• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, कार्तिक ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

मन्त्री झाँक्रीद्वारा चण्डीदल गण भवन शिलान्यास, समयमै सक्न निर्देशन


  •   सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
  • काठमाडौँ । सिंहदरबारस्थित चण्डीदल गणको ५ तले भवनको निर्माण हुने भएको छ । उक्त भवनको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सोमबार शिलान्यास गरेकी हुन् । सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा निर्माण हुने उक्त भवन २२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको विभागले जनाएको छ । कूल ३६८ बेड क्षमताको उक्त भवन ६५ करोड ९५ लाख ४९ हजार ९६४ रुपैयाँ लागत अनुमान गरिएको छ । तुण्डी रसुवा बिकोई जेभीले निर्माण गरिरहेको भवन १ लाख वर्ग फिटमा निर्माण हुँदैछ । कूल ७०२ जना सैनिक अट्ने भवनमा १९२ जनाले एकै पटक खाना खान सक्ने किचन समेत निर्माण हुनेछ ।
    भवनभित्र सैलुन, लुगा धुने ठाउँ, वर्कसप, ४ वटा ब्याडमिन्टन कोर्ट र एक बास्केटबल कोर्ट समेत निर्माण गरिने विभागले जनाएको छ । भवनको शिलान्यास गर्दै मन्त्री झाँक्रीले समयमै आयोजना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइन् । मन्त्रालयको तर्फबाट सेनाको लागि उक्त भवन निर्माण गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री झाँक्रीले ताेकिएकाे समयमै हस्तान्तरण गर्न समेत आतुर रहेको बताइन् । यस्तै भवन निर्माण कम्पनीका प्रतिनिधि सुमन सुवेदीले आफूहरू समयमै निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । यस्तै रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले सिंहदरबारभित्र गुणस्तरीय सैनिक भवन निर्माण हुनु सुखद विषय भएको बताए । उनले सेना विकास र शान्तिको अमूल्य सूचक भहेको भन्दै सेनालाई स्रोत साधन सम्पन्न बनाउन मन्त्री झाँक्रीको पहल सराहनीय रहेकाे बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, शहरी विकास सचिव मणिराम गेलाल, शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनाली, रक्षा सचिव किरणराज शर्मा लगायतकाे उपस्थिति थियो ।

    Advertisement

    सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...