प्यूठान । प्यूठानको बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था प्यूठान नगर पालिका – ७ मा आजदेखी नयाँ लिफ्ट खानेपानी योजना थपिएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभागले तेस्रो साना शहरी खानेपानी तथा सरसफाई क्षेत्रगत आयोजनाबाट प्यूठानको बाग्दुलामा नयाँ लिफ्ट खानेपानी आयोजना निर्माण सम्पन्न पश्चात संस्थासँग ५ वटा आयोजना भएकाहुन् ।
हाल सम्म प्यूठान नगरपालीकामा बृहत बिजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा १ हजार ६ सय ३९ उपभोक्ताले खानेपानीको सुबिधा लिईरहेकाछन् । तर दिनमा एक पटक खानेपानी सुबिधा दिएको थियो । यो आयोजना थप भएपछि अव देखि बिहान बेलुका गरी दुईपटक खानेपानी बितरण हुने संस्थाका अध्यक्ष जानुका केसीले बताउनुभयो । बाग्दुला लिफ्ट खानेपानी आयोजना प्राकृतिक निर्माण सेवा सल्यानले कुल ३ करोड ५ लाखमा समपन्न गरी शुक्रबार हस्तान्तरण गरिएको हो । समयमै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरेकोमा निर्माण कम्पनिलाई प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपतिले धन्यबाद प्रकट गर्नुभयो । उहाँले सबै नगरबासीलाई शुद्ध पिउनेपानीको शुनिश्चत्ताका लागि नगरपालिका तत्पर रहेको बताउनुभयो । संस्थाले हाल सम्मका आयोजनाहरुको लागतको ३० प्रतिशतले करिव ५ करोड ७१ लाख रकम नगरबिकास कोषबाट ७ प्रतिशत व्याजदरमा ऋण लिएर उपभोक्तालाई खनेपानीको सुबिधा उपलब्ध गराएको संस्थाले जनाएकोछ ।
संस्था सँग बाग्दुला लिफ्ट खानेपानी आयोजना थप भए सँगै ५ वटा आयोजना संञ्चालन हुने भएकाछन् । करिव १० करोड लानीमा गेजवाङ-टाकुरा लिफ्ट योजना, १ करोड लागतमा टिकुरी डाडागाउँ लिफ्ट खा पा योजना, ८० लाख लागतमा बिजुवार भौका लिफ्ट खापा योजना, १ करोड ५० लाखमा दाखाक्वाडी चिल घुम्ने डाडा लिफ्ट खानेपानी आयोजना र ३ करोड ५ लाखमा हालै सम्पन्न बाग्दुला लिफ्ट खा पा योजना संस्थाले सञ्चालनमा ल्याएकोछ । यसैगरी ४ वटा आयोजनाको मर्मत सभ्भारका लागि २ करोड २५ लाख रुपैया खर्च भएको संस्थाले जनाएकोछ ।
२५ करोड लगानीमा खानेपानी, १६ सय उपभोक्तालाई सुबिधा
२५ करोड लगानीमा खानेपानी, १६ सय उपभोक्तालाई सुबिधा

Advertisement
तपाईको प्रतिक्रिया