• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

गलकोटको सहस्र झरनामा आन्तरिक पर्यटकको चहलपहल


  •   आइतबार, चैत २६, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। केहि वर्ष अघिसम्म सहस्रधारा झरनाबारे कमैलाई मात्र थाहा थियो । आफैमा गुमनाम झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोंचेका थिए न पत्याएका थिए । वर्षौं देखि जङ्गलबीच गोलकोत कोतको मुनी देखि छङ्छङ गर्दै झरना बगिनै रहेको थियो ।

    Advertisement

    गलकोट नगरपालिका–३ हटिया स्थित उक्त सहस्र झरना स्थानिय तह आएसँगै पर्यटक हब बन्दै गईरहेको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भनें आन्तरिक पर्यटकको रोजाईमा परेको छ भनें चर्चा समेत बटुल्न थालेको छ । आफनो पुरानो चिनारी बदल्ने क्रममा रहेको उक्त झरना परिसरमा आवश्यक पुर्वाधार निर्माण गरिए सँगै झरना अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

    अहिले गलकोट नगरपालिका सँगै वडा नं ३ का जनप्रतिनिधि र स्थानीयवासी सहस्रधारा झरनाको विकासमा जुटेको वडा अध्यक्ष खत्रीले बताउनु भयो । झरनामा पहिलो पटक तत्कालिन गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीको नेतृत्वमा वि.सं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको थियो ।

    त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रुपमा उक्त खेल खेलाईएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भयो । सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ) सुरु गरिएको निवर्तमान वडा अध्यक्ष बिरजङ्ग भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो “पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो”, उहाँले भन्नुभयो, “विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ ।”

    छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो । जङ्गलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पुर्वाधार निर्माण गरि गलकोटकै महत्वपुर्ण पर्यटन सर्किटको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्य सँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो ।

    बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ भनें हटिया बजारबाट आधा घण्टाको पैदल यात्रा र सवारी साधन मार्फत १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनाले त्यहाँ पुग्ने पर्यटकको मनै लोभ्याउने गरेको त्यहाँ घुम्न पुगेका आन्तरिक पर्यटक कृष्ण खत्रीले बताउनु भयो ।

    गलकोट नगरपालिका, वडा सरकार सँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवद्र्धन गरिरहेका छन् । युवाको सोंच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन बोहोरा क्षेत्रीले जानकारी दिनुभयो । वडा सदस्य बोहोराले झरनामा ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केहि आवश्यक पूर्वाधार निर्माण भईसकेको र थप योजना तय गरिएको उल्लेख गर्नुभयो ।

    झरना परिसरमा गलकोट नगर पालिकाबाट विनियोजित रकम रु पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचा लगायतका संरचना बनेका छन् । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।

    आइतबार, चैत २६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा
    रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल
    खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो
    नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न
    मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु
    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation