मोबाइल हरायो ? प्यूठान प्रहरीलाई खबर गर्नुहोस, भेटिन्छ

कामना डेली, प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानले विभिन्न समयमा हराएको मोबाइल सेट फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
प्रहरीले कार्यालयमा परेको उजुरीको आधारमा विभिन्न मितिमा हराएको ६ थान मोबाईल फेला पारी शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो। प्यूठान प्रहरीले सरुमारानि – २ कि अस्मिता मैर्य, प्यूठान नगरपालिका – ३ बिजयनगरका महिमद रहिन, प्यूठान नपा – १० बस्ने प्रेम के.सी., स्वर्गद्वारी-७ बस्ने खेतुलाल बस्याल, जिल्ला सदरमुकाम खलगाँका राम कुमार श्रेष्ठ र प्यूठान नगरपालिका – २ बस्ने सुनिल आर्केको हराएका तथा चोरी भएका सेट बरामद गरि हस्तान्तरण गरेको प्यूठान प्रहरीले बताएको हो।

प्रहरीले यसअघि पनि विभिन्न अनुसन्धान मार्फत हराएका दर्जनौ मोबाईल सेट पत्ता लगाएर सम्वन्धित व्यक्तिलाई बुझाई सकेको जनाएको छ ।
आफ्ना हराएका तथा चोरी भएको मोबाइल सेट फेला परेपछि खुशीभएका सेट धनिहरुले प्रहरीलाई धन्यवाद दिएका थिए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.