• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

भोक्राहा नरसिंहमा मकै अनुशन्धान सुरु


  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
  • इनरुवा । गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैन्। उनले आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपाली गहुँ लगाएका छन् ।
    विगतमा एक कट्ठामा ७ क्वीन्टल सम्म मकै उत्पादन भएको उनी सुनाउँछन् । “क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।”
    भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् । ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् । उनीहरुका लागि अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।
    स्थानीय युवा शंकर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । “पहिलो गासमै ढुंगा भनेजस्तो भयो”, उनले भने, “खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।” उनले स्थानीय एग्रो फर्मको सल्लाह लिएर मकैमा विषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
    भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भयो । यो अबधिमा उनले मकैमा ५ पटक विषादी छरिसके । “मेरो खेतमा पोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन”, उनले भने, “यसपाली त बर्बादै होला जस्तो छ ।” उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् ।
    उनले गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । “यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो”, उनले भनिन्, “खेती गरेर खाने दिन गए जस्तो लागेको छ ।” गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपाली उनले आधा भन्दा बढी जमिनमा तोरी खेती गरेका छन् ।
    मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ। गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान प्रविन मेहताले बताए । “मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ”, उनले भने, “विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।
    यता जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीका कृषि विज्ञ तथा कार्यालय प्रमुख तिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन गरेका छन् ।
    सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमन गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि शाखा प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।
    उनले जानकारी दिएअनुसार अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकै सि.ए. एच ५०११, सि.ए. एच १७१५, भि.एच १८४६, आर.एम.एल १४५÷आर .एल १११, आर.एम.एल १४५ ÷आर.एल.९८, आर.एम.एल. १४५ ÷आर.एल २, भि. एच १८६१४ अनुसन्धान गरिएको हो ।
    सो स्वदेशी हाइव्रिड जातका मकैको विरुवाहरु मध्ये कुन जातको राम्रो विरुवा र रोग कीरा रहित रहेको अनुसन्धान गरिएको बताइन् ।
    अनुसन्धान गरिएको स्वदेशी हाइव्रिड ८ वटा जातका मकै मध्ये आर एम एल १४५ ÷आर एल ९८, आर एम एल १४५ ÷आर एल २ जात राम्रो देखिएको र माटोमा उपयुक्त हुने बताए ।

    Advertisement

    शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation