• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीको उनाएचौरमा १३२ केभिएको सव स्टेशन निर्माण कार्य सुरु


  •   बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा केन्द्रीय बिद्युत प्रसारण लाइन विस्तार गर्न सव स्टेशन निर्माण कार्य सुरु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर ७ को उनाएचौरमा बन्न लागेको १३२ केभिए लाइनको लागि सव स्टेशनको निर्माण कार्य सुरु भएको हो ।
    सव स्टेशनको रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले शिलान्यास गरेका थिए । पहाडी क्षेत्रमा बितरण गरिएको बिद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उदेश्यले सव स्टेशन निर्माण कार्य थालिएको छ । नेपाल बिद्युत प्राधिकरणको ४५ करोड लागतमा बिद्युत सव स्टेशन निर्माण सुरु भएको हो । सव स्टेशनको डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरि सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको छ । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सब(स्टेशन निर्माण हुने भएको हो ।कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनाएचौर र मुसिकोट नगरपालिकाको पौदी अमराई भएर बाग्लुङको बुर्तिबाङ सम्म पुग्नेछ । प्रसारण लाइन गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव स्टेशन निर्माण थालिएको हो ।सव स्टेशनले बिद्युतिय ओभर लोडलाई क मगर्न मद्दत गर्ने काम गर्नेछ । सव स्टेशनको शिलान्यास गर्दै नगरप्रमुख भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरे । उनले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रबृतिका कारणले धैरै बिकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताए । शिलान्यास कार्यक्रममा नेकपा गुल्मीका सचिवालय सदस्य कृष्ण सुनार, नेपाली काँग्रेस जिल्ला सचिव खिलध्वज पन्थी लगायतले जिल्लामा सव स्टेशन बन्नु सुखद पक्ष रहेको बताए। उनिहरुले समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
    जसरी विद्युत सव स्टेशनको शिलन्यास भएको छ त्यसरी नै समयमै सम्पन्न भएमा गुल्मीले जनताको बत्तीजाने आउने समस्याबाट मुक्त हुने बताए । जिल्लामा १ सय ३२ केबीको विद्युत सव स्टेशनको काम अबको एक डेढ बर्ष भित्र सम्पन्न हुने नेपाल विद्युत प्रधिकरणका इन्जीनियर सुर्य पाण्डेले बताए ।सव स्टेशनका अन्य स्थानका कपिलवस्तुको मोतिपुर, अर्घाखाँचीको गोरुसिंहे, गुल्मीको पौँदीअमराई स्थानका सव स्टेशनको निर्माको काम धेरै अगाडी वढि सकेको छ । तर जिल्लाको उनाएचौरमा बन्न लागेको भने केहि ढिलो गरि सुरुवात भएको छ ।गुल्मीमा छिनछिनमा बत्तीजाने समस्याबाट आजित भएको गुल्मेलीहरुमा विद्युत सव स्टेशनको काम सुरु भएसँगै उक्त समस्याको हल हुने स्थानीयको आशा गरेका छन् । हाल बुटवलको योगीकुटिमा रहेका १३२ केभिएको सव स्टेशनबाट ३३ केभिए बिद्युत जिल्लामा आउने गरेको छ ।त्यसले गर्दा बिद्युत खपत हुने समयमा बेला बेलामा बिद्युत छिनछिनमा जाने आउने गर्दछ। त्यसले गर्दा यहाँका उपभोक्ताहरुले सास्ती खेप्दै आएका छन् ।
    सव स्टेशनबाट जिल्ला र छिमेकी जिल्लाहरुमा बिद्युत पहुँच बढ्ने छ । निकट भबिश्यमा उत्तरगंगामा निकालिने बिद्युतलाई यसै स्टेशनमा कापिलवस्तुको औधोगिक क्षेत्रमा बिद्युततिय क्षमतालाई बढाउने उदेश्य पनि रहेको छ । छिनछिनमा बिद्युत आउने जानेसमस्यामा रहेका जिल्ला वासीहरुको समस्या समाधान पनि हुनेछ ।
    यसले गर्दा यसक्षेत्रमा उद्योग व्यवसायहरुलाई राहत मिल्नेछ । बिद्युत सव स्टेशन बन्न लागेको स्थान उनाएचौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणमा प्राबिधिक समस्या देखिए पछि बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय भने यस क्षेत्रमा धेरै बिकासका आयोजनाहरु आउदा खुसी भएका छन् ।

    Advertisement

    बुधबार, भदौ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...