मन्त्री भुसालसङ्गै मन्त्रालयका सचिव डा. दिपक खराल, मन्त्रीका प्रमुख स्वकीय सचिव सुशील भट्टराई छन् ।

    बुधबार, साउन ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...