• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • ९. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • १०. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

तिलौराकोटमा मौर्यकालीन पर्खालको भग्नावशेष फेला


  •   मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । बुद्धस्थल तिलौराकोटको मध्य भागमा रहेको पोखरीको दक्षिणतर्फको संरचना उत्खनन गर्दा मौर्यकालीन इँटाले बनेका पर्खालको भग्नावशेष फेला परेका छन् । पर्खालमा ४७ सेन्टिमिटर लामो, २६ देखि २८ सेन्टिमिटर चौडा र ७ सेन्टिमिटर मोटो इँटा प्रयोग गरेको पाइएको छ ।

    Advertisement

    ‘९÷१० तह गहिरो पर्खाल भेटिएको छ,’ उत्खननमा संलग्न लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले भने, ‘नेचुरल स्वायलसम्मको गहिराइमा जाँदा अझ बढी तह भेटिने निश्चित छ ।’
    यसअघि सन् २०१६÷१७ मा उत्खनन गर्दा पोखरीको दक्षिण–पश्चिम र पूर्व–दक्षिणको कुना भेटिएको थियो । अहिले उक्त दुवै कुना दक्षिणी क्षेत्रबाट एकापसमा जोडिएको पाइएका हुन् । पोखरीमा २६ तहसम्मको इँटा भेटिएको छ ।

    पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका विज्ञ एवं पुरातत्वविद्को टोलीले अत्याधुनिक प्रविधिका उपकरण प्रयोग गरेर करिब एक महिनासम्म उत्खनन गरेको थियो । एक मिटर चौडा र २४ मिटर लामो ट्रेन्च खनेर उत्खनन गर्दा माटाका भाँडाकुँडा, कर्ड इम्प्रेस, तामाका सिक्का, जनावरका मूर्ति र शिलाछाप पाइएका छन् ।
    झन्डै डेढ मिटर गहिरोसम्म उत्खनन गरिएको थियो । रेडियो कार्बन तिथि निर्धारण गर्दा इसापूर्व तेस्रोदेखि दोस्रो शताब्दी झन्डै २४ सय वर्षअघि बनेको संरचना फेला पर्नाले तिलौराकोटको ऐतिहासिकता प्रमाणित बन्दै गएको पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत भास्कर ज्ञवालीले बताए । ‘त्यसपछिबाट त्यत्तिकै छाडिएको थियो,’ उनले भने, ‘भू–भौतिक सर्वेक्षण (जियोफिजिक्स) गर्दा अहिले फेला परेको हो । त्यसपछिबाट अहिले अध्ययन अन्वेषण थालिएको हो ।’

    पहिलेका अन्य ऐतिहासिक नगरका तुलनामा यो पोखरी एउटा छुट्टै विशेषता बोकेको विशिष्ट संरचना भएको लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत उप्रेतीले बताए । पोखरीको निर्माण काठमाडौं उपत्यकामा नगर योजनाको मुख्य अंश भएको र तिलौराकोटमा समेत यसको निर्माण भएको हुनाले नेपालको तराई र पहाडका बीचमा नगर योजनासम्बन्धी साझा अवधारणा रहेको हुन सक्ने उनले बताए ।

    ३० बाई ३० मिटर लम्बाइ र चौडाइ रहेको पोखरीको कार्बन डेटिङ गर्दा २४ सय वर्षअघि निर्माण भएको तिथि पत्ता लागेको थियो । विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया सुरु गरिएको तिलौराकोटलाई यो उत्खननले महत्त्वपूर्ण सहयोग पु¥याउन सहयोग पुगेको पुरातत्त्वविद्ले बताएका छन् । मौर्यकालीन समय २४ सय वर्षअघि दक्षिण एसियामा निर्माण गरिएका सार्वजनिक संरचनामध्ये वैज्ञानिक मिति पत्ता लागेका थोरै संरचनामध्ये यो एक रहेको लुम्बिनी विकासका कोष सदस्य–सचिव सानुराजा शाक्यले बताए ।

    सन् २०१४ मा भूभौतिक सर्वेक्षणबाट जमिनभित्र अलिकति धस्सिएको ३० बाई ३० मिटर क्षेत्रफलको एउटा संरचना फेला परेको थियो । सर्वेक्षणले यसको वरिपरि चौडा बाहिरी पर्खाल भएको, मध्यभागमा खाली तथा उक्त संरचना प्राचीन नगरका अन्य सडक तथा भवनहरूजस्तै भएको संकेत गरेको थियो । उत्खननबाट नगरभित्र इँटाका गारोहरू लगाइएको ठूलो पोखरी रहेको भेटिएको हो ।

    तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोष र पुरातत्त्व विभागले विभिन्न प्रक्रिया अगाडि बढाएका बेला अहिलेको उत्खनन सहयोगी हुने बताइएको छ ।

    सरकारले पनि ०७९÷८० को नीति तथा कार्यक्रममा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने कुरालाई प्राथमिकता दिएको छ । तिलौराकोट शाक्यवंशीय राजा शुद्धोदनको राजधानी तथा राजकुमार सिद्धार्थले २९ वर्षको युवा अवस्था बिताएको महत्त्वपूर्ण स्थल हो ।

    मङ्गलबार, जेठ ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • २.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • ३.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ४.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ५.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ६.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ७.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ८.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation