• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, माघ ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

लोकप्रिय समाचार

  • १. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • २. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ३. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ४. प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

  • ५. प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

  • ६. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

  • ७. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

  • १०. बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

प्यूठानमा रोचक बन्दै चुनावी प्रतिस्पर्धा


  •   मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
  • प्यूठान । २०७४ सालमा वाम गठबन्धनको समर्थनमा प्यूठानबाट प्रतिनिधिसभा सदस्य निर्वचित राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल यस पटक नेपाली कांग्रेस-माओवादीसहितको गठबन्धनको बलमा सांसद दोहोरिन चाहेकी छन् । उनीसँग प्रतिस्पर्धामा छन् नेकपा एमालेका नेता सूर्य थापा ।

    Advertisement

    थापा उनै हुन् जसले २०७४ को निर्वाचनमा पौडेललाई जिताउन भूमिका खेलेका थिए । त्यतिबेला पौडेलले कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेललाई हराएकी थिइन् ।

    २०७४ मा जुन पार्टीका उम्मेदवारलाई हराएकी थिइन् अहिले पौडेलले त्यही पार्टीको समर्थन पाएकी छिन् भने २०७४ का सारथी नेकपा एमालेका उम्मेदवार प्रतिस्पर्धामा आएका छन् ।कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको साथ पाएकाले पौडेलले केही सहज महसुस गरेकी छन् भने एक्लै प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार थापा पनि प्यूठानमा राष्ट्रिय जनमोर्चाको विरासत तोड्ने योजनामा छन् ।

    २०७० मा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य भएकी पौडेलले २०७४ मा प्यूठानबाट चुनाव जितेसँगै दुईपटक सांसद बनेको अनुभव बटुलिन् । उनी तेस्रोपटक सांसद बन्ने प्रयासमा छिन् ।

    पौडेलका प्रतिस्पर्धी थापा पहिलो पटक संसदीय चुनावमा होमिएका हुन् । झलनाथ खनाल र एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा थापाले प्रधानमन्त्रीको प्रेस सल्लाहकारको जिम्मेवारी निर्वाह गरिसकेका छन् । उम्मेदवारी दर्तासँगै चुनाव प्रचार प्रसार सुरु गरेका दुवै उम्मेदवारले विगतमा प्यूठानमा खेलेको भूमिका प्रस्तुत गर्न थालेका छन् । आइतबार उम्मेदवार दर्ता गरेलगत्तै थापाले चुनाव जिते आफू मन्त्री बन्ने संकेत गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र थापाले आफूलाई नयाँ, क्षमतावान र जिल्लाको विकासका लागि सिंहदरवारमा प्रभाव पार्न सक्ने व्यक्तिका रुपमा प्रस्तुत गरे । उनका समर्थकहरुले पनि थापाले चुनाव जिते मन्त्री हुने तर पौडेल सांसद मात्रै हुने भन्दै प्रचार थालिसकेका छन् ।

    जिल्लामा आफ्नो बलियो संगठन र पार्टिभित्र आन्तरिक विवाद नभएकाले जित निकाल्ने दाबी एमालेको छ । एमालेका जिल्ला सचिव माधव पौडेल भन्छन्, ‘हामी एक ढिक्का भएर मतदातासमक्ष पुगेका छौं । यसको परिणाम राम्रो आउने विश्वास छ ।’

    एमालेले स्थानीय तहमा पाएको मत जोगाउने, सत्ता गठबन्धनको असन्तुष्ट मत तान्ने र नयाँ मतदाता रिझाउनुपर्ने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार नभएकाले उनीहरुको मत तान्ने योजना एमालेको छ ।

    प्यूठानबाट प्रतिनिधि सभा सदस्यमा पार्टीको उम्मेदवार नभएपछि नेपाली कांग्रेसका कार्यकर्ता भने नेतृत्वप्रति खुसी छैनन् । कतिपय नेता कार्यकर्ताले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गरिरहेका छन् । प्यूठानबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले निर्वाचनमा गठबन्धनका उम्मेद्वार पौडेलका लागि भोट माग्न नसकिने अभिव्यक्ति दिएका छन् । उनले गठबन्धनका नाममा प्यूठानको कांग्रेसलाई कमजोर बनाउने गरी भएको सहमतिको समर्थन गर्न नसकिने बताएका छन् । आफूले रुख चिह्नमा मात्र मत माग्ने भन्दै उनले कांग्रेसका कार्यकर्तालाई गिलासमा भोट हाल भनेर आह्वान गर्न नसकिने बताए ।

    पार्टी सभापति शेरबहादुर देउवालाई मनाएर गठबन्धनको साझा उम्मेद्वार बन्ने पहल डा. पोखरेलले गरेका थिए । तर डा. शेखर कोइराला पक्षका पोखरेललाई देउवाले टिकट दिएनन् ।

    नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुकुमार गिरीले टिकटका कारण पार्टीका केही नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको स्वीकार गरे । उनले भने, ‘पार्टीका साथीहरुमा देखिएको असन्तुष्टि मेटाउने पहल गरिरहेका छौं, उहाँहरुले केन्द्रीय समितिले गरेको निर्णय मान्नुहुनेछ ।’

    सत्तारुढ गठबन्धनकी उम्मेदवार पौडेल पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहयोगमा चुनाव जित्ने आत्मविश्वासमा छिन् । पौडेलले आफू सांसद भएको बेला थालेका कामलाई पूर्णता दिन पुन: उम्मेदवार बनेको बताउँछिन् ।

    नेकपा मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा उत्साहित छ । पाँच वर्षे कार्यकालमा दुर्गा पौडेलले सांसदमा खेलेको भूमिका नै चुनाव जित्ने मूल आधार भएको दाबी जनमोर्चाको छ । सत्तारुढ गठबन्धनमै रहेर पनि अमेरिकी सहयोग कार्यक्रम एमसीसीको विरोधमा उत्रिएको भन्दै जनमोर्चाले पौडेललाई ‘राष्ट्रवादी’ नेताको रुपमा प्रस्तुत गरेको छ । नेकपा मसालका जिल्ला प्रवक्ता ज्ञामुराम न्यौपानेले भने, ‘सत्तारुढ दलको समर्थन, सफा छवि र राष्ट्रिय पहिचान भएको हुँदा पौडेल बलियो उम्मेद्वार हो ।’

    संसदमा देशको हित विपरीत हुने प्रस्तावको विपक्षमा उभिँदा पौडेलको राष्ट्रिय छवि बनेको जिकिर न्यौपानेले गरे । एकातिर कांग्रेसभित्रको असन्तुष्टि छ त अर्कोतिर जनमोर्चामै विवाद छ । एकातिर कांग्रेसभित्रको असन्तुष्टि छ त अर्कोतिर जनमोर्चामै विवाद छ । प्यूठानमा पौडेल उम्मेदवार बन्ने कि बोमबहादुर खत्री भनेर जनमोर्चाले चुनाव नै गरेको थियो । जसमा एक मतले जितेर पौडेल उम्मेदवार बनिन् । तर नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण पौडेलले नातावादका कारण पटक पटक अवसर पाएको भन्दै जनमोर्चा भित्रै असन्तुष्टि छ ।

    यस्तो छ स्थानीय तहको मत

    गएको स्थानीय तह निर्वाचनको नतिजा हेर्दा एमालेको भन्दा सत्ता गठबन्धन ११ हजार मतले अघि छ ।  प्यूठानमा एमालेले कुल ३९ हजार ८७७ मत प्राप्त गरेको छ । जिल्लाका २० वटा वडा जितेको नेपाली कांग्रेसले २१ हजार २२ मत मात्रै पाएको छ ।

    १० वटा वडा जितेको माओवादी केन्द्रले १५ हजार ७४६ मत र १० वटै वडा जितेको राष्ट्रिय जनमोर्चाले १३ हजार ८५४ मत प्राप्त गरेको छ । त्यसैगरी दुई वटा वडा जितेको विप्लव समूहले १ हजार ४१७ मत, कुनै पनि वडा जित्न नसकेको नेकपा एकीकृत समाजवादीले १ हजार ३२२ मत पाएको थियो ।

    मङ्गलबार, कार्तिक ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी
    प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म
    ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने
    प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान
    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    लोकप्रिय

    • १.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • २.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ४.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी

    • ५.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि

    • ६.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    भर्खरै

    • १.
      गढवामा सातौँ महिला फुटबल प्रतियोगिता सुरु

    • २.
      गुल्मी–२ बाट कांग्रेसका क्रियाशील सदस्य सुरेन्द्र पाण्डेको स्वतन्त्र उम्मेदवारी

    • ३.
      बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खनाल फाउण्डेशनद्वारा पोशाक वितरण

    • ४.
      प्युठानका उम्मेदवारका एजेन्डा : विदेशी लगानी भित्र्याउनेदेखि नीति परिवर्तनसम्म

    • ५.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • ६.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ७.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ८.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation