• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

कोभिड संक्रमणमा मेरो अनुभव : पृथ्वी नै बोकेजस्तो गरि टाउको दुख्यो


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • एलबि थापा ।
    प्युठान । मंसिर १६ गते एउटा विवाहमा सहभागि थिएं । मान्छेहरूको घुइचो नै थियो । मैले विवाहको भिडियो खिचिरहेको थिए । हुनत त्यसअघि केही कामले हामी बर्दिया गएका थियौ । मलाइ कहाबाट कसरी लक्षण सर्यो एकिन चाहिँ छैन । विवाहको दिन त्यसदिनभर मैले KN-95 मास्क लगाएको थिए । दिनैभर ज्योरो आउलाजस्तो, टाउको दुख्ला जस्तो भइनै रह्यो । मलाइ भिडियो खिच्न गारो भयो र स्फुर्ति नभएपछि लगभग धेरै भिडियो तेजेन्द्र बिएमलाइ खिच्न लगाए । कतिबेला दुलहि अन्माएर पठाउलान र रूममा गई आराम गरौला भन्ने मनमनै सोच्दै भिडियो बनाइरह्यौ ।

    Advertisement

    बेलुका करिव ८/९ बजेतिर वैवाहिक कार्यक्रम सकियो अनि हामी कसैलाइ नसोधि घरतर्फ लाग्यौ । बाटोमा सोच्दै आए, जाडोले होकि तातोपानि र महसंग सितन खान पर्यो भन्ने लाग्यो अनि लिएर रूममा आएं । तातोपानि तताउन्जेल बेडमा पल्टिए । तर बिस्ताराबाट उठ्न सकिन । दुखाइ कम गर्ने सिटामोल त थियो तर खाइन । टाउको आवस्यकता भन्दा बढि दुखिरहेकोले झन असर हुन्छकि भन्ने लाग्यो र खाइन । त्यो दिन रातभर ह्वा, ह्वा, हुं, हुं, हिं, हिं गर्दै बडबडाउदै रात कटाएछु । अर्को दिन १७ गते दिउँसो अलि कम त भयो, तर नत ज्योरो नै फुट्यो, नत टाउको दुख्न नै छोड्यो । १८ गते राति सम्म ३ दिन एकैप्रकारको लक्षण कम नै भएन ।

    बेसारपानि, लहरेगुर्जो, पिपला, ज्वानोपानि र तातोपानि मात्र निलिन्थ्यो । नाकले गन्ध थाहा पाएपनि अरूत सबै डढेजस्तो र कुहिएजस्तो लाग्ने । खानामा कुनै स्वाद पाइएन । जवरजस्ति २/४ गाँस मात्र खाइन्थ्यो ।

    १९ गते एकाबिहानै पिसिआर जाँच गराउने निधो गरें ।जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदिलाइ फोन गरे । उहाले नआत्तिन आग्रह गर्दै समय मिलाएर स्वाव निकालौला भन्नुभयो । त्यो भन्दा पहिले सुचना अधिकारी पुस्कल श्रेष्ठलाइ कल गरेको थिए उहाले फोन उठाउनुभएको थिएन । विशाल सरसंग कुरा सकिएपछि पुस्कल दाइको कलब्याक आयो र मैले मेरा सबै लक्षण बताएं । मल्लरानिमा पारश शाहिसंग सम्पर्क गरि स्वाव दिन अनुरोध गर्नुभयो ।

    त्यसैदिन गौमुखि गाउपालिकामा पनि कन्ट्याक ट्रेसिङ गरि स्वाव पठाउने तयारि भइरहेको रहेछ । त्यसपछि मैले पारस शाहिलाइ फोन गरेर सबै लक्षण बताुनाए । उहाले सकभर आजै स्वाव संकलन हुन्छ भन्नुभयो । १/२ जनाको स्वाव संलन गरि पठाउनका लागि गारो रहेछ । एम्वुलेन्सहरू दिनदिनै बुटवल भैरहवा जाने भएपनि पिसिआर स्वाव लिएर जान मान्दा रहिन्छन । प्रहरी प्रशासनले पनि कर लगाउन र डण्डा लाउन सकेको रहिन्छन । स्थानीय तहलाइ कि गाडि रिजर्व गरि पठाउनुपर्ने, कित काम विशेषले जाने गाडिको ताक छोप्नुपर्ने रहेछ । गौमुखि गाउपालिकाको गाडि स्वाव लिएर बुटवल जान लागेकोले त्यहि मौका छोपेर मल्लरानिमा स्वाव संकलन गरिदै रहेछ । पारश शाहिले मेरो नाम पनि नोट गर्नुभयो । दिउँसो कल आयो भने आइहाल्नु भन्नु भयो । दिउँसो गई स्वाव दिएर घर फर्किए । यतिन्जेलसम्म मलाइ पहिलेको स्थिति २० को १९ भएकै थिएन ।

    ठुलावेशिमा स्वास्थ्यकर्मि केशव केसि पनि कोभिड ग्रसित हुनुहुन्थ्यो । उहालाइ पनि फोन गरि मेरा सबै लक्षण बताए तपाईं कस्तो हुन्थ्यो भनेर । उहाले नआत्तिनुहोला लक्षण सबै मेरा जस्तै मिल्ने रहेछन सकभर तपाइको पिसिआर पोजेटिभ आउँछ होला । नभन्दै ३ दिनपछि २२ गते बिहान पोजेटिभ रिपोर्ट आएको खवर पाए । मत ढुक्क जस्तै थिए पोजेटिभ हुन्छ भन्ने तर परिवारलाइ भन्दा साना छोराहरूसंग भेट हुनबाट म कसरी जोगिने भन्ने चिन्ता थपियो ।

    कान्तिपुरकर्मि गिरू भण्डारिसंग सल्लाह गरि नगरपालिका वा स्वास्थ्य कार्यालयले स्थापना गरेको आइसुलेसन केन्द्रमा बस्ने कि भन्ने मेयर अर्जुन कुमार कक्षपतिसंग परामर्श लिए । तर बिचार तपाइको हो हामी ब्यवस्थापन गर्छौ घरमै बसेजस्तो स्याहार सुसार नहुन सक्छ भन्नुभयो । मैले पनि सोचे बरू घरमै बस्ने परिवार नजिकै हुन्छन कमसेकम ताताेपानि माग्दा त आइहाल्ला नि भन्ने लाग्यो र गइन । अहिले यहि ठिक लागिराछ ।

    हुनत मैले स्वाव दिएपछि घरमा मैले देखाउने व्यवहार र शैली नियालिरहन्थे उनिहरू । किनकि डेरामा बस्नुपर्ने हुदा रूम एउटै, शौचालय एउटै, हिडडुल गर्ने ठाउँ समेत एउटै थियो । मैले स्विच अन अफ गर्दा कुहिनोको अनिवार्य प्रयोग र गोजिमा अनिवार्य सेनिटाइजर राख्थे तर बावुहरूलाइ सेनिटाइजर राखेको थाहा दिदैनथे । शौचालय जांदा पहिल्यै मुठ्ठिमा सेनिटाइजर राख्थे भने निस्कदा पनि त्यसै गर्थे । उनिहरू मैले कुहिनाले ढोका धकेल्दा र कुहिनाले नै लगाउदा घोरियर हेर्थे र हास्थे पनि । उनिहरूलाइ मसंग नछोइनु भन्न सक्दैनथे तर रूघाखोकि लाग्याछ मतिर नआउनु है भन्न मात्र सक्थे ।

    म रूमबाट खासै बाहिर निस्केको छैन । श्रीमती र छोराहरूसंग जतिसक्दो टाढै रहेको छु । मेरो लक्षण सहितको भएपनि उनिहरू ३ जनालाइ नै अहिलेसम्म कुनै लक्षण फेला परेको छैन । म आफै उनिहरूलाइ जोगिन र टाढा रहन गरेको कोसिस सफल भइरहेको छ । मलाइ अहिले खास समस्या अरू त केही छैन तर खोक्दा भने भित्रैबाट छाति दुख्छ । खानामा टेस्ट त पाउदिन तर जवरजस्त भने खाइरहेको छु । मैले मेरा छोराहरूलाइ कोरोना लागेको अझै बताएको छैन । मैले खोक्दा मास्क लगाएको हुन्छु त्यहिबेला कान्छो छोराले मास्क त बाटोमा हिन्दा पो लाउने हो घर बस्दापनि लाउने भनेर खिसि गर्छ ।

    कोभिड संक्रमणमा लक्षण मिलेको हप्ता दिन बित्न लाग्यो । खानामा कुनै स्वाद पाएको छैन । आत्मवल बलियो छ । परिवारलाइ अझै जोगाउन सकेकको छु । वावुहरू मसंग भेट नहोउन भने दिनैभर १/१ वटा कम्प्युटरमा कार्टुन हेर्न लगाएको छु । आत्मवल बलियो हुनेलाइ त यो रोग होइन समस्या हो । तर सानोमा न्युहोमोनिया, स्वासप्रस्वास र छातिको समस्या हुनेले निकै सजग र सतर्क हुनुपर्छ । सुर्ति, चुरोट खाने आदत भएका साथिहरू त झन जोगिनुहोला । किनकि श्वास फेर्न यति गारो हुन्छकि, तपाइलाइ परेपछि र भोगेपछि मात्र थाहा हुन्छ ।

    लेखक : नेपाल पत्रकार महासंघ प्युठान शाखाका उपाध्यक्ष हुनुहुन्छ।

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
    चुनाव सर्ने हल्ला निराधार, निर्धारित मितिमै हुन्छ : गृहमन्त्री अर्याल

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation