• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ६. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

चुरे उत्खन्नको बिषयमा गलत प्रचार भयो : मन्त्री पौडेल


  •   बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
  • काठमाडौं- चुरे क्षेत्रको उत्खनन् गर्ने भन्ने गलत प्रचार भएको भन्दै यसमा सत्यता नभएको अर्थ मन्त्री विष्णु पौडेलले बताउनुभयो ।
    आर्थिक वर्ष २०७८/०७९ बजेटको बँुदा १९९ नम्बरले चुरे दोहनबारे कुनै उल्लेख नगरेको बताउनुहुदै उहाँले विकास र वातावरण बीचको सन्तुलनलाई ध्यान दिएर मात्र अन्य क्षेत्रका खानीहरुको उत्खनन् गर्न सकिने बताउनुभयो । बलजफ्ती यो वजेटको बुँदामा चुरेलाई जोड्ने खोजेको प्रति उहाँले आपत्ति समेत जनाउनुभयो।

    Advertisement

    उहाँले भन्नुभयो, बजेटले उल्लेख गरेकै आधारमा आत्तिनु पर्ने अवस्था छैन, हामी वातावरण सन्तुलन खल्वलिने गरी उत्खनन्का कुनै पनि गतिविधि हुन दिने छैनांै । नेपाल वातावरण पत्रकार समूहले आयोजना गरेको चुरे क्षेत्रको उत्खनन् कति जायज कति नजायज भन्ने कार्यक्रममा बोल्नुहँुदै मन्त्री पौडेलले चुरेको महत्व र संरक्षणको अवस्थालाई आफूले राम्ररी बुझेको समेत स्पष्ट पार्नुभयो ।

    कार्यक्रमका सहभागी विज्ञहरुले दिएको सूझावलाई समेत स्वीकार गर्दै मन्त्री पौडेलले व्यवस्थापकीय क्षमतामा प्रश्न उठ्नु स्वभाविक हो तर यसलाई उन्मुख गरेर वातावरणीय असर प्रतिकुल नहुने गरी नीति र व्यवस्थित कार्यक्रम ल्याएर आवश्यक क्षेत्रको ढुङगा, गिटी, बालुवाको उत्खनन् गर्ने बताउनुभयो ।

    चुरे र महाभारत क्षेत्रमा ९२ वटा खानी पहिचान गरी ढुङगा, गिटी, बालुवाको उत्खनन् गर्न सकिने गरी बाटो खुल्ला गरी सकेको खानी विभाग महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो ।
    २०७१ साउन ११ गते मापदण्ड विपरीत उत्खनन् भएका क्षेत्रमा तत्काल रोक्नु पर्ने र खानी पहिचान गर्ने गरी मात्र उत्खनन् गर्न विभागलाई निर्देशन दिई सकेको महानिर्देशकले घिमिरेले बताउनुभयो । त्यसैले विकासलाई प्राथमिकतामा राख्दै विकासलाई कम गरेर पहिचान गरी वातावरणीय पक्षलाई कम क्षति गरेर उत्खनन् गर्न विभागले अनुमती दिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, चुरेबाट ढुङ्गा गिटी बालुवा उत्खनन् भई निकासी हुने भन्ने भ्रम मात्र हो, विभागले खानी उत्खनन् गर्न कुनै पनि सहमती नदिने स्पष्ट पार्नुभयो । आम्दानी गरेर व्यपार घाटा कम गर्नु देश र जनताका लागि समेत आपत्ति हुने विषय नभएको भन्दै यसमा नीतिगत व्यवस्थालाई कडाइ गरेर काम अघि बडाउनु जरुरी रहेको उहाँले बताउनुभयो ।

    चुरेको सम्वेदनशील क्षेत्रमा ढुङ्गा खानी छैन र भएका पनि काम लाग्ने खालको ढुङ्गा छैन यस्ता निकासी गर्न योग्य नभएकाले ठूला आयोजना पूरा गर्न सकिदैन र राज्यको लक्ष भन्दा फरक हुने वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेम कँडेलले बताउनुभयो । उत्तरबाट दक्षिण तर्फ नदि बग्ने भएकाले उत्तर र दक्षिण क्षेत्रको सन्तुलित विकास गर्नु गर्नुपर्छ र कम भन्दा कम हानी हुने गरी नीति, कानुन बनाएर उत्खनन् हुने समेत सचिव कँडेलले बताउनुभयो ।

    यता राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले भने चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई भन्ने नारानै भएकाले चुरे क्षेत्रको उत्खनन हुन दिने पक्षमा आफु नरहेको बताउनुभयो । पहाडबाट बगेर तराईमा थुप्रिएको गिटी,बालुवा व्यवस्थापन नगरे पछि फेरी दुर्घटना हुने भएकाले केही व्यवस्थापन भने गर्नु पर्ने उहाँले बताउनुभयो । सरकारले बजेटमा नीतिगत उद्घोष गरेको हो तर कार्यन्वयनमा जाँदा आधारहरु तयार गरिन्छ र चुरे भन्दा फरक क्षेत्रबाट उत्खनन गर्ने भन्ने धारण सरकारले बनाउनु उत्तम कार्य भएको उहाँको भनाई छ ।

    यता कार्यक्रममा बोल्नुहुन्दै योजना आयोगका सदस्य डा. कृष्ण प्रदास ओलीले भने स्रोतको प्रयोग गर्ने कि नगर्ने तर प्रयोग गर्दा कसरी गर्ने भन्ने मुख्य भएको बताउनुभयो । उहाँले विचौलियाले विगतमा खानी निखारेको कारण सरकारको कदम प्रति अविश्वास हुन थालेको हो त्यसैले नीतिगत रुपमा स्पष्ट भएर उत्खनन गर्न गर्नुपर्ने बताउनुभयो । अन्यदेशले पनि ढुङगा खरिद विक्री गर्ने भएकाले देशकै दिगो विकासका लागि गुणस्तरीय निर्माण सामाग्री आवस्यक छ त्यसैले पनि व्यवस्थित उत्खनन जरुरी भएको उहाँले बताउनुभयो ।

    बुधबार, जेठ २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
    नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा
    चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी
    धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख

    • ६.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    भर्खरै

    • १.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • २.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ३.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ६.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ७.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ८.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation