जनगणना :  प्यूठानमा छुटेकाको आज पनि गणना हुदै

अनुज पछाई, प्यूठान । गएको कात्तिक २५ गतेदेखि सुरु भएको राष्ट्रिय जनगणना बिहीवारदेखि औपचारिक रूपमा सकिएको छ ।
मंसिर ९ सम्म पनि गणनामा विशेष कारणले सहभागी हुन नपाएकाहरूको भने आज शुक्रवार पनि गणना गरिने जनगणना कार्यालय प्यूठान का प्रमुख रोचक सुबेदिले बताए । तर आज गणना भए पनि बिहिबारसम्मकै तथ्याङ्कलाई आधार मानिने उहाँको भनाइ छ ।
आज गणना गर्दा आज नै कसैको परिवारमा कोही जन्मिएका, मृत्यु भएका भए पनि ९ गतेसम्मकै तथ्याङ्क लिइने उहाँले बताउनुभयो । शुक्रबार आजसम्ममा सबै गनेर सकिने उहाँले दाबी गर्नुभयो ।
जिल्ला जनगणना कार्यालय, प्यूठानले कात्तिक २५ गतेदेखि जारी राष्ट्रिय जनगणना अन्तर्गत प्यूठानले जिल्लामा पनि औपचारीक रुपमा गणना सकिएकोे जनाएको छ ।
कार्यालय  प्रमुख  सुबेदिले इन्टरनेट समस्याले गणना भएका सबै कुरा अद्यावधिक हुन नसकेको र यो अवधिमा लगभग सतप्रतिशत गणना भएको बताए । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ का लागि प्यूठानमा ३२० जना गणक परिचालित छन् । प्यूठानमा यसअघि ५४ हजार घरधुरीमा २ लाख ३९ हजार मानिस बसोबास गर्ने गरेको तथ्याङक सुपरीवेक्षकले गरेको प्यूठान जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
प्यूठानका ४ स्थानमा, माण्डबी गाउपालिका नयाँगाउ विजुवार ,खलंगाा र मच्छि गरी ४ ठाउँमा केन्द्र बनाएर ९ वटै पालिकाको गणना भइरहेको छ ।
विशेष कारणवश गणनामा सहभागी हुन नपाएको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन सकिने छ । तथ्याङ्क विभागले गणना औपचारिक रूपमा सकिएको दाबी गरे पनि कैयौँ व्यक्तिले भने आफूहरूकोमा गणनाका लागि मानिस नआएको भन्दै गुनासो गरेका छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...