• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • २. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ३. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ४. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ५. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

सडक कालोपत्रे, खानेपानी तथा कृषि सरुमारानीको प्राथमिकतामा


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • प्यार अलि खान, प्यूठान। सरुमारानी गाउँपालिकाको नवौं गाउँसभाले सडक कालोपत्रे/स्तरोन्नति खानेपानी तथा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ।
    बिहिबार बड्डाँडामा सम्पन्न गाउँसभाले २०७८/२०७९ को वार्षिक नीति तथा कार्यक्रम, आर्थिक तथा विनियोजन विद्येयकको साथै बजेट सर्वसम्मत पारित गरेको छ। सभाले ४६ करोड ५९ लाख ५३ हजार २ सय ४८ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।
    पूँजीगत बजेटतर्फ १२ करोड १ लाख ४५ हजार रुपैयाँ तथा चालु बजेटतर्फ ३४ करोड ५८ लाख ८ हजार २ सय ४८ रुपैयाँ विनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिएका छन्।
    गाउँसभाले पालिकाको केन्द्र बड्डाँडा बजार क्षेत्र सडक कालोपत्रे गर्ने, ऐरावती-बड्डाँडा जस्पुर हुँदै बंगलाचुली दाङ जोड्ने मोटरबाटो कालोपत्रेको सुरुवात गर्नेको लागि संघिय समपुरक १ करोड २५ लाख, प्रदेस समपुरक १ करोड १० लाख, प्रदेशको थप ५० लाख गरी ४ करोड १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
    बड्डाँडा-धनकोट हुँदै बुडीचौर वडा नं ६ जोड्ने मोटरबाटो लको लागि प्रदेस समपुरक ४० लाख तथा संघबाट २४ लाख समेत गरी १ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
    वडा नं २ र वडा नं ४ को वडा कार्यालय भवन निर्माणको लागि प्रदेस समपुरक २७ लाख पचास हजार तथा गाउँपालिकाको २७ लाख ५० हजार रुपैयाँ गरि ५५/५५ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको छ।
    नर्सरी-आँटीटार हुँदै वडा नं १ मोटरबाटो कालोपत्रे, छहरे चौपारी-डाँडागाउँ मोटोरबाटो कालोपत्रे, पेट्राेलपम्प-ददेरी मोटोरबाटो कालोपत्रे, दरभान बजार बस्ती विकास कार्यक्रमबाट बजार क्षेत्र आसपासमा कालोपत्रे गरिने योजना रहेको पालिका उपप्रमुख मिना सोमैद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ।
    यस्तै गाउँपालिकाले ट्रयाक खोलिसकेका डेढ दर्जन मोटरबाटोहरुमा ग्रावेल गर्ने कार्यलाई उच्च प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको पालिका प्रमुख झगबहादुर विश्वकर्माले जानकारी दिए।
    पालिकाले हेफर प्रोजेक्टसंग साझेदारी गरी कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमलाई निरन्तरता दिन १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘हामीले किसानसंग गाउँ सरकार कार्यक्रमलाई पनि निरन्तरता दिएका छौं।’ पालिका प्रमुख विश्वकर्माले भने, ‘व्यवसायिक कृषकहरुलाई अनुदान दिने, कृषि उत्पादकत्व बढाउन दर्ता भएका कृषि तथा पशुपालन पकेटलाई उत्पादन वृद्धिमा प्रोत्साहन गर्नेगरी काम गर्नेछौं।’
    खानेपानी तथा सिँचाइका क्षेत्रहरूमा पनि पालिकाले विशेष महत्वका साथ बजेट विनियोजन गरेको विश्वकर्माले बताए। हंसपुर बृहत खानेपानी योजना अन्तर्गत ३ सय ५२ घरधुरीमा यसै आर्थिक वर्षभित्र खानेपानी सुविधा पुर्याउने बताईएको छ। पालिका भित्र संचालनमा रहेका तथा निर्माणको चरणमा रहेका सबै लिफ्ट खानेपानी योजनालाई आगामी वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
    पालिका भित्रका २ सय विपन्न घर परिवारका लागि खरको छानो विस्तापित गरि जस्तापाता लगाइने छ।
    पालिकाले पर्यटन तर्फ सौराकोट-सिद्ध लेख पैदल सिँढी निर्माण, किमीचौर दहको संरक्षण, कोटघर मन्दिर घेराबार, छहरे बराह मन्दिर निर्माण, पुठा दरवार मन्दिर सिँढी निर्माण, जामे मस्जिद तला थप, फैजुल मद्रासा कम्पाउन्ड ढलान, ऐरावती मन्दिर अधुरो कार्य पुरा, रत्ने चर्च निर्माणमा सहयोग गर्ने कार्यक्रमलाई आवस्यक बजेट विनियोजन गरेको छ।
    प्राविधिक तर्फ डिप्लोमा वा सोभन्दा माथि अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन स्वरूप छात्रवृद्धी कार्यक्रम, छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता दिँदै पालिकाले मासिक ४ सय रुपैयाँ बचत गरिदिने भएको छ। टुहुरा बालबालिकाको लागि मासिक १ हजार भत्ता दिने, सुत्केरी आमालाई १ क्यारेट अण्डा तथा ५ सय रुपैयाँ उपहार स्वरुप नगद प्रदान गरिनेछ। कोभिडबाट ज्यान गुमाएका परिवारको राहतका लागि बजेट विनियोजन गरिएको छ।
    पालिकाले युवा सशक्तिकरण तर्फ लागु औषद विरुद्ध युवा अभियान, युवा क्लव गठन, युवायुवती शिपमुलक तालिमहरु पनि गर्दैजाने जनाएको छ।

    Advertisement

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • २.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation