• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

चन्द्रकोटले रैथाने वाली संरक्षण गर्ने


  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ ।

    Advertisement

    त्यसको संरक्षणमा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिकाको १३ औं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कालो भटमास, सेतो भटमास, गहत, सिलाम, भाँगो जस्ता रैथाने वाली प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।

    त्यस्तै गाउँपालिकाले पालिका भित्रका मारुनी, झ्याउरे, भैलो, तीज गीत, चक्रेृश्वर मेला, लाखे जात्रा, पञ्चेबाजा, भजन कीर्तन लगायतका लोक संस्कृतिको प्रबद्र्धन गर्ने लिइने भएको छ ।

    चन्द्रकोट गाउँपालिकाले बुधवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकका उत्पादन गाउँपालिकाको व्यवस्थापन अन्तर्गत कृषकलाई बजारसँग जोड्न कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकको उत्पादनलाई पालिकाको सहजिकरणमा बजारसँग जोड्ने नीति लिइने भएको छ । कृषि क्षेत्रमा उत्पादन बृद्धि र बजारीकरणमा बिशेष महत्वका साथ नीति कार्यक्रममा समाबेश गरिएको छ । गाउँपालिकामा माटो उपचार साथै माटोको नक्साङ्कनका लागि माटो परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ ।

    त्यस्तै कृषि उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालनमा ल्याउने नीति प्रस्तुत गरिएको छ ।

    त्यस्तै गाउँपालिका भित्र सञ्चालन हुने आयोजनाहरुमा मानव श्रमको प्रयोगमा जोड दिइने भएको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलको अभिलेखिकरण विकास र प्रवद्र्धन गर्न विकास समिति गठन गरीने भएको छ ।

    सहकारी संस्थाहरुलाई उत्पादनमूलक कार्यमा लाग्न अभिप्रेरित गरिने भएको छ । त्यस्तै स्थानीय पाठ्यक्रमका आधारमा निर्माण गरिएको आधारभूत तहको कक्षा (१–८) सम्मको पाठ्यपुस्तक छपाई तरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

    शैक्षिक सत्र २०८० लाई शैक्षिक गुस्णस्तर अभिवृद्धि अभियानबर्षको रुपमा विकास गर्न विद्यालय निरीक्षण र सुपरीवेक्षण कार्य तथा शिक्षकको् पेशागत विकासलाई व्यवस्थित गर्दै लगिने भएको छ । मानिसको मस्तिष्क विकास उसको गर्भको ९ महिनादेखि २ बर्षसम्म ८०% हुने हुँदा भविष्यमा हाम्रा सन्तति स्वस्थ, जिम्मेवार र उर्जाशिल बनाउनपोषिलो आहारा खान प्रोत्साहन गर्दै नियमित गर्भ परीक्षण, आमालाई पोषिलो झोला वितरण कार्यक्रम कार्यान्वयनमा ल्याइने भएकको छ ।

    वृहत स्वास्थ्य शिविर संचालनको कार्यक्रमलाई निरन्तरता अध्यक्ष केसीले प्रस्तुत गरेको नीति कार्यक्रममा रहेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडीलाई सम्मान तथा प्रोत्साहनको नीति लिइने भएको छ ।

    त्यस्तै गाउँपालिका भित्रको दलित समुदाय, मगर, कुमाल, बोटे आदि अल्पसंख्यक एवम् आदिवासी जनजातिको मौलिक भाष, कला, धर्म एवम् संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यलाई अगाडी बढाउने भएको छ । एम घर एक धारा कार्यक्रमलाई यसै वर्ष सम्पन्न गरिने भएको छ ।

    त्यस्तै लिफ्टिङ्ग खानेपानी समितिको विद्युतको बिलमा २५ प्रतिशत छुट दिने नीति लिइने भएको छ । त्यस्तै छोराछोरी समान हुन भनी छोरा छोरीलाई समान अंश दिने बुवा आमालाई विशेष कार्यक्रमका सम्मान गरिने भएको छ ।

    पूर्ण अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य बिम ागर्ने नीतिलाई प्रथामिकता दिइने भएको छ । नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गराई सिफारिस लिनुपर्ने व्यवस्था मिलाउने भएको छ ।

    गाउँपालिकाको प्रशासनिक भवन र १५ शैया अस्पताल निर्माणको कामलाई सम्पन्न गर्ने कार्यालाई तिव्रता दिइने भएको छ । गाउँपालिकाले यी लगायत आफनो सेवाप्रवाहलाई पनि थप समयअनुकुल सेवाप्रवाहमा छिटो छरितो ढंगले सम्पन्न गर्न बिभिन्न नीति बनाएको छ ।

    पालिकाको कार्यालय परिसरमा नागरिक सहायता कक्षाबाट नागरिकका समस्या र कामलाई सहजीकरण गर्न अझै वढि ध्यान लिने भएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष केसीले सुशासन तथा विकास समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, चन्द्रकोट गाउँपालिकाको पूर्वधार विकास व्यवस्थापन विधेक २०८० सभामा प्रस्तुत गरिएको थियो ।

    गाउँसभामा नीति तथा कार्यक्रममा उठेका जिज्ञान तथा सुझावहरुको बारेमा अध्यक्ष केसीले जवाफ समेत दिएका थिए

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation