• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

रेसुङ्गा विमानस्थलबाट बैशाखदेखि नियमित उडानको तयारी


  •   मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको गौरवको रुपमा निर्माण हुँदै आएको रेसुङ्गा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौर स्थित रेसुङ्गा विमानस्थलको नियमित उडानको थयारी हुँदैछ ।
    विमानस्थलको पछिल्लो अबस्था र नियमित उडानका लागि पूर्वमन्त्री प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरिक्षण गरेको छ । निर्माणधिन रेसुङ्गा विमानस्थलबाट आगामी बैशाखसम्म उडान गर्ने गरी काम अगाडी बढाइएको छ ।
    निर्माणधिन रेसुङ्गा विमानस्थलका अन्तिम चरणका कामहरु तिब्र रुपमा अगाडी बढेका छन् । विमानस्थलबाट छिटो भन्दा छिटो नियमित उडान र पछिल्लो कामको अबस्था बारे जानकारी लिनका लागि पूर्वमन्त्री गुल्मी क्षेत्र नम्बर–१ का सांसद प्रदीप ज्ञवाली सहित सरकारी टोलीले निरिक्षण गरेको छ ।
    अहिले विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । भने टर्मिनल भवन रङ्ग रोगन सहितको काम अबको १५ दिन भित्र सम्पन्न हुने निर्माण व्यवसायी हरिकाुमर श्रेष्ठले बताए ।
    विमानस्थल निरिक्षणमा पुगेका ज्ञवाली सहितको सरकारी टोलीलाई रेसुङ्गा नगरपालिका वडानम्बर–१० का वडाअध्यक्ष पदमप्रसाद अर्यालले विमानस्थलको पछिल्लो अबस्थाको बारेमा जानकारी गराएका थिए । धावन मार्गको कालोपत्रे गर्ने निर्माण व्यवस्थायीले बिभिन्न कारण देखाएर निर्माण कार्यले गति लिन थिएन् ।
    तर अहिले भने विमानस्थलका अन्तिम चरण कामहरु सम्पन्न हुने थालेका छन् । जिल्ला जिल्लामा विमानस्थल बनाउ भन्ने लहरको आधारमा विमानस्थल निर्माणको काम अगाडी नबढाएको विमानस्थल निरिक्षणका क्रममा ज्ञवालीले बताए ।
    गुल्मी जिल्लाको भौगोली अवस्था, नजिकका शहर पुग्न भोग्नुपर्ने अनेकौं कठिनाईहरु, बढदै गइरहेको आर्थिक गतिबिधी, स्वास्थ्य उपचार लगायत बिभिन्न आपतकालिन अबस्थामा नागरिकको सेवाका लागि विमानस्थल निर्माणको काम अगाडी बढाइएको ज्ञवालीले बताए ।
    विमानस्थलका अन्तिम चरणका कामहरुले गतिलिएसँगै आगामी बैशाखबाट नियमित उडानका गर्ने ठाउँमा पुगेको ज्ञवालीले बताए । उनले नियमित उडानका लागि नागरिक उड्यन र बिभिन्न प्राइभेट एअरलायन्सहरुसँग छलफल गरिरहेको बताए ।
    कतिपय एअरलायन्सहरुले यस्तै विमानस्थलहरुलाई ध्यानमा राखेर नयाँ विमानहरुको खरिदको प्रक्रिया अगाडी बढेको उल्लेख गरे । आफैले थालेको काम सबैको जोड बिन्दुबाट अन्तिम चरणमा पुग्दा खुसी लागेको ज्ञवालीले बताए ।
    धावनमार्ग कालोपत्रेको क्रममा केहि फिनिसिङ्ग नदेखिएकाले मिालाउन निर्माण व्यवसायीलाई आग्रह गरे । विमानस्थल निर्माणका क्रम बाँकी रहेका कामहरु छिटो भन्दा छिटो सम्पन्न गरेर हस्तातरण गर्न निर्माण व्यवसायीलाई आग्रह गरे ।
    ज्ञवालीले छिट्टै सुरक्षा समितिबाट निर्णय गरेर सुरक्षाको आबश्यक प्रबन्धका लागि स्थायी रुपमा सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे । गुल्मेली जनातको सपना जहाज उडोस भन्ने त्यो छिट्टै साहाकार हुने बिश्वास दिलाए ।
    तम्घास देउरालीबाट विमानस्थलसम्म र विमानस्थलबाट राङवाससम्म पुग्ने मोटरवाटो कालोपत्रे गर्न बजेटको व्यवस्था गरिएको ज्ञवालीले बताए । रेसुङ्गा विमान स्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो ।
    तर परिक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएको थियो । धावन मार्गको निर्माणको कार्य रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपियामा गरिरहेको हो ।
    टर्मिनल भवनको ४ करोड ५ लाखमा बिकोई श्रेष्ठ जेभीले काम गरिरहेको छ । विमानस्थलको अन्तिम चरणका कामहरुसँगै व्यवस्थापनको काम अगाडी बढेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारले बताए ।
    विमानस्थलको हालसम्म २४ करोड बढि रकम खर्च भएको छ । २०६३ सालमा विमानस्थलको शिलान्यास भएपनि २०७२ साल पछि निर्माणको कामले निरन्तरता पाएको हो ।
    विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग रहेको छ । कुल १७८ रोपनी जग्गामा बिमानस्थलको एरिया छ ।
    जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको रेसुङ्गा निमानस्थलका सहायक आयोजना प्रमुख परियारले बताए । रेसुङ्गा विमान स्थलका कारण १४ घर विस्थापती भएका थिए ।
    विमानस्थल समयमै सम्पन्न भए गुल्मेली र छिमेकी जिल्लाहरुका नागरिकहरु सदियौंदेखि सिद्धबाबाको जोखिमपूर्ण अबस्था यात्रा गर्नुपर्ने बाध्यता अत्य हुने स्थनीयको अपेक्षा रहेको छ ।

    Advertisement

    मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...