• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

सडक कालोपत्रे, खानेपानी तथा कृषि सरुमारानीको प्राथमिकतामा


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • प्यार अलि खान, प्यूठान। सरुमारानी गाउँपालिकाको नवौं गाउँसभाले सडक कालोपत्रे/स्तरोन्नति खानेपानी तथा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ।
    बिहिबार बड्डाँडामा सम्पन्न गाउँसभाले २०७८/२०७९ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विद्येयकको साथै बजेट सर्वसम्मत पारित गरेको छ। सभाले ४६ करोड ५९ लाख ५३ हजार २ सय ४८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
    पूँजीगत बजेटतर्फ १२ करोड १ लाख ४५ हजार रुपैयाँ तथा चालु बजेटतर्फ ३४ करोड ५८ लाख ८ हजार २ सय ४८ रुपैयाँ विनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिएका छन्।
    गाउँसभाले पालिकाको केन्द्र बड्डाँडा बजार क्षेत्र सडक कालोपत्रे गर्ने, ऐरावती-बड्डाँडा जस्पुर हुँदै बंगलाचुली दाङ जोड्ने मोटरबाटो कालोपत्रेको सुरुवात गर्नेको लागि संघिय समपुरक १ करोड २५ लाख, प्रदेस समपुरक १ करोड १० लाख, प्रदेशको थप ५० लाख गरी ४ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
    बड्डाँडा-धनकोट हुँदै बुडीचौर वडा नं ६ जोड्ने मोटरबाटो लको लागि प्रदेस समपुरक ४० लाख तथा संघबाट २४ लाख समेत गरी १ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
    वडा नं २ र वडा नं ४ को वडा कार्यालय भवन निर्माणको लागि प्रदेस समपुरक २७ लाख पचास हजार तथा गाउँपालिकाको २७ लाख ५० हजार रुपैयाँ गरि ५५/५५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ।
    नर्सरी-आँटीटार हुँदै वडा नं १ मोटरबाटो कालोपत्रे, छहरे चौपारी-डाँडागाउँ मोटोरबाटो कालोपत्रे, पेट्राेलपम्प-ददेरी मोटोरबाटो कालोपत्रे, दरभान बजार बस्ती विकास कार्यक्रमबाट बजार क्षेत्र आसपासमा कालोपत्रे गरिने योजना रहेको पालिका उपप्रमुख मिना सोमैद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।
    यस्तै गाउँपालिकाले ट्रयाक खोलिसकेका डेढ दर्जन मोटरबाटोहरुमा ग्रावेल गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको पालिका प्रमुख झगबहादुर विश्वकर्माले जानकारी दिए।
    पालिकाले हेफर प्रोजेक्टसंग साझेदारी गरी कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘हामीले किसानसंग गाउँ सरकार कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘व्यवसायिक कृषकहरुलाई अनुदान दिने, कृषि उत्पादकत्व बढाउन दर्ता भएका कृषि तथा पशुपालन पकेटलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नेगरी काम गर्नेछौं।’
    खानेपानी तथा सिँचाइका क्षेत्रहरूमा पनि पालिकाले विशेष महत्वका साथ बजेट विनियोजन गरेको विश्वकर्माले बताए। हंसपुर बृहत खानेपानी योजना अन्तर्गत ३ सय ५२ घरधुरीमा यसै आर्थिक वर्षभित्र खानेपानी सुविधा पुर्याउने बताईएको छ। पालिका भित्र संचालनमा रहेका तथा निर्माणको चरणमा रहेका सबै लिफ्ट खानेपानी योजनालाई आगामी वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
    पालिका भित्रका २ सय विपन्न घर परिवारका लागि खरको छानो विस्तापित गरि जस्तापाता लगाइने छ।
    पालिकाले पर्यटन तर्फ सौराकोट-सिद्ध लेख पैदल सिँढी निर्माण, किमीचौर दहको संरक्षण, कोटघर मन्दिर घेराबार, छहरे बराह मन्दिर निर्माण, पुठा दरवार मन्दिर सिँढी निर्माण, जामे मस्जिद तला थप, फैजुल मद्रासा कम्पाउन्ड ढलान, ऐरावती मन्दिर अधुरो कार्य पुरा, रत्ने चर्च निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई आवस्यक बजेट विनियोजन गरेको छ।
    प्राविधिक तर्फ डिप्लोमा वा सोभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप छात्रवृद्धी कार्यक्रम, छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिँदै पालिकाले मासिक ४ सय रुपैयाँ बचत गरिदिने भएको छ। टुहुरा बालबालिकाको लागि मासिक १ हजार भत्ता दिने, सुत्केरी आमालाई १ क्यारेट अण्डा तथा ५ सय रुपैयाँ उपहार स्वरुप नगद प्रदान गरिनेछ। कोभिडबाट ज्यान गुमाएका परिवारको राहतका लागि बजेट विनियोजन गरिएको छ।
    पालिकाले युवा सशक्तिकरण तर्फ लागु औषद विरुद्ध युवा अभियान, युवा क्लव गठन, युवायुवती शिपमुलक तालिमहरु पनि गर्दैजाने जनाएको छ।

    Advertisement

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation