• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

झिमरुकमा सहकारीलाई प्रभावकारी बनाउन अन्तरक्रिया


  •   मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
  • प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा दर्ता भइ संचालनमा रहेका सहकारी संस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
    गाउँपालिका भित्र रहेका सहकारीहरुको अवस्था नियम बिनिमय अनुसार चले नचलेकाे संस्थालाई थप प्रभावकारी बनाउन भाबी कार्ययोजना बनाउने उदेश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको हो । समुदायमा रहेको पुँजिलाई केन्द्रीकृत गरि जनताको न्युनतम आवश्यकता परिपुर्ति गर्न निकै सहयोग पुग्ने भएकोले सहकारीलाई उत्पादनमा जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता रहेको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए । “गाउँपालिकामा रहेका सहकारीलाई प्रभावकारी रुपमा संचालन गर्न सबैको सहकार्य आवश्यक पर्छ।” अध्यक्ष महतरा क्षेत्रीले भने, सहकारी मार्फत स्थानीय जनतालाई समृद्धि संग जोडेर लैजानु पर्ने भएकोले सबै सहकारीकर्मीहरु लाग्नुपर्ने बताए । सहकारीलाई थप प्रभावकारी बनाउन गाउँ सरकारले कुनै कसर बाकी नराखेर अगाडी बढ्ने अध्यक्ष पित बहादुर महता क्षेत्रीले बताए । झिमरुक गाउँपालिकामा ३२ वटा सहकारी संस्था दर्ता भइ संचालमा रहेको सहकारी शाखा प्रमुख अरबिन्द महतले जानकारी दिए ।
    अरबिन्द महतका अनुसार बचत तथा ऋण सहकारी १३ वटा कृषि सहकारी ११ वटा उपभोक्त सहकारी ३ वटा बहुउद्देश्यीय सहकारी ३ वटा संस्था गरि ३० वटा सहकारी संस्था क्रियाशील रहेका छन् । प्रदेशमा कार्यक्षेत्र भएर झिमरुक गाउँपालिकामा २ वटा सहकारी संस्था संचालनमा रहेको उनले बताए । गाउँपालिकामा क्रियाशिल २४ वटा सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापकहरुले आफ्नो सहकारी संस्थाको हालको अवस्था सदस्य संख्या लागानी र बचत अवस्था बारे रिपोर्टिङ गरेका थिए ।कृषकले उत्पादन गरेको कृषि उपजले मूल्य नपाउने अवस्था रहेकोले पालिकाले कृषी सहकारी मर्फत बजारीकरणमा सहयोग आवश्यक रहेको सहकारी संस्थाहरुको जोड दिएका थिए ।
    सहकारी संस्थालाई प्रबिधि मैत्री बनाउदै दक्ष र सीप युक्त बनाउन गाउँपालिकाले अभिभावकत्वको भुमिका निर्वाह गर्नुपर्ने चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बताए ।
    झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरकृया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल, आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत पिताम्बर मरासिनी, प्रशासन शाखा प्रमुख हरि प्रसाद पोख्रेल, आर्थिक बिकास समितिका संयोजक कृष्ण बहादुर जिसी, सहकारी शाखा प्रमुख अरबिन्द महत र पालिकामा क्रियाशील सहकारी संस्थाका अध्यक्ष सचीव र ब्यवस्थापक हरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रम संचालन यमलाल पोख्रेलले गर्नुभएको थियो ।

    Advertisement

    मङ्गलबार, चैत १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...