• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

कोरोना नियन्त्रणका लागी जिल्लामा भएको प्रयास प्रभावकारी छ : प्रजिअ भुसाल


  •   शनिबार, असार १२, २०७८ मा प्रकाशित
  • कोराना भाइरससँग सिङ्गो देश जुधिरहेका बेला प्युठानमा पनि संक्रमण रोकथामका लागि बिभिन्न प्रयासहरु भईरहेका छन । जिल्ला प्रशासन कार्यालयले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि झण्डै दुई महिनादेखि निषेधाज्ञा जारी गर्दै आएको छ। निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुँदा जिल्लामा संक्रमणको ग्राफ ओरालो लागे छ। कोरोनाको रोकथाम एवं नियन्त्रणका लागी प्युठानमा भइरहेका गतिविधिबारे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालसँग कामना डेलीले गरेको कुराकानीको सम्पादित अंशः

    Advertisement

    १- प्युठान जिल्लामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?

    यश जिल्लामा कुल संक्रमित संख्या दुई हजार ९६२ जना सम्म पुगेको हो। अहिलेसम्म आईपुग्दा सक्रीय संक्रमित जम्मा १९५ जना हुनुहुन्छ। अहिले २ सय भन्दा कम संक्रमित रहेको प्युठान लुम्बिनी प्रदेशमै संक्रमित संख्या कम हुने दोश्रो जिल्लामा रहेको छ।अहिले निको हुनेको संख्या बढ्दो छ । अत्यावश्यक कार्यालयहरू नियमित सञ्चालनमै छन् । जिल्लामा कोरोना संक्रमणको अवस्था पहिलेको तुलनामा सुधार हुँदै गएको छ । जिल्लाको अवस्था सामान्यतर्फ उन्मुख छ ।

    २-जिल्लामा संक्रमितहरूको उपचार एवं व्यवस्थापन कसरी भइरहेको छ ?

    संक्रमितको दर बढेसंगै हामीले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चालेका छौँ । जिल्लामा संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधीहरु, राजनितिक दल र सरोकारवाला निकायहरुको बिचमा निरन्तर समन्वय, सहजीकरणका कार्यहरु गर्यौं। जिल्ला स्तरिय र स्थानीय तहहरुमा पनि आईसोलेशन केन्द्र संचालनमा ल्यायौं। निषेधाज्ञा जारी गरेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुरक्षा निकायहरुलाई परिचालन गरियो। जिल्ला अस्पताल तथा आईसोलेशनहरुमा क्लिनिकहरु संचालन गर्यौँ। त्यस्मा बिशेषज्ञ डाक्टरहरु मार्फत प्राथमिक्ताका साथ बिरामीहरुको उपचार गर्यौँ। स्थानिय तहका वडासम्मै पुगेर कोरोना परिक्षण र खोप दिने काम भएको छ । जिल्लाका संचारमाध्यमहरुमा स्वास्थ्य सुरक्षाका मापडण्डहरुको प्रचारप्रसार गरियो। यस्का कारणले अहिले जिल्लामा संक्रमणको दर घटेको अबस्था छ।

    ३-जिल्लास्तरिय कोरोना संकट ब्यबस्थापन केन्द्रले कोरोनाको रोकथाम र नियन्त्रणका लागि के कस्ता कार्यहरु गरिरहेको छ ?

    जिल्लामा सर्वदलिय सर्वपक्षिय बैठकबाट आएको निशकर्ष बमोजीम निशेधाज्ञा जारी गर्दै आएका छौ। सबै पक्षबाट सहयोग मिल्दा कार्यान्वयनमा सजिलो भएको छ । जिल्ला स्तरिय आईसोलेशन संचालन, स्थानीय तहहरुमा समन्वात्मक भुमिका निर्वाह गराउन, अक्सिजन ग्यास आपुर्ती तथा अन्य पक्षहरुमा सहजीकरण गरि कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भुमिका निर्वाह गरेका छौँ।

    ४- कोरोनाको कारण देखाएर कालोबजारी गर्ने क्रम पनि बढेको सुनिन्छ। तपाईहरु त अनुगमनमा पनि हिड्नु हुन्छ, के पाउनुभएको छ ?

    यो विषम परिस्थीतीमा कसैले नाजायज फाईदा नलिउन,जनता अफ्ठेरोमा परेको बेला कसैले गैरकानुनी कार्य गरेको पाईएमा त्यस्लाई तत्काल कानुनको डायरामा ल्याएर कानुन वमोजिम कारबाहि गर्ने गरि मिलाईएको छ। जिल्लाका महत्वपुर्ण सबै बजार क्षेत्रहरुको अनुगमन गरेका छौँ। गैरकानुनी काम गर्ने त्यस्तो ब्याक्तीहरुलाई कानुनी डायरामा ल्याएर कारबाही अघि बढाईएको छ ।

    ५- खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक सामाग्रीको आपूर्ति कसरी गर्नु भएको छ ?

    हामीले सुरु देखि नै खाद्यान्न पेट्रोलियम पदार्थ लगायतका अत्यावस्यक सामाग्रीको आपुर्तीका लागि त्यस्ता सामाग्री वोकेका वा काममा हिडेका सवारी साधनलाई पास नचाहिने व्यवस्था मिलाएका छौँ । उद्योग बाणिज्य संघका प्रतिनिधीहरुसंग बैठक बसि त्यस्ता अत्यावस्यक सामग्रीको आपुर्ति र प्रयाप्त व्यबस्था मिलाउन सहजीकरण पनि गरिरहेका छौं। अहिले सम्म त्यस्तो अबस्था आएको पनि छैन।

    ६- अब वर्षा सुरु भयो, प्युठानमा पनि बाढी पहिरोको जोखिममै छ भनिन्छ। के छ बिपद प्रतिकार्य योजना ?

    हामीले जेठ महिनामा नै बिपद व्यवस्थापन समितीको बैठक बसेर बिपद प्रतिकार्य योजना तथा मौसम प्रतिकार्य योजना बनाईसकेका छौं । यस्तै, बिपद प्रतिकार्य योजना स्थानीय तहहरुले पनि बनाईसक्नुभएको छ भने,स्थानीय बिपद व्यवस्थापन कोषमा प्रयाप्त बजेटको समेत व्यवस्था गरिएको छ । सुरक्षा निकायहरुमा बिपद व्यवस्थापनका लागि छुट्टै टिम नै खडा गरिएको छ । जिल्लामा बिपद संभावना,स्थान, बिपदको प्रकृति र सो को न्युनिकरण, रोकथाम तथा राहत र उद्वारका साथै पुर्नलाभ बितरण सम्मका सबै कार्यहरु गरि तयारी अबस्थामा राखिएको छ ।

    ७ – कोरोनाको महामारीका कारण जिल्लावासीहरुमा त्रास मत्थर भएको छैन ? प्युठानीहरुको मनोबल उच्च बनाउन तपाईंको सन्देश के छ ?

    कोभिड १९ को महामारीबाट बच्नको लागि त्यस्को रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका सबै सरोकारवाला निकायहरुको समन्वयात्मक भुमिका प्रशंसनिय छ।संघ,प्रदेश र स्थानीय सरकारले गरेको प्रयास र वहाहरुको भुमिका प्रशंसनिय छ्म त्यस्को परिणाम छोटो समयमै संक्रमण दर घटेको पनि छ। जिल्लाबासिले निशेधाज्ञाको प्रभावकारी पालना गर्नुभएको छ। त्यस्का लागि म सबैलाई धन्याबाद भन्न चाहन्छु। हामीले कोभिड विरुद्वका खोपका कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढाएका छौँ। अझैपनी जनस्वास्थ्य सम्बन्धी मापडण्डहरु पालना गर्नुपर्ने छ । यसबाट सुरक्षित रहन सबैले आफ्नो तर्फबाट सक्दो सहयोग पुर्याउन सबैमा अनुरोध गर्न चाहन्छु।

    शनिबार, असार १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation