• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू


  •   बुधबार, माघ २६, २०७८ मा प्रकाशित
  • दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो ।

    Advertisement

    कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा गल्ने फोहोर नै कम राखिएकाले कम ग्याँस उत्पादन भएको हो,’ ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले भने, ‘केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गर्छौं ।’

    घोराही उपमहानगरपालिकाबाट दैनिक उठ्ने ९गल्ने० फोहोरबाट ग्याँस उत्पदान हुने कम्पनीले जानकारी दिएको छ । प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्‍याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।

    उनका अनुसार पहिलो चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनबाटै ग्याँस पुर्‍याउने भनेर सर्भे गरिएको छ । जसअनरुप फोहोरबाट उत्पादीत ग्याँस सर्रादेखि नारायणपुरसम्म पुर्‍याइने भनिएको छ ।

    अहिले भने ग्याँस उत्पादन सुरु गरिए पनि पाइपलाइनबाट घर घरमा ग्याँस पुर्‍याउन सकिएको छैन । पाइपलाइन जडान कार्यमा ढिलाइ हुँदा यसले पूर्णता पाउन नसकेको हो । भारतबाट आवश्यक पर्ने पाइप आए लगतै घर–घरमा पाइपलाइनबाट ग्याँस पुर्‍याउने कामले अघि बढ्ने म्यारनेजर श्रेष्ठले बताए । कोरोना महामारीका कारण निर्माण कार्य केही ढिला भएको उनको भनाइ छ ।

    फोहोरबाट ग्याँस उत्पादन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा प्लान्ट निर्माणका लागि २०७५ मंसिर ५ गते सम्झौता भएको थियो ।

    सुरुमा २० करोड लगानी लाग्ने भनिए पनि पाइपमार्फत घरघरसम्म ग्याँस पुर्‍याउने भएपछि करिब २२ करोड लाग्ने प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।

    कम्पनी र नगरपालिकाबीच २० वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार २० वर्ष पछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

    बुधबार, माघ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation