• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

शहरी विकास मन्त्री झाँक्रीद्वारा मल्टिपर्पाेज सभाहलको उद्घाटन


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीवार एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गर्नुभएकाे हाे । भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई सुर्खेतले निर्माण गरेको हो।
    आयोजनाले भवन निर्माणसहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (प्रथम चरण) को कार्य सम्पन्न गरेको छ। वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ।

    Advertisement

    सभाहल निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सीसी फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन भएको हो । यो भवनका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ बराबरको लागत विनियोजन गरिएको थियो ।
    भवन निर्माणको जिम्मा पाएको श्री समनान्तर–चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो । सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन। बीचमा कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताउनुभयाे । त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ।

    यस्तै, सभाहल ४ वटा ब्लग मिलि बनेको छ । ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टिप्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् ।

    ब्लग दुईमा सिनेरी स्टोरेज रुम, जन्रल स्टोरेज रुम, पहिलो तलामा महिला पुरुष रिहर्शल रुम, ड्रेशिङ् रुम, पुरुष महिला शौचालय रहेको छ भने दोस्रो तलामा रिहर्शल रुम र शौचालय रहेको छ। ब्लग तीनमा भिआईपी रुम, प्रेस रुम, ओइटिङ रुम र पुरुष महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष महिला ट्वाईलेट रहेको छ । जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ।

    ब्लग चारमा सभाहलको मुख्य संरचना हो । जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सिट क्षमताको हल रहेको उहाँले बताउनुभयाे । जसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भीस कोरिडर, ग्यालरी सहित फुल्लि एचभिएसी सिस्टम र फायर फ्राईटनिङ् सिस्टमको व्यवस्था गरिएको छ । क्यान्टिनको लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ भने सौन्दर्यका लागि दुबो र विरुवाहरु रोपिएको छ। भवनका सम्पुर्ण ब्लगहरुमा आधुनिक प्रकारका बत्ति जडान गरिएका छन् । चट्याङ्बाट बचाउनका लागि लाईटिङ एरेस्टर समेत जडान गरिएको छ। यस्तै मुख्य सभाहलको सबै लाईटिङ सिस्टमहरु कन्ट्रोल रुमबाट मात्र कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ । खानेपानीको समुचित प्रबन्ध मिलाईएको छ । करिब एक सय मिटर गहिरो डिप बोरिङ्बाट पानी निकालिएको छ। पानी प्रशोधन केन्द्र पनि जडान गरिएको छ। यस्तै १ लाख लिटरको आरसीसी रिजर्भीयर ट्याङ्की निर्माण गरिएको छ भने ओभर हेड स्टोरेज ट्याङकी ५० हजार लिटर रहेको छ। यस्तै, सभाहल परिसरमा ११० वटा सवारी पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था गरिएको छ।
    सभाहलको पूर्व पट्टीको भागलाई व्यापारी प्रयोजनका लागि खाली छाेडिएको छ । यसबाट सभाहल सञ्चालनको लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ । सभाहलको निर्माणबाट कर्णााली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम राजनीतिक सम्बन्धी सेमिनार गोष्टि तथा सम्मेलनको लागि प्रदान गरिएको छ । जसले गर्दा सुर्खेत उपत्यकाको गरिमा बढाएको छ ।

    कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यति ठूलो लगानीमा निर्माण गरिएको सभाहलको पहिलो चरण्को काम सकिएकोमा धन्यवाद दिनुभयाे । उहाँले यो हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताउनुभयाे । साथै उहाँले हलले विजनेश गर्ने र यहाँ कार्यरत कर्मचारी पालिनसक्ने गरी काम गरिनुपर्ने बताउनुभयाे।

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation