प्युठान। पहिरोका कारण चार दिनदेखि अबरुद्ध रहेको प्युठान –भालुवाङ सडकखण्ड सुचारु भएको छ । प्युठान –भालुवाङ सडकखण्डको बेसारपानी,खहरेखोला, मोतिपुर,सिमलचौर लगायतका स्थानमा पहिरो खसेपछि विहिबार साझदेखी सवारी आवागमन बन्द भएको थियो ।
एक्साभेटरको सहायताले पहिरो हटाइएपछि सडक पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । पहिरो हटेपछि अहिले गाडी गुड्न थालेका छन् ।
मुख्य सडक संचालनमा आएपनी भित्री सडक पहिरोको कारण ठप्प छन।
Advertisement