• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, जेठ ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

अस्पताल बने, सेवा सुरु भएन

गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

लोकप्रिय समाचार

  • १. गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २. पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

  • ३. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • ४. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ५. डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२ लाभान्वित

  • ६. रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

  • ७. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ८. ३ लाख नदिए मलेसिया उड्न नदिने म्यानपावर एजेन्ट पक्राउ

  • ९. प्युठानमा भ्यान दुर्घटना हुँदा दुई युवाको मृत्यु

  • १०. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

तिलौराकोटमा मौर्यकालीन पर्खालको भग्नावशेष फेला


  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । बुद्धस्थल तिलौराकोटको मध्य भागमा रहेको पोखरीको दक्षिणतर्फको संरचना उत्खनन गर्दा मौर्यकालीन इँटाले बनेका पर्खालको भग्नावशेष फेला परेका छन् । पर्खालमा ४७ सेन्टिमिटर लामो, २६ देखि २८ सेन्टिमिटर चौडा र ७ सेन्टिमिटर मोटो इँटा प्रयोग गरेको पाइएको छ ।

    Advertisement

    ‘९÷१० तह गहिरो पर्खाल भेटिएको छ,’ उत्खननमा संलग्न लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘नेचुरल स्वायलसम्मको गहिराइमा जाँदा अझ बढी तह भेटिने निश्चित छ ।’
    यसअघि सन् २०१६÷१७ मा उत्खनन गर्दा पोखरीको दक्षिण–पश्चिम र पूर्व–दक्षिणको कुना भेटिएको थियो । अहिले उक्त दुवै कुना दक्षिणी क्षेत्रबाट एकापसमा जोडिएको पाइएका हुन् । पोखरीमा २६ तहसम्मको इँटा भेटिएको छ ।

    पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ एवं पुरातत्वविद्को टोलीले अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर करिब एक महिनासम्म उत्खनन गरेको थियो । एक मिटर चौडा र २४ मिटर लामो ट्रेन्च खनेर उत्खनन गर्दा माटाका भाँडाकुँडा, कर्ड इम्प्रेस, तामाका सिक्का, जनावरका मूर्ति र शिलाछाप पाइएका छन् ।
    झन्डै डेढ मिटर गहिरोसम्म उत्खनन गरिएको थियो । रेडियो कार्बन तिथि निर्धारण गर्दा इसापूर्व तेस्रोदेखि दोस्रो शताब्दी झन्डै २४ सय वर्षअघि बनेको संरचना फेला पर्नाले तिलौराकोटको ऐतिहासिकता प्रमाणित बन्दै गएको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए । ‘त्यसपछिबाट त्यत्तिकै छाडिएको थियो,’ उनले भने, ‘भू–भौतिक सर्वेक्षण (जियोफिजिक्स) गर्दा अहिले फेला परेको हो । त्यसपछिबाट अहिले अध्ययन अन्वेषण थालिएको हो ।’

    पहिलेका अन्य ऐतिहासिक नगरका तुलनामा यो पोखरी एउटा छुट्टै विशेषता बोकेको विशिष्ट संरचना भएको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत उप्रेतीले बताए । पोखरीको निर्माण काठमाडौं उपत्यकामा नगर योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको हुनाले नेपालको तराई र पहाडका बीचमा नगर योजनासम्बन्धी साझा अवधारणा रहेको हुन सक्ने उनले बताए ।

    ३० बाई ३० मिटर लम्बाइ र चौडाइ रहेको पोखरीको कार्बन डेटिङ गर्दा २४ सय वर्षअघि निर्माण भएको तिथि पत्ता लागेको थियो । विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु गरिएको तिलौराकोटलाई यो उत्खननले महत्त्वपूर्ण सहयोग पु¥याउन सहयोग पुगेको पुरातत्त्वविद्ले बताएका छन् । मौर्यकालीन समय २४ सय वर्षअघि दक्षिण एसियामा निर्माण गरिएका सार्वजनिक संरचनामध्ये वैज्ञानिक मिति पत्ता लागेका थोरै संरचनामध्ये यो एक रहेको लुम्बिनी विकासका कोष सदस्य–सचिव सानुराजा शाक्यले बताए ।

    सन् २०१४ मा भूभौतिक सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलको एउटा संरचना फेला परेको थियो । सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल भएको, मध्यभागमा खाली तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरूजस्तै भएको संकेत गरेको थियो । उत्खननबाट नगरभित्र इँटाका गारोहरू लगाइएको ठूलो पोखरी रहेको भेटिएको हो ।

    तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले विभिन्न प्रक्रिया अगाडि बढाएका बेला अहिलेको उत्खनन सहयोगी हुने बताइएको छ ।

    सरकारले पनि ०७९÷८० को नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने कुरालाई प्राथमिकता दिएको छ । तिलौराकोट शाक्यवंशीय राजा शुद्धोदनको राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।

    मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
    आठ वर्षदेखि बन्द चौरजहारी विमानस्थल
    बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    लोकप्रिय

    • १.
      गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    • २.
      पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा

    • ३.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • ४.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ५.
      डोल्पाको जगदुल्लामा सेनाको निःशुल्क स्वास्थ्य शिविर, ४५२

    • ६.
      रोल्पा जलजला क्षेत्रको जंगलमा रेड पान्डा भेटियो

    भर्खरै

    • १.
      बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    • ४.
      बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

    • ५.
      एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

    • ६.
      पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा

    • ७.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    • ८.
      गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation