• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • १०. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

शहरी विकास मन्त्री झाँक्रीद्वारा मल्टिपर्पाेज सभाहलको उद्घाटन


  •   बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
  • सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुर्खेत सभाहलको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीवार एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्दै नगरपालिकालाई हस्तान्तरण गर्नुभएकाे हाे । भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई सुर्खेतले निर्माण गरेको हो।
    आयोजनाले भवन निर्माणसहित, सरकारी भवन निर्माण कार्यक्रम अन्तर्गत सुर्खेत सभाहल (प्रथम चरण) को कार्य सम्पन्न गरेको छ। वीरेन्द्रनगर नगरपालिका ६ मा रहेको उक्त सभाहल २५ हजार २८९ दशमलव १६ वर्गमिटर क्षेत्रफल अर्थात ५० रोपनी जमिनमा निर्माण गरिएको छ।

    Advertisement

    सभाहल निर्माणका लागि आर्थिक वर्ष २०७३/०७४ मा राष्ट्रिय भवन संहिता २०६० को मापदण्ड अनुसार आर सीसी फार्म स्ट्रक्च्युरल भिजन हल’ भवनको डिजाईन भएको हो । यो भवनका लागि २६ करोड ९१ लाख ९५ हजार २६४ रुपैयाँ बराबरको लागत विनियोजन गरिएको थियो ।
    भवन निर्माणको जिम्मा पाएको श्री समनान्तर–चक्रेश्वरी शिवशक्ति जेभि काठमाण्डौंले पाएको थियो । सभाहल आर्थिक बर्ष ०७३ चैत्र २७ गते सम्झौता भई ०७६ चैत्र २३ गते सम्पन्न गर्ने भनिएको थियो । तर सम्झौता अवधिमा निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको थिएन। बीचमा कोरोना भाइरसका कारण काम प्रभावित भएको संघीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुख अमरबहादुर थापले बताउनुभयाे । त्यसपछि ०७८ भदौ २३ गते सम्म म्याद थपिएको र सोही अवधिमा सभाहल (प्रथम चरण) को कार्य सम्पन्न भएको हो । निर्माण सम्पन्न सभाहलको कुल एरिया ३ दशमलव १९२ वर्गमिटर र टोटल फ्लोर एरिचा ७ दशमलव ४२९ वर्ममिटरमा रहेको छ। चार सय पेरिमिटर बराबरको कम्पाउण्ड वाल निर्माण गरिएको छ भने एक मुख्य प्रवेशद्धार र दुई वटा सहायक प्रवेशद्धार निर्माण गरिएको छ।

    यस्तै, सभाहल ४ वटा ब्लग मिलि बनेको छ । ब्लग एकमा मल्टि प्रपोज हल तीन वटा रहेका छन् । जसमा पहिलो मल्टिप्रपोज हलमा १५० सिट क्षमता, दोस्रो मल्टिप्रपोज हलमा एक सय सिट क्षमता र तेस्रोमा ५० सिट क्षमता रहेका छन् । साथै पहिलो ब्लगमा ग्यालरी तथा महिला पुरुष ट्वाईलेट जस्ता संरचनाहरु रहेका छन् ।

    ब्लग दुईमा सिनेरी स्टोरेज रुम, जन्रल स्टोरेज रुम, पहिलो तलामा महिला पुरुष रिहर्शल रुम, ड्रेशिङ् रुम, पुरुष महिला शौचालय रहेको छ भने दोस्रो तलामा रिहर्शल रुम र शौचालय रहेको छ। ब्लग तीनमा भिआईपी रुम, प्रेस रुम, ओइटिङ रुम र पुरुष महिला शौचालय छ भने पहिलो तलामा प्रशासनिक कक्ष, पुरुष महिला ट्वाईलेट रहेको छ । जसमा सेन्सर सहितको युरिनल जडान गरिएको छ।

    ब्लग चारमा सभाहलको मुख्य संरचना हो । जसमा भुईतला र बाल्कोनी गरी जम्मा ७८० सिट क्षमताको हल रहेको उहाँले बताउनुभयाे । जसमा मेन स्टेजसँगै डान्स सर्फेस र हाउस कर्टेनको व्यवस्था गरिएको छ भने सर्भीस कोरिडर, ग्यालरी सहित फुल्लि एचभिएसी सिस्टम र फायर फ्राईटनिङ् सिस्टमको व्यवस्था गरिएको छ । क्यान्टिनको लागि पनि छुट्टै व्यवस्थापन गरिएको छ भने सौन्दर्यका लागि दुबो र विरुवाहरु रोपिएको छ। भवनका सम्पुर्ण ब्लगहरुमा आधुनिक प्रकारका बत्ति जडान गरिएका छन् । चट्याङ्बाट बचाउनका लागि लाईटिङ एरेस्टर समेत जडान गरिएको छ। यस्तै मुख्य सभाहलको सबै लाईटिङ सिस्टमहरु कन्ट्रोल रुमबाट मात्र कन्ट्रोल गर्ने व्यवस्था गरिएको छ । खानेपानीको समुचित प्रबन्ध मिलाईएको छ । करिब एक सय मिटर गहिरो डिप बोरिङ्बाट पानी निकालिएको छ। पानी प्रशोधन केन्द्र पनि जडान गरिएको छ। यस्तै १ लाख लिटरको आरसीसी रिजर्भीयर ट्याङ्की निर्माण गरिएको छ भने ओभर हेड स्टोरेज ट्याङकी ५० हजार लिटर रहेको छ। यस्तै, सभाहल परिसरमा ११० वटा सवारी पार्किङ्ग गर्न सकिने व्यवस्था गरिएको छ भने दुई पाङ्ग्रे सवारी पार्किङको व्यवस्था गरिएको छ।
    सभाहलको पूर्व पट्टीको भागलाई व्यापारी प्रयोजनका लागि खाली छाेडिएको छ । यसबाट सभाहल सञ्चालनको लागि भविष्यमा आयआर्जन गर्न सकिने बताइएको छ । सभाहलको निर्माणबाट कर्णााली प्रदेश तथा सुर्खेत उपत्यकामा हुने सामाजिक, धार्मिक, आर्थिक एवम राजनीतिक सम्बन्धी सेमिनार गोष्टि तथा सम्मेलनको लागि प्रदान गरिएको छ । जसले गर्दा सुर्खेत उपत्यकाको गरिमा बढाएको छ ।

    कार्यक्रममा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यति ठूलो लगानीमा निर्माण गरिएको सभाहलको पहिलो चरण्को काम सकिएकोमा धन्यवाद दिनुभयाे । उहाँले यो हल नगरपालिकालाई हस्तान्तरण गरेर दायित्वबाट पन्छिन भने नखोजिएको बताउनुभयाे । साथै उहाँले हलले विजनेश गर्ने र यहाँ कार्यरत कर्मचारी पालिनसक्ने गरी काम गरिनुपर्ने बताउनुभयाे।

    बिहिबार, पुष २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा
    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation