• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

भोक्राहा नरसिंहमा मकै अनुशन्धान सुरु


  •   शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
  • इनरुवा । गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ७ का सरोज यादवले यसपाली मकै लगाएको छैन्। उनले आफ्नो ३१ कट्ठा जमिनमा मकै लगाउँदै आएका यादवले यसपाली गहुँ लगाएका छन् ।
    विगतमा एक कट्ठामा ७ क्वीन्टल सम्म मकै उत्पादन भएको उनी सुनाउँछन् । “क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।”
    भोक्राहा नरसिंह गाउँपालिकाको मकै बाली राम्रो हुने ठाउँ हो । भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि विकास शाखाका अनुसार यहाँ बेसिजनमा पनि करिब ३ सय विघा जमिनमा मकै खेती हुने गरेको छ । गाउँपालिकाले गाउँका विभिन्न ठाउँलाई मकै ब्लक क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कृषि शाखा प्रमुख रेनुका चौधरीले बताइन् । ब्लक क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् । उनीहरुका लागि अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।
    स्थानीय युवा शंकर मेहताले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । “पहिलो गासमै ढुंगा भनेजस्तो भयो”, उनले भने, “खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।” उनले स्थानीय एग्रो फर्मको सल्लाह लिएर मकैमा विषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
    भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २ का चन्दन मेहताले खेतमा मकै लगाएको दुई महिना एक हप्ता भयो । यो अबधिमा उनले मकैमा ५ पटक विषादी छरिसके । “मेरो खेतमा पोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन”, उनले भने, “यसपाली त बर्बादै होला जस्तो छ ।” उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् ।
    उनले गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । “यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो”, उनले भनिन्, “खेती गरेर खाने दिन गए जस्तो लागेको छ ।” गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपाली उनले आधा भन्दा बढी जमिनमा तोरी खेती गरेका छन् ।
    मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ। गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान प्रविन मेहताले बताए । “मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ”, उनले भने, “विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।
    यता जुटबाली अनुसन्धान कार्यालय इटहरी, सुनसरीका कृषि विज्ञ तथा कार्यालय प्रमुख तिर्थनाथ रिजाल र भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका कृषि शाखाका प्रविधिक सहायक रेनुका चौधरी सहितको टोलीले मकैबाली अनुगमन गरेका छन् ।
    सो टोलीका टिमले भोक्राहा नरसिंह गाउँपालिका वडा नं.१ मा रुद्रनारायण साहको खेतमा अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकैबालीको अनुगमन गरिएको भोक्राहा नरसिंह गाउँपालिकाका कृषि शाखा प्रमुख रेनुका चौधरीले जानकारी दिइन् ।
    उनले जानकारी दिएअनुसार अनुसन्धानको लागि लगाइएको स्वदेशी हाइव्रिड जातका मकै सि.ए. एच ५०११, सि.ए. एच १७१५, भि.एच १८४६, आर.एम.एल १४५÷आर .एल १११, आर.एम.एल १४५ ÷आर.एल.९८, आर.एम.एल. १४५ ÷आर.एल २, भि. एच १८६१४ अनुसन्धान गरिएको हो ।
    सो स्वदेशी हाइव्रिड जातका मकैको विरुवाहरु मध्ये कुन जातको राम्रो विरुवा र रोग कीरा रहित रहेको अनुसन्धान गरिएको बताइन् ।
    अनुसन्धान गरिएको स्वदेशी हाइव्रिड ८ वटा जातका मकै मध्ये आर एम एल १४५ ÷आर एल ९८, आर एम एल १४५ ÷आर एल २ जात राम्रो देखिएको र माटोमा उपयुक्त हुने बताए ।

    Advertisement

    शनिबार, फागुन २१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation