• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

स्थानीय सरकार र युवाको भुमिका


  •   बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
  • लव कुमार अधिकारी । युवाशक्ति राष्ट्रको अमुल्य सम्पती हो । युवा देशका महान हस्ती हुन, युवा परिवर्तनका सम्बाहक हुन, युवा वर्तमानका साझेदार हुन । युवा उमेर मात्र होइन, युवा प्रवृति हो, दृष्टिकोण, जोस जागर र हिम्मत हो । अझ साच्चै भन्नु पर्दा युवा देशको मेरुदण्ड हो । यि भनाईहरु केवल नेताहरुले, मोटिभेट गर्ने सहकर्ताहरुले र अग्रजहरुले युवाहरुलाई हौसाउने शब्द मात्र सिमित भएको देखिन्छ । युवाहरु आर्थिक, सामाजिक, राजनैतिक र सास्ंकृतिक रुपान्त्रणका अग्रदुत पनि हुन । थाहा, हुदाहुदै पनि स्थानिय सरकारमा प्रतिनिधित्व गर्ने जिम्मेवारी बोकेका सरोकारवाला निकायहरु युवाप्रति त्यति सन्तोषजनक भने देखिदैनन् । एक तथ्यांक अनुसार नेपालमा कुल जनसंख्या मध्ये १६ वर्ष देखि ४० वर्ष उमेरका ४०.४३ प्रतिशत युवा देख्न सकिन्छ । झन्डै तिनवर्ष यता संघीय संरचना अनुसार स्थानिय सरकार आइसकेपछि पनि केही प्रतिशत युवाहरु गाउँमा बस्नै चाहेका छैनन् र उनीहरुले सम्भावना नै देखेका छैनन्् । विभिन्न खाले आर्थिक र राजनितिक कारणले गर्दा वैदेशीक रोजगारको ढोका ढक्ढकाउन बाध्य भएका छन् ।
    संघीय संरचना अनुसार लुम्बीनी प्रदेश भित्र पर्ने प्यूठान जिल्लामा नौ स्थानीय तह रहेको जिल्ला हो । दुइ वटा नगरपालिका र सात गाउँ पालिका रहेको त्यसमध्ये जनसंख्या र भुगोलको हिसावले अन्य स्थानिय तह भन्दा सानो माण्डवी गाउँपालिका हो । वि.स. २०६८ सालको जनगणना अनुसार १५ हजार ५८ जम्मा जनसंख्या रहेको छ । ३ हजार ६८ घरधुरी रहेको माण्डवीमा लगभग सबैजसो घरधुरीबाट रोजगारीको शिलशिलमा युवाहरु भारत तथा तेस्रो मुलुकमा गएका छन् ।
    चुनाव ताका पार्टीको झण्डा बोकेर हिडेका युवाहरु पछिल्लो समय अर्थात अहिले टोल–टोलमा, चोक–चोकमा जुटपत्ति, लुडो र क्यारम्बोट खेलमा व्यस्त देखिन्छन् । जुन किसिमले झण्डा र झोला बोकेर गाउँ गाउँमा हिडेका थिए त्यसमध्ये अधिकांश युवाहरु त तेस्रो मुलुक प्रवेश गरिसकेका छन् । केही युवाहरु मात्रै गाउँमा यदाकदा देख्न पाइन्छ ।
    मेरै गाउँपालिकाको कुरा गरौं । प्यूठानको नौ वटा स्थानिय तह मध्ये जनसंख्याको हिसावले र उमेरको हिसावले सबै भन्दा कान्छो पालिका हो । सिंगो पालिकाको नेतृत्व गर्नुभएका अध्यक्ष र मेरो उमेरमा दुइअढाइ वर्षको अन्तर होला । तर, पालिका अध्यक्षले जुन कुरामा युवालाई समेटेर लग्नु पर्ने हो जस्तै– युवा स्वरोजगार योजना, युवा लिडरसीप टे«निङ, युवा उद्यमशीलता टे«निङ, बैदेशीक रोजगारबाट फर्केर आफ्नो सीप अनुसारको व्यवसाय गर्ने चाहाना भएका युवालाई विशेष किसिमका अनुदान, सहज बैकिंङ लोन प्रकृया, व्याज अनुदान अथवा गाउँपालिका नै जिम्मेवार भएर त्यस्ता युवाहरुलाई खोजि गरेर आफ्नो पालिका भित्र के कस्ता सम्भाव्यताहरु छन् । सोही अनुसारका कार्यक्रमहरु अगाडि सार्नु पर्ने थियो । बैदेशिक रोजगारमा रहदा युवाले सिकेको सिप, दक्षता, देखेका बुझेका अनुभवमा लाई पुस्तिकामा मात्रै सिमित नगराई कार्यक्रम नै अगाडी सार्नु पर्ने हो । तर, निर्वाचित भएर ३ वर्ष वितिसक्दा पनि त्यसो हुन सकिरहेको भने छैन । छ, त केवल राजनैतिक बल जबरजस्त सिफारिस भएका नेता तथा कार्यकर्ताहरुलाई अनुदान, क्षमता नभएकाहरुलाई पनि राजनैतिक दवावद्धारा रोजगारी, फरक पार्टीका युवालाई गरिने भेदभावले मेरो पालिका पनि अछुतो रहेन ।
    युवाहरु बेरोजगार भएकै कारण विदेशीएको ठ्याक्कै यति हो भन्ने तथ्यांक नभएपनि करिब ४० लाख नेपाली संसारको विभिन्न ठाउँमा रहेको तथ्य छ । प्यूठानकै परिवेश हेर्दा नेपाल प्रहरीको तथ्यांक अनुसार लकडाउनकै समयमा आएका ११ हजार ९ सय ८२ जना क्वारेन्टाइनमा बसेका थिए । जसमध्ये माण्डवी गाउँपालिकाको १ हजार ७३ जना थिए । आर्थिक तथा राजनीतिक ति युवाहरुलाई स्थानिय सरकारले जोड्न भने सकेन । जब लकडाउन खुकुलो हुदै गयो भारत तथा तेस्रो मुलुक जाने युवाको संख्या ह्वात्तै बढ्यो । अझ यतिबेलाको राजनैतिक माहोल हेर्दा झन उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरुको व्यापक दुरुपयोग भएको देख्न सकिन्छ । यो अर्थमा की शिक्षित युवा गाउँमै छैनन् भनेको चाही होइन । शिक्षित भएरपनि चेतनाको कमी, चरम गरीवी, नेताहरुको नकारात्मक प्रभाव, व्यवसाय माथि राजनैतिक हस्तक्षेप, स्थानिय उत्पादनलाई बेवास्था गरिनु, चुनाव ताका नेताहरुले आफुसंग हिडेका युवालाई मात्रै प्राथमिकता दिनु तर, बैदेशीक रोजगारबाट फर्केका युवालाई बेवास्था गरिनु, सिंगो पालिकाको अभिभावकले नै जनता बीच विभेद गरिनु लगायतका कारणले गर्दा युवाहरु नचाहा नचाहादै पनि बैदेशीक रोजगारीमा होमिएको यर्थाथ हो । भने, केही युवामा निरासापन, दुव्र्यसनमा फसेका, घरखर्च व्यवस्थापनमा संकट र महंगी जसको कारणले गर्दा बैदेशीक रोजगारीलाई बिट मारेर स्वदेश भित्रिएका ति युवाहरु पनि पुन ः वैदेशीक यात्रा तय गरेको प्रस्ट देख्न सकिन्छ ।
    युवा वर्गले अन्य पेशा भन्दा चाँडो कमाउने उदेश्यले राजनीति पेशालाई बुझ्न थालेका छन् । उदेश्य नै चाँडो कमाउने राखेर राजनीतिमा प्रवेश गरेका केही युवाहरुले राजनीतिलाई सही दिशामा त लादैनन् अर्को तर्फ मुलुकमा आवश्यक पर्ने युवाहरुलाई स्थान पनि दिदैनन् । अघिल्ला विभिन्न व्यवस्थाले युवाहरुलाई समेट्न सकेको थिएन । स्थानिय सरकार आइसके पछि युवाहरु नै नेतृत्वमा पुगेका छन् । तर, युवाले आफ्नो गाउँ ठाउँको विकास गर्ने योजना भएका युवाशक्तिलाई न त परिचालन गरेका छन्, न त कुनै अवसर दिएका छन् । यदि यस्तै व्यवस्था रही रहने हो भने अबको केही वर्षमै विकासको अवधारणा भएका, पढेलेखेका, हातमा सिप भएका, लाखौ खर्च गरेर व्यवसाय गरेका युवाहरु सबै बाहिरिएर गाउँमा युवाशक्ति नै नभेटिएलान् भन्न सकिन्नन । तसर्य यस तर्फ स्थानिय सरकार बेलैमा सचेत बनोस् ।
    (लेखक–माण्डवी ग्रामीण विकास संस्था प्यूठानका अध्यक्ष हुन)

    Advertisement

    बिहिबार, फागुन १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ३.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ४.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ५.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ७.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ८.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation