• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न पहल गर्छु– मुख्यमन्त्री कार्की


  •   मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्योग क्षेत्रमा बर्तमान समयमा अघोषित लोडसेडिङ्गको समस्या समाधान गर्न आफ्नो तर्फबाट तत्काल पहल सुरु गर्ने बताउनुभयो ।
    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मङ्गलबार आयोजित कोशी प्रदेशका उद्योग सङ्घ र सङ्गठनका प्रतिनिधिहरुसँग छलफल कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
    मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘ यसका लागि सङ्घीय उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका निर्देशकसँग तत्कालनै कुरा गर्ने तथा व्यवसायीसँग आवश्यक छलफल एवं भेटघाटका लागि पहल गर्ने छु ।’
    उहाँले उद्यमीहरुले लिएको ऋणको व्याज दर घटाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरसँग आफ्नो कुरा भएको स्मरण गराउादै पुनः यस सम्बन्धमा उद्यमीहरुको टोलीसँग सङ्घीय सरकारका अर्थमन्त्री र राष्ट्र बैकका गभर्ननरलाई छलफल गराउने विश्वास दिलाउनु भयो ।
    छलफलमा बोल्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो– ‘उद्योग व्यवसाय क्षेत्रका कुन कुन नीतिलाई प्रथामिकता दिनुपर्ने र के कस्ता नीति निर्माण गर्दा तपाईहरुका समस्या समाधान हुन्छन, बजेट निर्माणका क्रममा मलाई सुझाव दिनु होस ।’
    उहाँले मुलुकले सरकारी, निजी र सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुल आधार मानेको स्मरण गराउँदै अहिले सहकारी क्षेत्र धारासाही भएको तथा निजी क्षेत्र पनि कमजोर हुँदै गएकाले हाम्रो अर्थतन्त्र कमजोर हुने अवस्थामा पुगेको बताउनुभयो ।
    राष्ट्रिय पुँजीको प्रयाप्त विकास नभइ समाजबादमा पुग्न नसकिने कुराको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले छिमेकी मुलुकको कच्चा पदार्थबाट सञ्चालन हुने ठूला तथा मझौला उद्योगहरुको समस्या समाधानमा उचित व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको जानकारी गराउनुभयो ।
    सो अवसरमा उद्योग सञ्चालनको क्रममा देखिने विभिन्न समस्या समाधानका लागि प्रदेश सरकारको क्षेत्रअधिकार भित्र पर्ने कार्यलाई आवश्यक विधिविधान बनाउने तथा सङ्घीय सरकार समक्ष समेत आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।
    उहाँले नीजि क्षेत्र वलियो, सुदुढ र चिन्ता मुक्त भएमात्र मुलुकको आर्थिक विकास एवं समृद्धि कायम हुने हुनाले यसप्रति आफू सचेत रहेको र केन्द्रीय नेताहरुलाई समेत सचेत गराएको विचार राख्नु भयो ।
    मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नामकरणका सम्बन्धमा पहिचानवादीले विरोध प्रदर्शन हिंसात्मक एवं गालीगलौच र दुव्र्यवहार गर्ने विषयमा उद्योगी व्यापारी एवं विराटनगरबासीको स्पष्ट धारणा आउनु पर्ने बताउँदै प्रदेश सरकारले राखेको प्रदेशको नामका सम्वन्धमा गल्ति वा ठीक गरेको विषयमा जनतासमक्ष जानकारी दिन आग्रह गर्नु भयो ।
    छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष राजेन्द्र राउतले उद्यमीले उद्योग बन्द गर्न चाहेमा त्यसको वातावरण मिलाइदिन अनुरोध गर्दै सरकारले निर्माणाधिन पूर्वाधारहरुलाई चाँडै सम्पन्न गराउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनु भयो ।
    उद्योग सङ्घठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले विद्युत प्राधिकरणले उद्योग क्षेत्रमा नियमित विद्युत आपूर्ति गर्नु पर्ने वा लोडसेङ्गिको तालीका सार्वजनिक गर्न आग्रह गर्नु भयो ।
    होटल सङ्घ कोशीका राजन श्रेष्ठले यस क्षेत्रमा पर्यटक आवागन वृद्धिका लागि विराटनगरबाट लुक्ला हवाई सेवा सञ्चलन गर्न पहल गर्नुपर्नेमा जोड दिनु भयो ।
    मोरङ व्यापार सङ्घका अध्यक्ष नविन रिजालले राज्यबाट उद्यमीहरुले कुनै सहयोग नपाएको कारण युवाहरु उद्योग व्यवसाय क्षेत्रमा आउन डराइरहेको बताउनु भयो ।
    नेपाल उद्योग परिसङ्घ कोशीका अध्यक्ष भीम घिमिरे,सङ्घका पूर्व अध्यक्षद्वय पवन शारडा र प्रकाश मुन्दडा, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्री लगायतले बैंकले निक्षेपमा व्याज घटाए अनुसार ऋणमा घटाउनु पर्ने , भन्सार मूल्याङन समायोजन गरी सीमा क्षेत्रको नेपाली बजार गुलजार बनाउन आवश्यक पहल गर्नुपर्ने सुझाव दिनु भयो ।

    Advertisement

    मङ्गलबार, बैशाख १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation