• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ९. लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गलकोटको सहस्र झरनामा आन्तरिक पर्यटकको चहलपहल


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। केहि वर्ष अघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । आफैमा गुमनाम झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोंचेका थिए न पत्याएका थिए । वर्षौं देखि जङ्गलबीच गोलकोत कोतको मुनी देखि छङ्छङ गर्दै झरना बगिनै रहेको थियो ।

    Advertisement

    गलकोट नगरपालिका–३ हटिया स्थित उक्त सहस्र झरना स्थानिय तह आएसँगै पर्यटक हब बन्दै गईरहेको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भनें आन्तरिक पर्यटकको रोजाईमा परेको छ भनें चर्चा समेत बटुल्न थालेको छ । आफनो पुरानो चिनारी बदल्ने क्रममा रहेको उक्त झरना परिसरमा आवश्यक पुर्वाधार निर्माण गरिए सँगै झरना अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

    अहिले गलकोट नगरपालिका सँगै वडा नं ३ का जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा झरनाको विकासमा जुटेको वडा अध्यक्ष खत्रीले बताउनु भयो । झरनामा पहिलो पटक तत्कालिन गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीको नेतृत्वमा वि.सं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको थियो ।

    त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रुपमा उक्त खेल खेलाईएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भयो । सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) सुरु गरिएको निवर्तमान वडा अध्यक्ष बिरजङ्ग भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो “पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उहाँले भन्नुभयो, “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ ।”

    छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो । जङ्गलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पुर्वाधार निर्माण गरि गलकोटकै महत्वपुर्ण पर्यटन सर्किटको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्य सँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो ।

    बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ भनें हटिया बजारबाट आधा घण्टाको पैदल यात्रा र सवारी साधन मार्फत १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनाले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको त्यहाँ घुम्न पुगेका आन्तरिक पर्यटक कृष्ण खत्रीले बताउनु भयो ।

    गलकोट नगरपालिका, वडा सरकार सँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवद्र्धन गरिरहेका छन् । युवाको सोंच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन बोहोरा क्षेत्रीले जानकारी दिनुभयो । वडा सदस्य बोहोराले झरनामा ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केहि आवश्यक पूर्वाधार निर्माण भईसकेको र थप योजना तय गरिएको उल्लेख गर्नुभयो ।

    झरना परिसरमा गलकोट नगर पालिकाबाट विनियोजित रकम रु पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचा लगायतका संरचना बनेका छन् । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • २.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ३.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ७.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ८.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation