• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ः सहरी मन्त्री चौधरी


  •   बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
  • धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् ।
    जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’
    जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने सुनाउँदै भने, ‘तपाईंहरु फटाफट काममा जुट्नुस् । हामीले बजेटको निरन्तर व्यवस्था मिलाउने छौँ । बजेट अभावका कारण आयोजना रोकिने स्थिति आउने छ्रैन । काम निर्धारित समयभित्रै सक्नुस् । काम गर्दा गुणस्तरीयतामा कमि नहोस् । तपाईंहरुले पनि निरन्तर आयोजनाहरुको निगरानी गर्नुस् ।’
    यस आयोजना अन्तर्गत जलेश्वर–२, मा सांस्कृतिक सामुदायिक भवनको स्तरोन्नती, बोधिमाई मन्दिर परिसरमा घाट निर्माण, ट्रयाक स्तरोन्नती, जनकपुरधाम स्थित रामजानकी कुट्टीमा रहेको सांस्कृतिक भवन स्तरोन्नती, जनकपुरधाम–४ मा मिथिला परिक्रमा विश्राम भवन निर्माण, मिथिला बिहारी नगरपालिका कचुरीमा सांस्कृतिक भवन तथा विवाह मण्डप निर्माण, धनुषाधाम मन्दिर परिसरमा रहेको सांस्कृतिक भवनको स्तरोन्नती लगायतका योजनाहरु रहेका छन् । आयोजनाको कुल अनुमानित लागत १० करोड रहेको छ ।
    त्यसैगरि सहरी मन्त्री चौधरीले जनकपुरधाम उपमहानगरपालिकामा सडक तथा नाला निर्माण कार्यक्रम अन्तर्गत दुर्गाचोक–रेल्वे ट्रयाक सडक खण्डमा सहरी सडक तथा नाला स्तरोन्नती कार्यको पनि शिलान्यास गरेका छन् । जस अन्तर्गत २.२ कि. मि. लम्बाईमा १६ मि. चौडा सहरी सडकको मापदण्ड अनुसार साइकल लेन, फुटपाथको व्यवस्था हुनेछ । दुवैतर्फ विरुवा रोपेर हरियाली कायम गरिने जनाइएकोछ । यस आयोजनाको अनुमानित लागत रु २० करोड रहेको छ ।
    पूर्व राष्ट्रपति डा. रामबरण यादवसँग जनकपुर ओर्लेका मन्त्री चौधरी, डा. यादवले जनकपुर नगरपालिका–९ स्थित सरस्वती मावि परिसरको भौतिक पुर्वाधार सहित सडक नाला, पोखरी सौन्दर्यीकरण तथा वातावरण सुधार आयोजनाको शिलान्यास गर्ने कार्यक्रममा समेत सामेल भएका थिए ।
    कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, सहरी विभागका उपमहानिर्देशक नारायण भण्डारी, संघीय आयोजना कार्यान्वयन इकाइ, धनुषाका आयोजना प्रमुख प्रदिप खनाल, स्थानीय जनप्रतिनिधि लगायतले आआफ्ना मन्तव्य राखेका थिए ।

    Advertisement

    बिहिबार, असोज ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation