• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

जता तोरी फुल्यो, उतै मौरीको घार


  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
  • अनुज पछाई , प्यूठान । प्यूठान नगरपालिका –७ टिकुरीकी भवानी पोख्रेल केसी अहिले मौरी चराउनमै व्यस्त छिन् । जता तोरी फुलेको हुन्छ उतै–उतै मौरीका घार सार्दैमा उनको दैनिकी आजभोलि बित्ने गरेको छ। उनका ६० घार मौरी छन्। तिनै मौरीका घार तोरीबारी खोज्दै सार्ने गरेकी छिन्। ‘यो सिजनमा किसानको तोरी बारी खोज्दै मौरीका घार सार्ने गरेको छु,’ उनी भन्छन्, ‘तोरीका सिजनमा बढी भन्दा बढी मह उत्पादन गर्ने सोच गरेको छु।’

    Advertisement

    अहिले उनले आफ्नो ४ कठ्ठा जग्गामा छरेको तोरिका बारीमा माहुरीको घार सार्न ब्यस्त छिन । यो समयमा प्यूठानमा तोरी फुल्ने र अत्याधिक तोरी खेती हुने भएकाले मौरीको चरनका लागि उपयुक्त हुने भन्दै मौरीका घार बोकेर बारीमा लैजाने गरेका हुन् । उनले प्यूठानमा मात्रै ७ क्विन्टल मह उत्पादन गरे। त्यसपछि अबको केहि समय पछि कपिलबस्तु मा चरनको लागी लैजाने तयारी पौडेलको छ ।

    त्यस्तै प्यूठान गेजबाङका अर्का किसान शशि भण्डारीले गेजबाङमकोे आसपासका क्षेत्रमा किसानको तोरी बारी खोज्दै मौरीका घार राखे। यहाँ पनि उनले ८ क्विन्टल मह निकाले। यसपालि तोरीको सिजनमा मात्रै अहिलेसम्म ६ क्विन्टल मह उत्पादन गरेको उनी बताउँछन्। तोरी बारीमै मौरी चराउन घार राख्दा मौरीले फूल खोज्दै टाढा जानु नपर्ने र नजिकैबाट दिनभरी मह संकलन गर्न सक्ने भएकाले पनि तोरी बारीमा मौरी चराउन किसान अहिले व्यस्त छन्।

    गत वर्ष यही सिजनमा उनले ८ क्विन्टल मह उत्पादन गरेका थिए भने यसपालि ६ क्विन्टल उत्पादन भइसकेको उनले बताए। ‘गत वर्ष यो सिजनमा मैले ८ क्विन्टल मह उत्पादन गरेको थिएँ,’ उनले भने,‘यसपालि भने घार थपिएसँगै अहिलेसम्म ६ क्विन्टल मह निकालियो।’ तोरी फुलेको समयमा मौरीका लागि बढी चरन क्षेत्र हुने र मह संकलन पनि बढी हुने गरेको उनी बताउँछन्।

    उनीजस्तै प्यूठान टिकुरीका अर्का माहुरी ब्यबसायि डिमराम पोख्रेल पनि किसानको तोरीबारी खोज्दै माहुरी सार्दैमा दैनिकी बिताउन थालेकी छन ्। ‘जहाँ जहाँ तोरी फुलेको हुन्छ, त्यही माहुरीका घार सार्दैमा दैनिकी बित्न थालेको छ,’ उनले भने,‘यसअघि माहुरी चराउन घार दाङ तथा कपिलबस्तु पु¥याएको थिएँ।’ गत बर्ष मौरी चराउन कपिलबस्तु पुगेका उनि अहिले गाउघरमै मौरी चराउन ब्यस्त छन । ‘घर नजिकै किसानको तोरी खेतमा मौरी राखेकी छु,’ उनले भने्,‘अहिले यहाँका किसानको बारीमा तोरी फुलेर पहेँलीपुर भएको छ।’ ६२ घार मौरी चराउन उनी दैनिक खटिने गरेको बताउँछिन्।
    ‘घरभन्दा टाढा मौरी चराउन लैजाँदा कमिला तथा बारुलाको डर उत्तिकै हुन्छ,’ उनले भने,‘त्यसैले पनि समय समयमा मौरीको ख्याल गरिरहनु पर्छ।’ गत बर्ष १५५ घार लगेर कपिलबस्तु पुगेका उनि ३२ वटा घार चिसोले बच्न नसकेर ९७ घार मात्र लिएर फर्कनु परेको उनिसंग नमिठो अनुभब छ । उनले अहिलेसम्म तीन पटक मह निकाली सकेकी छिन्। ‘मैले कात्तिकदेखि अहिलेसम्म यो बर्षमात्र तीन पटक मह निकाली सकेँ,’ उनले भने,‘८ क्विन्टल मह उत्पादन भइसक्यो।’ महको बजारका लागि पनि घरमै ग्राहक आउने गरेको उनी बताउँन्। अहिले बजारमा महको पाच सयदेखि छ सय रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ।
    प्यूठान बिजयनगरका मौरी पालक किसान दिपक कुमाल आफ्नै बारीमा तोरी रोपेर मौरी चराइरहेका छन्। ‘मौरी चराउनका लागि पनि मैले बारीमै तोरी रोपेँ,’ उनले भने, ‘वरपर छिमेकीका खेतबारीमा पनि तोरी भएकाले यसपालि बाहिर मौरी चराउन जानु परेको छैन।’ उनी बारीमै रहेको तोरी बारीमा भने मौरीको हेरचाह गर्नुका साथै दैनिक घार यताउति सार्नमै व्यस्त हुने गरेका छन्। ग्राहकले तोरीको महभन्दा चिउरीको मह बढी मन पराउने गरेको कुमाल बताउँछन्। ‘खानका लागि ग्राहकले चिउरीको फूलबाट संकलित महलाई मन पराउँछन्,’ उनले भने। अहिले प्यूठानमा एक सय बढी किसानले मौरी पालन गरेको तथ्याङ्क मौरी पालक कृषक समूहको रेकर्डले देखाएको छ।

    शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation