• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ४. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ५. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ६. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ७. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ८. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • ९. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • १०. रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

धान झार्न चटारो, प्यूठानमा मजदुर अभाव


  •   शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
  • अनुज पछाई,प्यूठान । पछिल्ला बर्षमा प्यूठानमा कृषि यान्त्रिकीकरणको प्रयोग बढ्दो छ । धान रोप्नदेखि, काट्न र झार्नेसम्मका औजार भित्रिसकेका छन् । भने मकै खेतीका लागि पनि नयाँ÷नयाँ उपकरण भित्रिरहेका छन् ।
    अझ परम्परागत रुपमा गोरुले खेतवारी जोत्नुपर्ने अबस्थाको अहिले प्रायः अन्त्य नै भएको छ । खेतबारी जोत्नका लागि एकादले मात्रै परम्परागत रुपमा गोरुको प्रयोग गर्ने गरेका छन् । अधिकांशले अहिले आधुनिक कृषि औजारको प्रयोग गर्ने गरेपनि सबैको पहुँचमा आधुनिक कृषि औजार नपुग्दा यो समयमा प्यूठानका का केही कृषक भने परम्परागत रुपमै धान काट्न र झार्न बाध्य छन् ।
    प्यूठान नगरपालिका ४ थापडाडाका सन्तोष नेपाली कृषक सन्तोष नेपालिले आधुनिक उपकरण भित्रिएपनि सबैको पहुँचमा पुग्न नसक्दा कतिपयले परम्परागत रुपमा नै खेती गर्दै आएको बताए । कृषि मजदुर नपाइनुको पीडा एकातिर छ नै अर्कातिर ज्याला महंगो हुँदा किसान मारमा परेको उनको भनाइ छ । खेती गर्न कृषि मजदुर नपाइनु र आफैं गर्न नसक्नुले खेत बाँझिने अबस्थामा पुगेको नेपाली बताउँछन् । धान काट्ने मेसिन (कम्बाईन हार्वेस्टर) भित्रिएपनि छेउछाउ काट्नुपर्ने हुँदोरहेछ, त्यसका लागि पनि मानिस नै चाहिन्छ, त्यो समेत पाइँदैन नेपालीले भने – कृषि मजदुर अहिले निर्माण क्षेत्रमा आकर्षित भएकाले खेती गर्ने समयमा सँधै समस्या हुने गरेको छ ।
    केही वर्ष अघिसम्म प्रशस्त मात्रामा कृषि मजदुर पाइए पनि अहिले युवा पुस्ता कृषि कर्ममा आकर्षित छैनन् । अधिकांश युवा विदेश पलायन हुनु, भएका युवा निर्माण क्षेत्रमा लाग्नु र ट्याक्टर चलाउने जस्ता काममा आकर्षित हुँदा कृषि मजदुर पाइन छाडेको हो–नेपालीले भने । प्यूठान नगरपालिकाका अर्का किसान अम्विका खत्रीले मजदुरको ज्याला आकाशिएको बताएकी छिन् । उनले ज्याला आकाशिए पनि खेती गर्न मजदुर नपाइने बताइन् । उनले भनिन– घरैवाट पनि खेती गर्न निस्कने मान्छे छैनन्, अरुको पनि त्यस्तै त होला नि ।
    धेरै युवा अरु नै काममा लागेकाले खेतीपाती गर्नेको संख्या घटेको हो– खत्रीले भनिन– हामी बुढापाकालाई खेती चाहिन्छ अहिलेकालाई खेती किन चाहियो र ? धान झार्ने मेसिन आएको छ भनेर खोज्न गएँ– खत्रीले भनिन– भनेको समयमा भेटिएन यता धान खुरिएर गयो । मेसिन लगाउँदा पनि मजदुर चाहिदो रहेछ त्यही भएर अहिले मजदुर लगाएर धान झारीदै छ ।
    धेरै युवा परदेश गएका छन्, यहाँ भएकाले खेतवारीको हिलोकादो गर्न रुचाउँदैनन–प्यूठान नगरपालिकाका अर्का किसान कान्छा सार्कीले भने– अहिले मजदुर मात्र नपाइने होइन खेती गर्नेको संख्या पनि घटेर गएको छ । अहिले गाउको खेतीयोग्य जमिन सस्तोमा बिक्री हुन्छ, कसले पो खेती गर्ने र ? पहिलाको जस्तो खेती गर्नेको संख्या समेत घटेको सार्किको भनाइ छ ।
    यो समयमा सबैको हतारो उस्तै भएकाले खेतमा काम गर्ने खेताला पाउन मुस्किल भएको जमूना पौडेलले बताउँछन् । अहिलेका युवा अरुकोमा गएर अर्म–पर्म गर्न रुचाउँदैनन– उनले भनिन– कहिले काही त दुई चार जना मजदुर पाउन अहिले मुस्किल छ । हिजो दिन भरि खेताला खोजेँ पाइएन, त्यही भएर आज । । आफैं खेतमा बिटा लगाउँदै छु– पोैडेलले भनिन े– धान काट्न पनि नपाएपछि आफंैले धान काटेको र विटा लगाउने तयारी गरेको हो ।
    यता कृषि यान्त्रिकीरणको रस भिजेका कृषकको अनुभव भने फरक छ । प्यूठान नगरपालिका २ का कृषक मोहन बिष्ट भन्छन– मेसिनले काम गर्दा कम समयमा धरै खेती गर्न सकिने र उत्पादन समेत बढ्दो रहेछ । श्रमिक नपाइने समस्याकै कारण आफूले केही वर्ष अघिदेखि नै खेती गर्न मेसिनको प्रयोग गर्दै आएको बिष्टले बताए । धान झार्ने मेसिन आएकाले आफूलाई खेती गर्न सहज भएको उनको भनाइ छ ।
    स्थानीय तहले समेत कृषकका लागि मल र वीऊको व्यवस्थापनमा सहजीकरण गरेका कारण उत्पादन समेत बढेर गएको उनको भनाइ छ । कृषिलाई आधुनिकीकरण गर्दै सबै कृषकलाई कृषि औजार र मल बीऊमा प्रोत्साहन गर्न सकेको खण्डमा विदेश पलायन हुने युवा समेत कृषि कर्ममा लाग्ने उनले बताए। अहिले टाठाबाठा कृषक मात्रै आधुनिक खेती प्रणालीमा आकर्षित भएका छन उनले भने– सबै कृषकलाई स्थानीय तहले समान दृष्टिले हेर्ने हो र समूहगत रुपमा खेती गर्ने प्रणालीको विकास गर्न सके धेरै कृषक लाभान्वित हुनेछन् ।
    कृषिका आधुनिक उपकरण भित्रिए पनि  निम्न आय भएका कृषकलाई त्यस्ता उपकरण प्रयोग गर्न अझै समस्या छ ।

    Advertisement

    शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    धनुषाका ११० परिवारले पाए लालपुर्जा
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ४.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ५.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    • ६.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    भर्खरै

    • १.
      पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य

    • २.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • ३.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ४.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ५.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ६.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ७.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ८.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...