• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ६. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ७. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ८. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • ९. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • १०. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

गुल्मीका १२ वटै स्थानीय तहमा मनोनयन दर्ता


  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
    नेकपा (एमाले) रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वजी पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    यस्तै मुसिकोट नगरपालिकामा नेकपा (एमाले) जीवन खरेल प्रमुख र उपप्रमुखमा गंगा श्रेष्ठको मनोनयन दर्ता गराएका छन् भने गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकिकृत समाजबादीका नेता श्रीराम महतको मनोनयन दर्ता गराएका हुन् । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामी, कांग्रेसबाट बेदबहादुर थापाले अध्यक्षमा र उपाध्यक्षमा जनमोर्चाबाट तारा थापाले मनोनयन दर्ता भएको छ ।
    यस्तै स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहेकी छन् ।
    कांग्रेसबाट अध्यक्षमा पारीश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    चन्द्रकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडीकै राधिका अर्याल रहेकी छन् । गठबन्धनबाट अध्यक्षमा माओबादी केन्द्रका युवराज केशी र उपाध्यक्षमा कांग्रेसबाट बिष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिए।
    रुरु क्षेत्र गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मिना गौतमले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट माओबादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।
    छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । यस्तै गठबन्धनबाट कांग्रेसका अनन्त पौडेलले र उपाध्यक्ष जनमोर्चाबाट गुमानसिंह पुनले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिए ।
    इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यस अगाडीकै बिमला खत्रीको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा भगतसिंह खडका र उपाध्यक्षमा पार्वती कुँवरको मनोनयन दर्ता भएको छ ।
    मालिका गाउँपालिकामा एमालेबाट यस अगाडीकै अध्यक्ष रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुनले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनको तर्फबाट माओबादीबाट देबीराम अर्याल अध्यक्ष र उपाध्यमा कांग्रेसका उपेन्द्र अर्यालले हिजो नै मनोनयन दर्ता गराएका छन् ।
    मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडकाले मनोनयन दर्ता गराएकी छन् । यस्तै गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ ।
    राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक शेन, स्वतन्त्रबट गाउँपालिका अध्यक्षमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीत गिरी, माओबादी केन्द्रबाट भुपाल पोखरेल जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराएका छन् ।
    नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा र ककिकृत समाजवादीबाट कमला सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन ।
    गुल्मीदरबारमा तीन ठूलादलको सिंगल सिंगल प्रतिस्पर्धा
    गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशिला पुनको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्मा सरोजकुमार थापा,उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिए ।
    यस्तै नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङगे र उपाध्यक्षमा शीखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकिकृत समाजबादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराए

    Advertisement

    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड
    एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...