• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

लोकप्रिय समाचार

  • १. असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

  • २. राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

  • ३. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

कमैया मुक्तिको २२ बर्ष : अझै बाँकी नै छ पुनःस्थापना


  •   शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं।कमैया मुक्त भएको २२ वर्ष पुगेको छ । बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेको कमैया प्रथालाई विसं २०५७ साउन २ गते तत्कालीन सरकारले अन्त्य गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो ।

    Advertisement

    त्यही दिनको संझनामा मुक्त कमैयाहरुले प्रत्येक बर्षको फागुन २ गते मुक्ति दिवस मनाउने गरेका छन् । कमैया मुक्तीको २२ बर्ष पुगेे पनि पुनर्स्थापनका काम भने अझै पुरा भएको छैन। उनिहरुका समस्या जस्ताको त्यस्तै छ्न।

    मुक्त कमैया युवा सञ्जालका केन्द्रीय सचिव चन्द्रप्रकाश चौधरीले पुनःस्थापनाको उचित व्यवस्था नभएकाले मुक्ति दिवसलाई मुक्त कमैयाले आन्दोलनकै रूपमा मनाउँदै आएको बताउनुभयो । उहाका अनुसार अझै करिब २७ हजार कमैया परिवार पुनःस्थापना हुन बाँकी छन।
    पुनर्स्थापना र व्यवस्थापनका विषयमा सरकारले मुक्त कमैयालाई चासो नदिएको उहाँको गुनासो छ । मुक्तिको घोषणासँगै जिल्लामा मुक्त कमैया पुनःस्थापना जिल्ला समिति गठन गरी सरकारले पूर्वकमैयाको पुनःस्थापना कार्य अघि बढाएको थियो ।
    “पुनःस्थापना समितिले पूर्वकमैयालाई बसोबासका लागि जग्गा र घर बनाउन आवश्यक काठ उपलब्ध गराउने निर्णय गरेको थियो, तर त्यो पनि सबैले पाउन नसकेको अवस्था छ”, सचिव चौधरीले भन्नुभयो, “कतिपयको हातमा लालपुर्जा छ, तर जग्गा छैन, कतिपयसँग लालपुर्जा छैन, तर जग्गा प्रयोग गरिरहेका छन् ।”
    सरकारले मुक्त कमैयालाई घरबासका लागि जग्गा र घर बनाउनका लागि ३५ क्युफिट काठ दिने निर्णय गरेको थियो । पुनःस्थापनाका क्रममा उपलब्ध गराइएको जग्गामा बस्न सक्ने वातावरण विभिन्न कारणले नदेखिएपछि सट्टाभर्नावापत रु दुई लाख नगद दिने निर्णय गरेको छ । काठ दिन नसकिए थप रु एक लाख नगद दिने भनिएको थियो ।
    सरकारले विसं २०६५ मा मुक्त कमैयारहित जिल्ला भनेर बाँके, दाङ र कञ्चनपुरलाई घोषणा गरे पनि त्यो औपचारिकतामा मात्रै सीमित हुन पुगेको छ ।

    मुक्तकमैयारहित जिल्ला घोषणा गरेको बाँंकेमा मात्रै अझै पनि करिब तीन हजार ५०० बढी मुक्त कमैयाको पुनःस्थापना गर्न बांँकी रहेको मुक्तकमैया सङ्घर्ष समिति बाँकेका अध्यक्ष श्रीराम थारूले बताउनुभयो ।

    उहाँका अनुसार पुनःस्थापित मुक्तकमैया परिवारमध्ये बाँंकेमा एक हजार ७४३ ले घर बनाउन दिने भनिएको ३५ क्युफिट काठ र ४०० बढी परिवारले प्रतिपरिवार घर बनाउन रु १० हजार अझैसम्म पनि अनुदान पाएका छैनन् ।

    मुक्त कमैयाको अधिकारका लागि काम गर्ने संस्था कमासु दिगो विकास समाजका अनुसार बर्दियामा अझै करिब दुई हजार मुक्त कमैया पहिचान हुनबाट बञ्चित भएका छन् भने बाँकेमा तीनदेखि १५ धुरसम्मको लालपुर्जा भएकाको जग्गा पहिचान हुनसकेको छैन ।

    शनिबार, साउन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी,

    • २.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      राष्ट्रिय जागरण अभियानबाट स्थानीय तह निर्वाचनको तयारी गर्छौँ : वर्षमान पुन

    • २.
      असोजमा विद्युत निर्यातबाट झण्डै ६ अर्ब आम्दानी, बंगलादेशतर्फ पनि निर्यात सुरु

    • ३.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ७.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ८.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation