• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

प्यूठानमा आकासियो हरियो तरकारीको भाउ


  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
  • अनुज पछाई प्यूठान । दसैं, तिहार लगायतका प्रमुख चाडपर्व सकिए पनि प्यूठानमा हरियो तरकारीको अचाक्ली महँगो छ। चाडपर्वपछि पनि मूल्य घटेको छैन।अधिकांश तरकारीको मूल्य छोइनसक्नु छ।
    कुनै तरकारीको मूल्य दुई सातामा दोब्बरसम्म बढेको छ। कात्तिक ११ गते प्रतिकिलो ७० रूपैयाँमा बिक्री भएको बोडीको मूल्य बुधबार एक सय २० रूपैयाँ पुगेको छ।

    Advertisement

    प्यूठानका फलफूल तथा तरकारी बजारमा बुधबार हरियो सागको मूल्य ८० देखि १०० रूपैयाँ किलो पुगेको छ। साग मात्र होइन सबै हरियो तरकारीको मूल्य किलोको एक सय रूपैयाँभन्दा बढी छ।
    प्यूठानको बिजुवार तथा बाग्दुलामा स्थानीय काउली एक सय २० रूपैयाँ, टमाटर १०० रूपैयाँ, भिण्डी एक सय, सिमी एक सय ३०,घिरौंला ९०,काँक्रो एक सय ४०,करेला एक सय २०,आलु ७५ रूपैयाँ किलोमा बिक्री भएको छ।
    तरकारी खुल्ला बजारमा किलोमै ५० रूपैयाँसम्म महँगो छ। खुल्ला बजारमा टमाटर एक सय ३० रूपैयाँ किलो पुगेको छ। त्यसैगरी,खुला बजारमा काउली एक सय ५०,बोडी एक सय ६०,भिण्डी एक सय २०, सिमी एक सय ४०, घिरौंला एक सय, काँक्रो एक सय ५०,करेला एक सय ३० रूपैयाँ किलोमा बिक्री भएको छ।
    तरकारी धेरै महँगो भएपछि न्यून आम्दानी भएकालाई निकै कठिन भएको छ। तरकारी पाउकै ५० रूपैयाँ तिर्नु परेपछि उपभोक्ताले प्रयोगमा पनि कटौती गरेका छन्।
    होलसेल हुँदै खुद्रा बिक्रेताको पुग्दा उपभोक्ताले अझै धेरै तिनुपर्ने बाध्यता छ। तरकारीको खरिदनै महँगो भएकाले धेरै मूल्यमा बिक्री गर्नुपरेको बिजुवारका तरकारी व्यापारी दिलमाया पाण्डेले बताइन । ‘खरिदमा नै तरकारी महँगो छ,’उनले भनिन थोरै मार्जिन राखेर बिक्री गर्दा पनि भाउ धेरै हुन्छ।’ उपभोक्ताले किन महँगो भनेर बारम्बार गर्ने प्रश्नको आँफूसँग जवाफ नभएको उनले बताए। ‘सबैले किन यतिधेरै महँगो भनेर सोध्नुहुन्छ,’पाण्डेले भनिन ,हामीले उत्पादन गर्ने होइन खरिदका आधारमा बिक्री गर्ने हो, के जवाफ दिनु!’

    फलफूल तथा तरकारी बजारका महासचिब तुकलाल न्यौपाने अफ सिजन भएकाले तरकारीको भाउ महँगो भएको बताउँछन्।‘असोज, कात्तिकमा तरकारी कम उत्पादन भएकाले अफ सिजन हो,’ न्यौपानेले भने,‘उत्पादन कम भएपछि स्वतः मूल्य बढ्छ।’ खुला बजारमा माग र आपूर्तिले मूल्य निर्धारण गर्ने भएकाले भाउ नियन्त्रण गर्न नसकिने सरकारी अधिकारी बताउँछन्। ‘उत्पादन वृद्धि हुँदासाथ स्वतः मूल्य घट्छ,’ महासचिब न्यौपानेले भने,‘हामीले तरकारीको भाउ नियन्त्रण गर्न सक्दैनौं।’
    बेमौसमी तरकारीको मूल्य बढेको व्यापारी बताउँछन्। प्यूठानमा जिल्लामा उत्पादनले मात्र नधान्ने भएकाले छिमेकी जिल्लाा दाङ तथा भारतबाट पनि तरकारी आयात हुन्छ। जिल्ला बाहिर समेत तरकारी महँगो भएको व्यापारीको भनाइ छ। प्यूठान फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष सूर्य बहादुर भण्डारीले भारतमा समेत तरकारीको भाउ बढेको बताउँछन्।‘ जिल्लामा उत्पादन कम छ,’ भण्डांरील भने,‘भारतबाट आउने तरकारीको मूल्य पनि बढेको छ।’
    उत्पादन कम भएको कारण महँगो भएको बताए पनि बजारमा धेरै तह भएकाले उपभोक्ता मारमा परेको उपभोक्ता अधिकारकर्मीको आरोप छ। किसानले उचित मूल्य नपाएको र उपभोक्ताले महँगो तिर्नुपर्ने बाध्यता रहेको उनिहरु बताउँछन्। सरकारी अनुगमन फितलो भएको कारण पनि व्यवसायीले मनपरी मूल्य लिएको आरोप छ। सर्वसाधारण ठगिँदा पनि नियमनकारी निकाय मौन रहेको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ। बजार अनुगमनको जिम्मेवारी पाएको सस्थाले दसैंमा बजार अनुगमनलाई तीव्रता दिए पनि अहिले सेलाएको छ।

    प्यूठानमा दाङ,चितवन, नवलपराशी तथा सल्यान क्षेत्रबाट ताजा तरकारी आउँछ। स्थानीय उत्पादनले नपुग्ने तरकारी भारतबाट पनि आयात हुन्छ। प्यूठानमा फलफुल तथा तरकारी बजार बाग्दुला, बिजुवार, जुमि,्र खलंगाा मच्छि दाखाक्वाडी लगायत तरकारी बजार हुँदै खुद्रा बिक्रेतामार्फत उपभोक्तासम्म पुग्छ।

    बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation