पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी बर्षा प्यूठानको हंसपुरमा

काठमाडौं। पछिल्लो चौबीस घण्टामा सबैभन्दा बढी वर्षा प्यूठानको हंसपुरमा भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो अवधिमा सबैभन्दा बढी वर्षा प्यूठानको हंसपुर केन्द्रमा ५४ मिलिमिटर पानी परेको थियो ।

देशभरका २१२ वटा वर्षा मापन केन्द्रहरु मध्ये १७७ केन्द्रमा वर्षामापन भएको छ। मापन गरिएका केन्द्रमध्ये १२२ मा ५ मिलिमिटर, ८५ मा १० मिलिमिटर, २७ मा २५ मिलिमिटर र एउटामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो।लामो समयदेखि खडेरी परेर चिन्तित भएका किसान वर्षा भएपछि हर्षित भएका छन्।

Sharing Now!

You might also like

Comments are closed.