• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • ६. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ७. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

प्यूठानमा आकासियो हरियो तरकारीको भाउ


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • अनुज पछाई प्यूठान । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि प्यूठानमा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ।
    कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ७० रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय २० रूपैयाँ पुगेको छ।

    Advertisement

    प्यूठानका फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य ८० देखि १०० रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ।
    प्यूठानको बिजुवार तथा बाग्दुलामा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर १०० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७५ रूपैयाँ किलोमा बिक्री भएको छ।
    तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ। त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।
    तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्।
    होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ। तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको बिजुवारका तरकारी व्यापारी दिलमाया पाण्डेले बताइन । ‘खरिदमा नै तरकारी महँगो छ,’उनले भनिन थोरै मार्जिन राखेर बिक्री गर्दा पनि भाउ धेरै हुन्छ।’ उपभोक्ताले किन महँगो भनेर बारम्बार गर्ने प्रश्नको आँफूसँग जवाफ नभएको उनले बताए। ‘सबैले किन यतिधेरै महँगो भनेर सोध्नुहुन्छ,’पाण्डेले भनिन ,हामीले उत्पादन गर्ने होइन खरिदका आधारमा बिक्री गर्ने हो, के जवाफ दिनु!’

    फलफूल तथा तरकारी बजारका महासचिब तुकलाल न्यौपाने अफ सिजन भएकाले तरकारीको भाउ महँगो भएको बताउँछन्।‘असोज, कात्तिकमा तरकारी कम उत्पादन भएकाले अफ सिजन हो,’ न्यौपानेले भने,‘उत्पादन कम भएपछि स्वतः मूल्य बढ्छ।’ खुला बजारमा माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकाले भाउ नियन्त्रण गर्न नसकिने सरकारी अधिकारी बताउँछन्। ‘उत्पादन वृद्धि हुँदासाथ स्वतः मूल्य घट्छ,’ महासचिब न्यौपानेले भने,‘हामीले तरकारीको भाउ नियन्त्रण गर्न सक्दैनौं।’
    बेमौसमी तरकारीको मूल्य बढेको व्यापारी बताउँछन्। प्यूठानमा जिल्लामा उत्पादनले मात्र नधान्ने भएकाले छिमेकी जिल्लाा दाङ तथा भारतबाट पनि तरकारी आयात हुन्छ। जिल्ला बाहिर समेत तरकारी महँगो भएको व्यापारीको भनाइ छ। प्यूठान फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष सूर्य बहादुर भण्डारीले भारतमा समेत तरकारीको भाउ बढेको बताउँछन्।‘ जिल्लामा उत्पादन कम छ,’ भण्डांरील भने,‘भारतबाट आउने तरकारीको मूल्य पनि बढेको छ।’
    उत्पादन कम भएको कारण महँगो भएको बताए पनि बजारमा धेरै तह भएकाले उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। किसानले उचित मूल्य नपाएको र उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यता रहेको उनिहरु बताउँछन्। सरकारी अनुगमन फितलो भएको कारण पनि व्यवसायीले मनपरी मूल्य लिएको आरोप छ। सर्वसाधारण ठगिँदा पनि नियमनकारी निकाय मौन रहेको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ। बजार अनुगमनको जिम्मेवारी पाएको सस्थाले दसैंमा बजार अनुगमनलाई तीव्रता दिए पनि अहिले सेलाएको छ।

    प्यूठानमा दाङ,चितवन, नवलपराशी तथा सल्यान क्षेत्रबाट ताजा तरकारी आउँछ। स्थानीय उत्पादनले नपुग्ने तरकारी भारतबाट पनि आयात हुन्छ। प्यूठानमा फलफुल तथा तरकारी बजार बाग्दुला, बिजुवार, जुमि,्र खलंगाा मच्छि दाखाक्वाडी लगायत तरकारी बजार हुँदै खुद्रा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्छ।

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
    बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
    जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी
    धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • ६.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    भर्खरै

    • १.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • २.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ३.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ४.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ७.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ८.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation