• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सामाजिक संस्थाहरूद्वारा मल्म पाण्डवखानी सडकको विषयमा ध्यानकर्षण


  •   आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
  • गलकोट। बागलुङको गलकोट नगरपालिका वडा नं ७ स्थित सामाजिक संस्थाहरुको आयोजनामा आज अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ। वडाको मुख्य सडकको स्तरोन्नति नहुँदा यात्रुहरुलाई समस्या भएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको हो ।
    २०६१- ०६२ सालमा ट्रयाक खोलेको उक्त सडकको स्तरउन्नती हुन नसक्दा दैनिक सयौं गाडीहरुले सास्ती खेप्दै आईरहेका छन् । नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा रु ६० लाख बजेट विनियोजन गरी मध्यपहाडी लोकमार्गको जिरो किमी आँगाखेत देखि ओदाह सम्म ग्रावेल भएको छ । त्यस्तै गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा १ करोड र २०७७/०७८ मा रु ५० लाख विनियोजन गरी अहिले छरछरे सम्म ग्रावेलको  काम भइरहेको छ । गलकोट नगरकै महत्वपूर्ण सडकको रूपमा रहेको यस सडकको सानाेखोला देखि दाग्दिखोला सम्मको झण्डै १५ किलोमीटर सडक साघुँरो, खाल्डा खुल्डि सँगै स्तरोन्नती नभएको भन्दै गलकोट नगरपालिकाको ध्यानाकर्षण गराइएको राम्चे ढुङ्गा पर्यटन विकास केन्द्रका अध्यक्ष अम्मर बहादुर थापा विष्णुले जानकारी दिनुभयो । वडा स्थित सामाजिक संस्थाहरु घुम्टे युवा परिवार, न्यू नवज्योति युवा क्लव, जनहित कला केन्द्र, नाच्ने डाँडा संरक्षण समाज, समृद्धि युवा क्लव, राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र र झीर्का युवा क्लवको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको न्यू नवज्योति युवा क्लवका कोषाध्यक्ष टेकनाथ गौतमले बताउनुभयो । कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मल्म पाण्डवखानी सडकको विषयमा गलकोट नगरपालिकाले आगामी वैशाख भित्र सडकको मर्मत तथा सम्भार गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले सडकको स्तरोन्नति गर्नको निम्ति सम्बन्धित निकायमा आवश्यक पहल गर्ने समेत बताउनु भयो।

    Advertisement

    यो गलकोट नगरकै महत्वपूर्ण सडक रहेको हुँदा पर्यटकीय गन्तव्य घुम्टे, राम्चे ढुङ्गा, पाण्डवखानीमा रहेका पर्यटकीय तथा धार्मिक महत्व बोकेका गन्तव्यमा आउने आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सहयोग पुग्ने भन्दै जति सक्दो छिटो सडक स्तर उन्नती गर्न आफूहरु सकारात्मक रहेको उल्लेख गर्नुभयो । सो अवसरमा सम्पुर्ण संस्थाहरुको प्रतिनिधित्व गर्दै घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सडकको विषयमा अन्तरकृया समेत गरिएको थियो । अन्तरकृयामा गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा, लोक दोहोरी गायक विष्णु खत्रीले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम जनहित कला केन्द्रका अध्यक्ष ज्ञान बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    आइतबार, पुष ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...