तिलोत्तमा । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा नं.८ स्थित ४ नम्बर का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।स्वास्थ्यमा समस्या आएपछि यही भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना विशेष अस्पतालको आईसीयू खाली नहुँदा उनलाई फिवर क्लिनिकमा अक्सिजन लगाएर एक दिन राखिएको थियो । तर, उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
मृतकको परिवारको पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरिएको पनि डा. गौतमले बताए । स्वास्थ्य निर्देशनालयले निकालेको बिज्ञप्तिमा मृतकको ठेगाना तिलोत्तमा ४ लेखेको भएपनि उनि तिलोत्तमा ८ स्थित ४ नम्बरका हुन् ।