सरकारी कर्मचारीको मासिक तलव बढ्यो

प्युठान : सरकारले बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब मासिक २ हजार रुपैयाँका दरले बृद्वी गरेका हुन ।
बढेको तलब साउन १ देखि लागू हुने छ । अपेक्षित वृद्धि गर्ने अनुकुल परिस्थिति नभए पनि राष्ट्रसेवकको मनोबल उच्च बनाउन तलब वृद्धि गरेको पौडेलले बताए । सरकारले निजामती कर्मचारीको १० लाखको दुर्घटना बीमा १ लाखको स्वास्थ्य बीमा गर्ने अर्थमन्त्रीले घोषणा गरे । महँगी भत्तालाई निरन्तरता दिइएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...