• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

गुल्मीका १२ वटै स्थानीय तहमा मनोनयन दर्ता


  •   सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारहरुले मनोनयन दर्ता गरेका छन् । २ नगर १० गाउँपालिका गरि १२ वटा स्थानीय तहका प्रमुख उपप्रमुख ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।
    नेकपा (एमाले) रेसुङ्गा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वजी पन्थी प्रमुखमा र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    यस्तै मुसिकोट नगरपालिकामा नेकपा (एमाले) जीवन खरेल प्रमुख र उपप्रमुखमा गंगा श्रेष्ठको मनोनयन दर्ता गराएका छन् भने गठबन्धनबाट कांग्रेसका हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकिकृत समाजबादीका नेता श्रीराम महतको मनोनयन दर्ता गराएका हुन् । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामी, कांग्रेसबाट बेदबहादुर थापाले अध्यक्षमा र उपाध्यक्षमा जनमोर्चाबाट तारा थापाले मनोनयन दर्ता भएको छ ।
    यस्तै स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् । सत्यवती गाउँपालिकामा अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादी रहेकी छन् ।
    कांग्रेसबाट अध्यक्षमा पारीश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
    चन्द्रकोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा चेतन बस्नेत र उपाध्यक्षमा यस अगाडीकै राधिका अर्याल रहेकी छन् । गठबन्धनबाट अध्यक्षमा माओबादी केन्द्रका युवराज केशी र उपाध्यक्षमा कांग्रेसबाट बिष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिए।
    रुरु क्षेत्र गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मिना गौतमले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट माओबादी केन्द्रबाट अध्यक्षमा यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।
    छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । यस्तै गठबन्धनबाट कांग्रेसका अनन्त पौडेलले र उपाध्यक्ष जनमोर्चाबाट गुमानसिंह पुनले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिए ।
    इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा यस अगाडीकै बिमला खत्रीको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा भगतसिंह खडका र उपाध्यक्षमा पार्वती कुँवरको मनोनयन दर्ता भएको छ ।
    मालिका गाउँपालिकामा एमालेबाट यस अगाडीकै अध्यक्ष रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुनले मनोनयन दर्ता गराएकी छन् । गठबन्धनको तर्फबाट माओबादीबाट देबीराम अर्याल अध्यक्ष र उपाध्यमा कांग्रेसका उपेन्द्र अर्यालले हिजो नै मनोनयन दर्ता गराएका छन् ।
    मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा यस अगाडीकै सरिता खडकाले मनोनयन दर्ता गराएकी छन् । यस्तै गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ ।
    राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक शेन, स्वतन्त्रबट गाउँपालिका अध्यक्षमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीत गिरी, माओबादी केन्द्रबाट भुपाल पोखरेल जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराएका छन् ।
    नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा र ककिकृत समाजवादीबाट कमला सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन ।
    गुल्मीदरबारमा तीन ठूलादलको सिंगल सिंगल प्रतिस्पर्धा
    गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशिला पुनको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्मा सरोजकुमार थापा,उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिए ।
    यस्तै नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङगे र उपाध्यक्षमा शीखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकिकृत समाजबादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराए

    Advertisement

    सोमबार, बैशाख १२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...