• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

  • ८. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ९. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • १०. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

प्यूठानमा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • प्यूठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक नेपाली कांग्रेस-माओवादीसहितको गठबन्धनको बलमा सांसद दोहोरिन चाहेकी छन् । उनीसँग प्रतिस्पर्धामा छन् नेकपा एमालेका नेता सूर्य थापा ।

    Advertisement

    थापा उनै हुन् जसले २०७४ को निर्वाचनमा पौडेललाई जिताउन भूमिका खेलेका थिए । त्यतिबेला पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई हराएकी थिइन् ।

    २०७४ मा जुन पार्टीका उम्मेदवारलाई हराएकी थिइन् अहिले पौडेलले त्यही पार्टीको समर्थन पाएकी छिन् भने २०७४ का सारथी नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा आएका छन् ।कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएकाले पौडेलले केही सहज महसुस गरेकी छन् भने एक्लै प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार थापा पनि प्यूठानमा राष्ट्रिय जनमोर्चाको विरासत तोड्ने योजनामा छन् ।

    २०७० मा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी पौडेलले २०७४ मा प्यूठानबाट चुनाव जितेसँगै दुईपटक सांसद बनेको अनुभव बटुलिन् । उनी तेस्रोपटक सांसद बन्ने प्रयासमा छिन् ।

    पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । झलनाथ खनाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उम्मेदवारी दर्तासँगै चुनाव प्रचार प्रसार सुरु गरेका दुवै उम्मेदवारले विगतमा प्यूठानमा खेलेको भूमिका प्रस्तुत गर्न थालेका छन् । आइतबार उम्मेदवार दर्ता गरेलगत्तै थापाले चुनाव जिते आफू मन्त्री बन्ने संकेत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र थापाले आफूलाई नयाँ, क्षमतावान र जिल्लाको विकासका लागि सिंहदरवारमा प्रभाव पार्न सक्ने व्यक्तिका रुपमा प्रस्तुत गरे । उनका समर्थकहरुले पनि थापाले चुनाव जिते मन्त्री हुने तर पौडेल सांसद मात्रै हुने भन्दै प्रचार थालिसकेका छन् ।

    जिल्लामा आफ्नो बलियो संगठन र पार्टिभित्र आन्तरिक विवाद नभएकाले जित निकाल्ने दाबी एमालेको छ । एमालेका जिल्ला सचिव माधव पौडेल भन्छन्, ‘हामी एक ढिक्का भएर मतदातासमक्ष पुगेका छौं । यसको परिणाम राम्रो आउने विश्वास छ ।’

    एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ ।

    प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् । कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरिरहेका छन् । प्यूठानबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले निर्वाचनमा गठबन्धनका उम्मेद्वार पौडेलका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिएका छन् । उनले गठबन्धनका नाममा प्यूठानको कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने बताएका छन् । आफूले रुख चिह्नमा मात्र मत माग्ने भन्दै उनले कांग्रेसका कार्यकर्तालाई गिलासमा भोट हाल भनेर आह्वान गर्न नसकिने बताए ।

    पार्टी सभापति शेरबहादुर देउवालाई मनाएर गठबन्धनको साझा उम्मेद्वार बन्ने पहल डा. पोखरेलले गरेका थिए । तर डा. शेखर कोइराला पक्षका पोखरेललाई देउवाले टिकट दिएनन् ।

    नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले टिकटका कारण पार्टीका केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको स्वीकार गरे । उनले भने, ‘पार्टीका साथीहरुमा देखिएको असन्तुष्टि मेटाउने पहल गरिरहेका छौं, उहाँहरुले केन्द्रीय समितिले गरेको निर्णय मान्नुहुनेछ ।’

    सत्तारुढ गठबन्धनकी उम्मेदवार पौडेल पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहयोगमा चुनाव जित्ने आत्मविश्वासमा छिन् । पौडेलले आफू सांसद भएको बेला थालेका कामलाई पूर्णता दिन पुन: उम्मेदवार बनेको बताउँछिन् ।

    नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा उत्साहित छ । पाँच वर्षे कार्यकालमा दुर्गा पौडेलले सांसदमा खेलेको भूमिका नै चुनाव जित्ने मूल आधार भएको दाबी जनमोर्चाको छ । सत्तारुढ गठबन्धनमै रहेर पनि अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरोधमा उत्रिएको भन्दै जनमोर्चाले पौडेललाई ‘राष्ट्रवादी’ नेताको रुपमा प्रस्तुत गरेको छ । नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले भने, ‘सत्तारुढ दलको समर्थन, सफा छवि र राष्ट्रिय पहिचान भएको हुँदा पौडेल बलियो उम्मेद्वार हो ।’

    संसदमा देशको हित विपरीत हुने प्रस्तावको विपक्षमा उभिँदा पौडेलको राष्ट्रिय छवि बनेको जिकिर न्यौपानेले गरे । एकातिर कांग्रेसभित्रको असन्तुष्टि छ त अर्कोतिर जनमोर्चामै विवाद छ । एकातिर कांग्रेसभित्रको असन्तुष्टि छ त अर्कोतिर जनमोर्चामै विवाद छ । प्यूठानमा पौडेल उम्मेदवार बन्ने कि बोमबहादुर खत्री भनेर जनमोर्चाले चुनाव नै गरेको थियो । जसमा एक मतले जितेर पौडेल उम्मेदवार बनिन् । तर नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण पौडेलले नातावादका कारण पटक पटक अवसर पाएको भन्दै जनमोर्चा भित्रै असन्तुष्टि छ ।

    यस्तो छ स्थानीय तहको मत

    गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मतले अघि छ ।  प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको छ ।

    १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली
    संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ४.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ७.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ८.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation