दाङ । केही दिनयता दाङमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि विद्युत प्राधिकरणलाई लालटिन उपहार दिएको छ।
कांग्रेस घाेराही नगर समितिले प्राधिकरणको वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै बलेको लालटिन उपहार दिएकाे हो। यस अघि अघोषित लोडसेडिङलाई समाधान गर्न गरिएको आग्रहको बेवास्ता भएपछि अहिले प्राधिकरणलाई दबाबका लागि लालटिन नै उपहार दिनुपरेको नगर सभापति तिलक रावतले बताए ।
उनले तत्काल समाधान गर्न माग समेत गरिएकाे बताए ।
नेपाली कांग्रेस दाङ प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ,क्षेत्र नं. २ का क्षेत्रीय सभापती भिमप्रकाश खड्का, उपसभापति दुर्लभ केसी,दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जाेशी, नगर सदस्य किरण बाेहरा,ऋषि पाेख्रेल,सुरज बुढाथोकीसहितको टोलिले प्राधिकरणलाई लालटिन उपहार हस्तान्तरण गरेको हो।