प्युठान। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा चार ठूला विद्यार्थी सङ्गठनले तालमेल गरेका छन् ।
आगामी चैत ५ मा हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल छैठौं र विप्लव निकट अखिल क्रान्तिकारी)बीच तालमेल गर्ने सहमति भएको छ ।
Advertisement
नेपाल बिद्यार्थी संघ प्युठानका जिल्ला सभापती कल्याण विक्रम केसिले स्ववियु निर्वाचनमा चार विद्यार्थी सङ्गठनबीच प्युठानका ५ वटै क्याम्पसमा तालमेल गर्ने सहमति भएको जानकारी दिए ।
उनका अनुसार अनेरास्ववियुले सभापतिमा स्वर्गद्वारी बहुमुखी क्याम्पस पुर्ण्यखोला, नेपाल बिद्यार्थी संघले प्युठान क्याम्पस खलङ्गा र अमर क्याम्पस बाझिपुरमा पाउने छ भने अखिल छैठौले गौमुखी बहुमुखी क्याम्पस मच्छी र विप्लव निकट अखिल (क्रान्तिकारी)ले झिमरुक बहुमुखी क्याम्पस बाग्दुला पाउने गरी सहमति गरिएको छ।