• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, जेठ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ३. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ६. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ७. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ८. अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

  • ९. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

  • १०. स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

कोभिड संक्रमणमा मेरो अनुभव : पृथ्वी नै बोकेजस्तो गरि टाउको दुख्यो


  •   बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
  • एलबि थापा ।
    प्युठान । मंसिर १६ गते एउटा विवाहमा सहभागि थिएं । मान्छेहरूको घुइचो नै थियो । मैले विवाहको भिडियो खिचिरहेको थिए । हुनत त्यसअघि केही कामले हामी बर्दिया गएका थियौ । मलाइ कहाबाट कसरी लक्षण सर्यो एकिन चाहिँ छैन । विवाहको दिन त्यसदिनभर मैले KN-95 मास्क लगाएको थिए । दिनैभर ज्योरो आउलाजस्तो, टाउको दुख्ला जस्तो भइनै रह्यो । मलाइ भिडियो खिच्न गारो भयो र स्फुर्ति नभएपछि लगभग धेरै भिडियो तेजेन्द्र बिएमलाइ खिच्न लगाए । कतिबेला दुलहि अन्माएर पठाउलान र रूममा गई आराम गरौला भन्ने मनमनै सोच्दै भिडियो बनाइरह्यौ ।

    Advertisement

    बेलुका करिव ८/९ बजेतिर वैवाहिक कार्यक्रम सकियो अनि हामी कसैलाइ नसोधि घरतर्फ लाग्यौ । बाटोमा सोच्दै आए, जाडोले होकि तातोपानि र महसंग सितन खान पर्यो भन्ने लाग्यो अनि लिएर रूममा आएं । तातोपानि तताउन्जेल बेडमा पल्टिए । तर बिस्ताराबाट उठ्न सकिन । दुखाइ कम गर्ने सिटामोल त थियो तर खाइन । टाउको आवस्यकता भन्दा बढि दुखिरहेकोले झन असर हुन्छकि भन्ने लाग्यो र खाइन । त्यो दिन रातभर ह्वा, ह्वा, हुं, हुं, हिं, हिं गर्दै बडबडाउदै रात कटाएछु । अर्को दिन १७ गते दिउँसो अलि कम त भयो, तर नत ज्योरो नै फुट्यो, नत टाउको दुख्न नै छोड्यो । १८ गते राति सम्म ३ दिन एकैप्रकारको लक्षण कम नै भएन ।

    बेसारपानि, लहरेगुर्जो, पिपला, ज्वानोपानि र तातोपानि मात्र निलिन्थ्यो । नाकले गन्ध थाहा पाएपनि अरूत सबै डढेजस्तो र कुहिएजस्तो लाग्ने । खानामा कुनै स्वाद पाइएन । जवरजस्ति २/४ गाँस मात्र खाइन्थ्यो ।

    १९ गते एकाबिहानै पिसिआर जाँच गराउने निधो गरें ।जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदिलाइ फोन गरे । उहाले नआत्तिन आग्रह गर्दै समय मिलाएर स्वाव निकालौला भन्नुभयो । त्यो भन्दा पहिले सुचना अधिकारी पुस्कल श्रेष्ठलाइ कल गरेको थिए उहाले फोन उठाउनुभएको थिएन । विशाल सरसंग कुरा सकिएपछि पुस्कल दाइको कलब्याक आयो र मैले मेरा सबै लक्षण बताएं । मल्लरानिमा पारश शाहिसंग सम्पर्क गरि स्वाव दिन अनुरोध गर्नुभयो ।

    त्यसैदिन गौमुखि गाउपालिकामा पनि कन्ट्याक ट्रेसिङ गरि स्वाव पठाउने तयारि भइरहेको रहेछ । त्यसपछि मैले पारस शाहिलाइ फोन गरेर सबै लक्षण बताुनाए । उहाले सकभर आजै स्वाव संकलन हुन्छ भन्नुभयो । १/२ जनाको स्वाव संलन गरि पठाउनका लागि गारो रहेछ । एम्वुलेन्सहरू दिनदिनै बुटवल भैरहवा जाने भएपनि पिसिआर स्वाव लिएर जान मान्दा रहिन्छन । प्रहरी प्रशासनले पनि कर लगाउन र डण्डा लाउन सकेको रहिन्छन । स्थानीय तहलाइ कि गाडि रिजर्व गरि पठाउनुपर्ने, कित काम विशेषले जाने गाडिको ताक छोप्नुपर्ने रहेछ । गौमुखि गाउपालिकाको गाडि स्वाव लिएर बुटवल जान लागेकोले त्यहि मौका छोपेर मल्लरानिमा स्वाव संकलन गरिदै रहेछ । पारश शाहिले मेरो नाम पनि नोट गर्नुभयो । दिउँसो कल आयो भने आइहाल्नु भन्नु भयो । दिउँसो गई स्वाव दिएर घर फर्किए । यतिन्जेलसम्म मलाइ पहिलेको स्थिति २० को १९ भएकै थिएन ।

    ठुलावेशिमा स्वास्थ्यकर्मि केशव केसि पनि कोभिड ग्रसित हुनुहुन्थ्यो । उहालाइ पनि फोन गरि मेरा सबै लक्षण बताए तपाईं कस्तो हुन्थ्यो भनेर । उहाले नआत्तिनुहोला लक्षण सबै मेरा जस्तै मिल्ने रहेछन सकभर तपाइको पिसिआर पोजेटिभ आउँछ होला । नभन्दै ३ दिनपछि २२ गते बिहान पोजेटिभ रिपोर्ट आएको खवर पाए । मत ढुक्क जस्तै थिए पोजेटिभ हुन्छ भन्ने तर परिवारलाइ भन्दा साना छोराहरूसंग भेट हुनबाट म कसरी जोगिने भन्ने चिन्ता थपियो ।

    कान्तिपुरकर्मि गिरू भण्डारिसंग सल्लाह गरि नगरपालिका वा स्वास्थ्य कार्यालयले स्थापना गरेको आइसुलेसन केन्द्रमा बस्ने कि भन्ने मेयर अर्जुन कुमार कक्षपतिसंग परामर्श लिए । तर बिचार तपाइको हो हामी ब्यवस्थापन गर्छौ घरमै बसेजस्तो स्याहार सुसार नहुन सक्छ भन्नुभयो । मैले पनि सोचे बरू घरमै बस्ने परिवार नजिकै हुन्छन कमसेकम ताताेपानि माग्दा त आइहाल्ला नि भन्ने लाग्यो र गइन । अहिले यहि ठिक लागिराछ ।

    हुनत मैले स्वाव दिएपछि घरमा मैले देखाउने व्यवहार र शैली नियालिरहन्थे उनिहरू । किनकि डेरामा बस्नुपर्ने हुदा रूम एउटै, शौचालय एउटै, हिडडुल गर्ने ठाउँ समेत एउटै थियो । मैले स्विच अन अफ गर्दा कुहिनोको अनिवार्य प्रयोग र गोजिमा अनिवार्य सेनिटाइजर राख्थे तर बावुहरूलाइ सेनिटाइजर राखेको थाहा दिदैनथे । शौचालय जांदा पहिल्यै मुठ्ठिमा सेनिटाइजर राख्थे भने निस्कदा पनि त्यसै गर्थे । उनिहरू मैले कुहिनाले ढोका धकेल्दा र कुहिनाले नै लगाउदा घोरियर हेर्थे र हास्थे पनि । उनिहरूलाइ मसंग नछोइनु भन्न सक्दैनथे तर रूघाखोकि लाग्याछ मतिर नआउनु है भन्न मात्र सक्थे ।

    म रूमबाट खासै बाहिर निस्केको छैन । श्रीमती र छोराहरूसंग जतिसक्दो टाढै रहेको छु । मेरो लक्षण सहितको भएपनि उनिहरू ३ जनालाइ नै अहिलेसम्म कुनै लक्षण फेला परेको छैन । म आफै उनिहरूलाइ जोगिन र टाढा रहन गरेको कोसिस सफल भइरहेको छ । मलाइ अहिले खास समस्या अरू त केही छैन तर खोक्दा भने भित्रैबाट छाति दुख्छ । खानामा टेस्ट त पाउदिन तर जवरजस्त भने खाइरहेको छु । मैले मेरा छोराहरूलाइ कोरोना लागेको अझै बताएको छैन । मैले खोक्दा मास्क लगाएको हुन्छु त्यहिबेला कान्छो छोराले मास्क त बाटोमा हिन्दा पो लाउने हो घर बस्दापनि लाउने भनेर खिसि गर्छ ।

    कोभिड संक्रमणमा लक्षण मिलेको हप्ता दिन बित्न लाग्यो । खानामा कुनै स्वाद पाएको छैन । आत्मवल बलियो छ । परिवारलाइ अझै जोगाउन सकेकको छु । वावुहरू मसंग भेट नहोउन भने दिनैभर १/१ वटा कम्प्युटरमा कार्टुन हेर्न लगाएको छु । आत्मवल बलियो हुनेलाइ त यो रोग होइन समस्या हो । तर सानोमा न्युहोमोनिया, स्वासप्रस्वास र छातिको समस्या हुनेले निकै सजग र सतर्क हुनुपर्छ । सुर्ति, चुरोट खाने आदत भएका साथिहरू त झन जोगिनुहोला । किनकि श्वास फेर्न यति गारो हुन्छकि, तपाइलाइ परेपछि र भोगेपछि मात्र थाहा हुन्छ ।

    लेखक : नेपाल पत्रकार महासंघ प्युठान शाखाका उपाध्यक्ष हुनुहुन्छ।

    बुधबार, मङि्सर २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग
    अस्पताल बने, सेवा सुरु भएन

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ३.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ६.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश

    भर्खरै

    • १.
      बकर ईदले सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

    • २.
      खिलुङ कालिका मन्दिर जाने सडक स्तरोन्नति, यातायात सहज

    • ३.
      राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन

    • ४.
      लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

    • ५.
      अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

    • ६.
      भगवती शाहीको स्मृतिमा नागपर्वतमा स्तम्भ उद्घाटन

    • ७.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • ८.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation