पुष्कलको नयाँ गीत : ‘सिन्दुरसँग जिन्दगी साट्यो मायाले’ सार्वजनिक

जनक पन्थ, गुल्मी । लोक तथा दोहोरी गीत क्षेत्रमा निकै रुचाइएका गायक पुष्कल शर्माको नयाँ गीत सार्वजनिक भएको छ ।
लोकप्रिय गायक तथा गीतकार शर्माको नयाँ गीत “सिन्दुर सँग जिन्दगी साट्यो मायाले” सार्वजनिक भएको भएको हो ।
माया प्रेमले भरिएका शब्द भावमा सृजित गीत रहेको छ । अघिल्ला गीतहरुमा जस्तै यश गीतमा पनि उनलेे दर्शक श्रोताले मन जित्ने अपेक्षा लिएका छन् । बिगतमा लाखौं दर्शकको मन जित्ने गरि गीतहरु सृजना गर्ने शर्माका गीत फरक स्वादका हुने गर्छन् । शर्माले सृजना गरेका गीत अहिले पनि उत्तिकै मात्रामा चर्चामा छन् । हालै बजारमा अाएको गीतमा शर्मा र गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा लय शब्द शर्मा आफ्नै रहेको छ ।
गीतलाई शर्मा आफैले निर्देशन गरेका हुन् भने उनको समेत उत्कृष्ट अभिनय देख्न सकिन्छ । थप अभिनयमा सबि शर्मा, कमला गैरे र प्रकाश शर्माको रहेको छ । गीत शर्माको अाफाै युट्युव च्यानल बाट सार्वजनिक भएको हो । गीत बजारमा अाएसँगै सबैतिर चर्चामा रहेको छ ।
गीतको पूरा भिडियो

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...