प्युठान । प्युठानका स्थानिय तहहरुले फोहोर व्यवस्थापनमा सक्रियता देखाएका छन।
जिल्लाका धेरैजसो पालिकाले बजार क्षेत्रको फोहोर उठाएर डम्पिङ् साइडमा बिसर्जन गर्दै आएका हुन ।
जिल्लाको प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डबि गाउँपालिकाले फोहोर बोक्नका लागि टिपर, ट्याक्टर नै खरिद गरेका छन।
नौबहिनी गाउँपालिकाले ठेलामा र सरुमारानी गाउँपालिकाले नीजि क्षेत्रसंग ठेक्का संझौता गरेर ट्याक्टर मार्फत फोहर व्यवस्थापन गर्दै आएका छन ।
प्युठान नगरपालिकाको उप-प्रमुख शान्ता आचार्यले बजारको फोहोर नियमित उठाउने गरिएको बताउनुभयो ।
उहाका अनुसार नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याउँछन्। नकुहिने एकातीर अरु कुहिने फोहोरलाई अर्कोतिर बनाईन्छ । नगरपालिकाले कुहिने फोहोरबाट (जैविक फोहोर)बाट कम्पोष्ट मल बनाउने गरेको छ। उक्त मल बिक्री गर्ने गरिएको उपप्रमुख आचार्यले बताउनुभयो। उहाँले भन्नुभयो, ‘ हामीले मल बेचेर आम्दानी गरिरहेका छौं ।
फोहोर व्यवस्थापनमा सक्रिय बन्दै प्युठानका स्थानीय तह
फोहोर व्यवस्थापनमा सक्रिय बन्दै प्युठानका स्थानीय तह
Advertisement
तपाईको प्रतिक्रिया