• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • २. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ३. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ४. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ५. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ६. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ७. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ८. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ९. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

बोझापोखरी विद्युत सवस्टेशन तयार


  •   बुधबार, पुष २०, २०७९ मा प्रकाशित
  • नवलपुर । बर्दघाट सुस्तापूर्व, नवलपुरको बोझापोखरीमा सात वर्ष अघि निर्माण सुरु गरिएको विद्युत सवस्टेशनको निर्माण कार्य पुरा भएको छ । तीन वर्ष भित्र निर्माणको काम सम्पन्न गर्ने गरि २०७३ सालमा भारतिय एटुजेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनी मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिंङ्गले कम्पनीले बोझापोखरीमा विद्युत सवस्टेशन निर्माणको काम सुरु गरेको थियो ।
    पहिलो सम्झौता अनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काममात्रै भएर झण्डै रुग्ण आयोजनाको रुपमा परिणत भएको सवस्टेशन निर्माण कार्य पटक पटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब चारवर्षपछि निर्माण सम्पन्न भएको हो ।
    नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार सहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतिकरण गर्ने गरि आयोजना सुरु गरिएकोमा ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको थियो ।
    सबस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणको बाटो खुलेको छ । जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार रहेका छन् । तनहुँ तर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतिकरण गरिएको छ । कतिपय स्थानमा लघुजल विद्युतबाट विद्युतिकरण गरिएको भएपनि आवश्यक माग अनुसार आपूर्ति हुन सकेको छैन् । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ । अब बोझा पोखरीको सवस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणमा सहजता हुने नेपाल विद्युत प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थिले बताउनुभयो।
    ‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ, चाडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा विजुली बाल्ने काम हुनेछ ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो । उहाँका अनुसार पुस १४ गतेबाट नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरि लाइन चार्ज गर्ने र सवस्टेशन चार्जगर्ने काम सुरु भएको छ । यस लगतै ११ हजार केभिको लाइन चार्ज गरि स्थानीय स्तरमा वितरणको काम सुरु हुने छ । आयोजना मार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभिको लाइनसमेत बितरण हुने छ । त्यसका लागि पोल गाड्ने र तार टाङ्ने कतिपय काम सकिएको छ ।
    ‘सवस्टेशन सञ्चालन पछि केही क्षेत्रमा स्थानीय स्तरमा विद्युत वितरणका लागि आयोजनाबाट काम हुनेछ, त्यस बाहेक सम्बन्धित जिल्लाबाट विद्युत वितरणको काम हुने छ’ सहायक प्रबन्धक पन्थिले भन्नुभयो ‘ढिलोमा एक महिनामा सबै काम सकिने विश्वास छ, हामीले निर्माणको जिम्मा पाएको कम्पनीलाई सोही अनुसार काम गर्न भनेका छौ।’
    बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरि बत्ती बाल्ने तयारी गरिएको उहाँले बताउनुभयो । सवस्टेशन निर्माणको काम अलपत्र पर्दा लामो समय देखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएकाछन् । कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थिले बताउनुभयो ।

    Advertisement

    भारतिय एटुजेड ईन्फ्रा ईन्जिनियररिंग कम्पनि मार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिंङ्गले करिब रु. १२ करोडको लागतमा सवस्टेशन निर्माणको जिम्मा पाएको थियो ।

    बुधबार, पुष २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न
    गुलरियामा कपडा बैंकको शुभारम्भ
    दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन
    व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    लोकप्रिय

    • १.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • २.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ६.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation