• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

लोकप्रिय समाचार

  • १. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • २. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ३. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ४. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ५. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ६. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ७. दलित बालबालिकालाई कपी वितरण गर्दै वडाध्यक्ष बुढाले मनाए जन्मदिन

  • ८. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ९. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • १०. प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

चन्द्रकोटले रैथाने वाली संरक्षण गर्ने


  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले रैथाने वाली संरक्षणमा विशेष ध्यान दिने भएको छ । पछिल्लो समय हाइबे्रड जातको बीउका कारण स्थानीय रैथाने वाली लोप हुने अवस्थामा पुगेको छ ।

    Advertisement

    त्यसको संरक्षणमा गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने भएको हो । गाउँपालिकाका अध्यक्ष युवराज केसीले पालिकाको १३ औं गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कालो भटमास, सेतो भटमास, गहत, सिलाम, भाँगो जस्ता रैथाने वाली प्रवद्र्धन गर्ने कार्यक्रमलाई प्रथामिकता दिइने उल्लेख गरिएको छ ।

    त्यस्तै गाउँपालिकाले पालिका भित्रका मारुनी, झ्याउरे, भैलो, तीज गीत, चक्रेृश्वर मेला, लाखे जात्रा, पञ्चेबाजा, भजन कीर्तन लगायतका लोक संस्कृतिको प्रबद्र्धन गर्ने लिइने भएको छ ।

    चन्द्रकोट गाउँपालिकाले बुधवार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकका उत्पादन गाउँपालिकाको व्यवस्थापन अन्तर्गत कृषकलाई बजारसँग जोड्न कृषि एम्बुलेन्स सञ्चालन गरी कृषकको उत्पादनलाई पालिकाको सहजिकरणमा बजारसँग जोड्ने नीति लिइने भएको छ । कृषि क्षेत्रमा उत्पादन बृद्धि र बजारीकरणमा बिशेष महत्वका साथ नीति कार्यक्रममा समाबेश गरिएको छ । गाउँपालिकामा माटो उपचार साथै माटोको नक्साङ्कनका लागि माटो परीक्षण प्रयोगशाला स्थापना हुने भएको छ ।

    त्यस्तै कृषि उत्पादनमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम सञ्चालनमा ल्याउने नीति प्रस्तुत गरिएको छ ।

    त्यस्तै गाउँपालिका भित्र सञ्चालन हुने आयोजनाहरुमा मानव श्रमको प्रयोगमा जोड दिइने भएको छ । गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय स्थलको अभिलेखिकरण विकास र प्रवद्र्धन गर्न विकास समिति गठन गरीने भएको छ ।

    सहकारी संस्थाहरुलाई उत्पादनमूलक कार्यमा लाग्न अभिप्रेरित गरिने भएको छ । त्यस्तै स्थानीय पाठ्यक्रमका आधारमा निर्माण गरिएको आधारभूत तहको कक्षा (१–८) सम्मको पाठ्यपुस्तक छपाई तरी वितरण गर्ने व्यवस्था मिलाइने भएको छ ।

    शैक्षिक सत्र २०८० लाई शैक्षिक गुस्णस्तर अभिवृद्धि अभियानबर्षको रुपमा विकास गर्न विद्यालय निरीक्षण र सुपरीवेक्षण कार्य तथा शिक्षकको् पेशागत विकासलाई व्यवस्थित गर्दै लगिने भएको छ । मानिसको मस्तिष्क विकास उसको गर्भको ९ महिनादेखि २ बर्षसम्म ८०% हुने हुँदा भविष्यमा हाम्रा सन्तति स्वस्थ, जिम्मेवार र उर्जाशिल बनाउनपोषिलो आहारा खान प्रोत्साहन गर्दै नियमित गर्भ परीक्षण, आमालाई पोषिलो झोला वितरण कार्यक्रम कार्यान्वयनमा ल्याइने भएकको छ ।

    वृहत स्वास्थ्य शिविर संचालनको कार्यक्रमलाई निरन्तरता अध्यक्ष केसीले प्रस्तुत गरेको नीति कार्यक्रममा रहेको छ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल खेलाडीलाई सम्मान तथा प्रोत्साहनको नीति लिइने भएको छ ।

    त्यस्तै गाउँपालिका भित्रको दलित समुदाय, मगर, कुमाल, बोटे आदि अल्पसंख्यक एवम् आदिवासी जनजातिको मौलिक भाष, कला, धर्म एवम् संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका कार्यलाई अगाडी बढाउने भएको छ । एम घर एक धारा कार्यक्रमलाई यसै वर्ष सम्पन्न गरिने भएको छ ।

    त्यस्तै लिफ्टिङ्ग खानेपानी समितिको विद्युतको बिलमा २५ प्रतिशत छुट दिने नीति लिइने भएको छ । त्यस्तै छोराछोरी समान हुन भनी छोरा छोरीलाई समान अंश दिने बुवा आमालाई विशेष कार्यक्रमका सम्मान गरिने भएको छ ।

    पूर्ण अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य बिम ागर्ने नीतिलाई प्रथामिकता दिइने भएको छ । नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार विकास समितिको स्थलगत अनुगमन गराई सिफारिस लिनुपर्ने व्यवस्था मिलाउने भएको छ ।

    गाउँपालिकाको प्रशासनिक भवन र १५ शैया अस्पताल निर्माणको कामलाई सम्पन्न गर्ने कार्यालाई तिव्रता दिइने भएको छ । गाउँपालिकाले यी लगायत आफनो सेवाप्रवाहलाई पनि थप समयअनुकुल सेवाप्रवाहमा छिटो छरितो ढंगले सम्पन्न गर्न बिभिन्न नीति बनाएको छ ।

    पालिकाको कार्यालय परिसरमा नागरिक सहायता कक्षाबाट नागरिकका समस्या र कामलाई सहजीकरण गर्न अझै वढि ध्यान लिने भएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष केसीले सुशासन तथा विकास समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, विधायन समिति गठन तथा सञ्चालन कार्यविधि २०८०, चन्द्रकोट गाउँपालिकाको पूर्वधार विकास व्यवस्थापन विधेक २०८० सभामा प्रस्तुत गरिएको थियो ।

    गाउँसभामा नीति तथा कार्यक्रममा उठेका जिज्ञान तथा सुझावहरुको बारेमा अध्यक्ष केसीले जवाफ समेत दिएका थिए

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता
    क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित
    नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    लोकप्रिय

    • १.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • २.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ३.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ४.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    • ५.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ६.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    भर्खरै

    • १.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • २.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ४.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ५.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ६.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ७.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ८.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation