• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ १८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो

लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

लोकप्रिय समाचार

  • १. लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

  • २. राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

  • ३. सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

  • ४. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ५. भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

  • ६. खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

  • ७. झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

  • ८. १४ वर्षदेखि अलपत्र सिँचाइ ट्याङ्की, कृषक अझै पानीको पर्खाइमा

  • ९. भारतबाट ४५३ नेपालीको उद्धार, रुपन्देही ल्याइयो

  • १०. जागरण अभियानमा एमाले, केन्द्रीय सदस्यलाई पालिका केन्द्रित जिम्मेवारी

एमाले महाधिवेशनमा चम्कियो प्युठानका बुढामगर दम्पतीको अल्लो व्यापार


  •   आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
  • चितवन । प्युठानका खिमबहादुर बुढामगर दम्पतीलाई एमालेको १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थल सौराहामा अल्लो (सिस्नोको प्रजाति) को कपडा बेच्न भ्याइनभ्याई छ । अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू प्युठानदेखि चितवन आएका हुन् ।

    Advertisement

    खिमबहादुर र उनकी श्रीमती चित्रकली बुढामगर दिनभर कपडा बेच्नमा व्यस्त देखिन्छन् । एमालेको महाधिवेशनलाई उनीहरूले राम्रो मौकाका रूपमा लिए । एमालेले चितवनमा महाधिवेशन गर्ने तय भएपछि बुढामगरका दम्पती अल्लोको कपडा बेच्न चितवन आउने निधो गरे ।

    नारायणी नदी किनारमा १० मंसिरमा महाधिवेशनको उद्घाटन हुँदै थियो । उनीहरू ७ मंसिरमै चितवन आइपुगे । त्यही दिनदेखि नदी किनारमा मञ्चको अगाडि कपडा बेच्न थाले । राति नारायणगढ लिलाचोकस्थित एक अतिथि सदनमा बास बसे ।

    बन्द सत्रका लागि सहभागीहरू १० मंसिरको राति महाधिवेशन प्रतिनिधि सौराहा आए । उनीहरू पनि कपडा बेच्नका लागि सौराहा आएका हुन् । ‘बन्दसत्र यहाँ (सौराहा) हुने भएपछि हामीहरू पनि यहीँ आयौँ । शनिबार ९५ हजारको व्यापार भएको थियो’, खिमबहादुरले भने ।

    दैनिक सरदर एक लाखको व्यापार

    अल्लोको टोपीलाई उद्योगबाट खुद्रामा बिक्री गर्दा प्रतिटोपी सात सय रुपैयाँमा बिक्री हुन्थ्यो । व्यापारीलाई दिने थोक मूल्य प्रतिटोपी पाँच सय रुपैयाँ थियो । अहिले महाधिवेशनलाई लक्षित गरेर खुद्रामा पनि प्रतिटोपी पाँच सय रुपैयाँमा नै बिक्री गरिएको उनले बताए ।

    ‘देशभरका महाधिवेशन प्रतिनिधिले लगाउन् भनेर थोककै मूल्यमा बिक्री गरेका छौँ’, उनले भने । स्टकोटलाई ३५ सय, जुवारी कोटलाई ४५ सय र फुल कोटलाई नौ हजारमा बिक्री गरिएको उनले बताए । त्यही मूल्यमा एउटा टोपी पनि दिने गरिएको उनको भनाइ छ । टोपी नलैजानेलाई पाँच सय रुपैयाँ छुट दिने गरिएको छ ।

    उद्योगबाटै कपडा बेच्दा दिनमा उनीहरूको १५ हजार रुपैयाँजतिको व्यापार हुन्थ्यो । महाधिवेशनको उद्घाटनका दिनमा भने एक लाख आठ हजार रुपैयाँको व्यापार भएको उनले बताए । महाधिवेशनअघि ८ मंसिरमा ८० हजार र ९ मंसिरमा ७९ हजार रुपैयाँको व्यापार भएको उनी बताउँछन् ।

    श्रीमान् श्रीमती नै अध्यक्ष र व्यवस्थापक

    कपडा बनाउने उनीहरूको आफ्नै उद्योग छ । प्युठानमा कोठिहिमाल अल्लो कपडा उद्योग छ । उद्योगको अध्यक्ष उनकै श्रीमती चित्रकली हुन् भने व्यवस्थापक खिमबहादुर । ‘मुख्यत: हामी महाधिवेशनकै लागि भनेर आएका हाैं । महाधिवेशनमा व्यापार पनि सँगसँगै गरौँ भनेर आयौँ’, उनले भने, ‘पहिला त मान्छेहरूले यो कपडा खासै चिन्दैनथे । किन्दैनथे पनि । अहिले चाहिँ चिन्ने जतिले किनिरहेका छन् ।’

    अल्लोको कपडाले गर्मीमा शीतल र जाडोमा न्यानो बनाउने उनी बताउँछन् । यो कपडाले सुगर र प्रेसर पनि नियन्त्रण गर्न सघाउने उनको भनाइ छ । चित्रकलीले २०६२ मा अल्लोको कपडा बनाउने तालिम लिएकी हुन् । मगर समुदायमा भांग्रा बनाउने र अल्लोको धागो निकाल्न जान्ने महिलासँग मात्रै पुरुषले विवाह गर्नुपर्ने विगतमा त्यहाँको चलन थियो । त्यस्तै, सीप नभएको पुरुषसँग मात्रै महिलाको विवाह गरिदिने प्रचलन थियो ।

    ‘पहिला किनेर लगाउन सक्ने अवस्था थिएन । किन्न परे पनि पैसा हुन्थेन । त्यसैले महिलामा अनिवार्य यसको धागो निकाल्ने र बुन्ने सीप हुनुपर्थ्याे। छोरा मान्छेमा चाहिँ हलो तान्ने, डोको बुन्ने जस्ता सीप हुनुपर्थ्याे’, उनले भने, ‘अहिले चाहिँ किन्न पाइन्छ । मान्छेले विभिन्न जागिर गर्छन् ।’

    उनीहरूले २०४२ सालमा विवाह गरेका हुन् । दुई जना छोरा र बुहारी छन् । छोराबुहारी पनि अल्लोकै कपडा बनाउने र बेच्ने काममा लागेका छन् । परिवारका सदस्यसँगै अरु नौ जनालाई पनि रोजगार दिएका छन् । धागो निकाल्न धेरै मान्छेको आवश्यकता पर्ने भएकाले अप्रत्यक्ष रूपमा हजारौँ जनाले पनि रोजगारी पाएको उनी बताउँछन् । कपडा उद्योगमा एक करोडभन्दा बढी लगानी रहेको उनले बताए । व्यापार बढ्दै गएकाले थप मेसिनको आवश्यक परेको छ । उनीहरूले अहिलेसम्म पनि हातले नै धागो निकाल्ने गरेका छन् ।

    आफ्नै जग्गामा अल्लो खेती

    प्युठानको नौबहिनी गाउँपालिका-६ र १० मा अल्लो बनाउने उनीहरुको उद्योग रहेका छन् । ‘घरतिर त दिनदिनै व्यापार हुँदैन । महिनामा भन्नुपर्दा तीनदेखि चार लाख रुपैयाँका कपडा हामीले बेच्ने गर्छाैं । यहाँ माैका मिलेको छ । दिनमै एक लाखको हाराहारीमा व्यापार भइरहेको छ’, चित्रकलीले भनिन् ।

    ससुराले दिएको नौ रोपनी जग्गामा उनीहरुले अल्लो खेती गरेका छन् । त्यो देखेर अरुले पनि गाउँमा अल्लोको खेती गरेको उनी बताउँछिन् । अल्लोलाई स्थानीय भाषामा पुगा पनि भन्ने गरिन्छ । अल्लोका कपडा पनि विभिन्न किसिमका छन् । कुनै शतप्रतिशत अल्लोबाट बनेका कपडा छन् भने कुनैमा २५ देखि ७५ सम्म वुलन मिसाइएका कपडा पनि छन् । ‘कुनै कपडामा हामीले वुलन पनि मिसाएका छौँ । हाम्रो नेपालीलाई झिल्के देखिनुपर्छ, त्यसकारण हामीले मिसाएका हौँ’, उनले भनिन् ।

    खरानी पानीमा पकाएर अल्लोको धागो निकालिन्छ । अल्लो पकाउने मेसिन खरिदका लागि पोखरा विश्वविद्यालय र कोरिया विश्वविद्यालयले अनुदान दिएको उनले बताइन् । ‘हाम्रो देशमा उत्पादन भएको कपडा लगाउने र अरुलाई पनि प्रोत्साहन गर्नुपर्छ । यो कपडा सस्तो र स्वास्थ्यका लागि पनि उपयुक्त छ’, उनले भनिन् ।

    धागो निकाल्न नजान्ने महिलाको विवाह नहुने

    विवाह भइसकेपछि श्रीमतीले आफ्नो श्रीमानका लागि भांग्रा र कछाड बनाइदिनुपर्ने परम्परा रहेकाले माइतीमा छँदै आमाले आफ्ना छोरीहरूलाई भांग्रा र कछाड बनाउन सिकाउने उनी बताउँछिन् । ‘धागो निकाल्न जानेन भने त्यस्तो महिलाको विवाह नै नहुने हुन्थ्यो । हाम्रो गाउँमा अझै पनि त्यस्ता महिला चार जना छन्, धागो निकाल्न नजानेर विवाह नभएका’, उनी भन्छिन्, ‘कोही हाम्रो उमेरका । कोही हामीभन्दा अलि जेठा छन् ।’

    २०६२ सालमा तालिम लिएर उनले व्यावसायिक रूपमा अल्लोको कपडा बनाउन थालेकी हुन् । ‘सुरुमा त मैले धागो मात्रै बनाएर काठमाडौँमा लगेर बेचेको हो । तालिम लिएपछि कपडा नै बनाएर बिक्री गर्न थालेँ’, उनले भनिन् । आफूले बनाएका अल्लोका कपडा उनले काठमाडौँको भृकुटीमण्डपमा लगेर प्रदर्शनीमा पनि राखेकी छन् । ईमाउण्टेनबाट

    आइतबार, मङि्सर १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वजेटमा लुम्बिनी : सौम्य शक्तिदेखि वृहत् विकास कार्यक्रमसम्म
    यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)
    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

    लोकप्रिय

    • १.
      लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने

    • २.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ३.
      सल्यानमा ३ थान अवैध भरुवा बन्दुक फेला।

    • ४.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ

    • ५.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ६.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात

    भर्खरै

    • १.
      गुल्मीमा दूध उत्पादन बढ्दो, कृषक घटे पनि उत्पादकत्वमा वृद्धि

    • २.
      प्रधानमन्त्रीले संसदमा माफी माग्नुपर्छ : गगन थापा

    • ३.
      तुलसीपुरमा टिपरको ठक्करबाट बाबु–छोराले गुमाए ज्यान

    • ४.
      रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ उपसमिति गठन

    • ५.
      सुस्तामा तटबन्ध निर्माण रोक्न भारतीय एसएसबीको दबाब, स्थानीयमा चिन्ता

    • ६.
      ‘उद्योगमैत्री बजेट ल्याउँछौँ’ : मुख्यमन्त्री बानियाँ

    • ७.
      छल्दी–सिमलटारी कालोपत्रे सडकमै हिलो र माटोको थुप्रो

    • ८.
      लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation