शिबराज नगरपालिकाको आफ्नै दमकल र एम्बुलेन्स संचालनमा

माधव बेल्बासे,(चन्द्रौटा) कपिलवस्तु । शिवराज नगरपालिकाले आफ्नै दमकल र एम्बुलेन्स संचालनमा ल्याएको छ । नगरपालिकाका मेयर नेत्रराज अधिकारीको योजना अनुरूप दमकल (बारुण यन्त्र) र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । आम विपद र स्वास्थलाई ख्याल गर्दै नगरवासीका सेवा र सुविधाका लागि दम्कल र एम्बुलेन्स संचालन गरिएको अधिकारीले बताउनुभयो ।

हावाहुरीको समयमा अत्यधिक आगलागीका घटनाहरु हुने तर नगरमा दमकल नहुँदा अन्य तहको भरमा बस्नुपर्ने वाध्यता रहेको स्मरण गर्नुभयो । “अब फोन गर्न साथ दमकल घटना स्थलमा पुग्छ, नगरप्रमुख अधिकारीले भन्नुभयो,“एम्बुलेन्सले नागरिकहरुलाई सहज रुपमा सेवा प्रवाह गर्ने छ’। निम्न वर्गहरुको लागि विशेष छुट दिने योजना रहेको मेयर अधिकारीको भनाई छ।
नगरपालिकाले यस वर्षको योजनामा दमकलको लागि रु ८० लाख र एम्बुलेन्स खरिदको लागि रु ३२ लाख बजेट विनियोजन गरेको थियो ।
यसअघि नगरपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरि संञ्चालनमा ल्याईसकेको छ । प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्यालले एम्बुलेन्सको लागि दुई जना चालक र दमकलको लागि २ जना फायरमेन र एक जना चालक नियुक्तिको प्रकिृयामा रहेको बताउनुभयो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...