• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, फागुन १२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

लोकप्रिय समाचार

  • १. एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

  • २. भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

  • ३. झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

  • ४. राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

  • ५. बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

  • ६. रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको बचत फिर्ता गर्ने प्रतिबद्धता

  • ७. ‘नेकपा (माओवादी) ठगेर खाने पार्टी होइन’ : महासचिव विप्लव

  • ८. कांग्रेसको प्रतिज्ञापत्र: राजधानीमा विद्युतीय बस, काठमाडौँ-पोखरा विद्युतीय रेल

  • ९. निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

  • १०. विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

कथा : ‘निरीह आँखा’


  •   बुधबार, साउन २८, २०७७ मा प्रकाशित
  • रातको समय। निस्प्ट्ट अध्यारोलाइ कुहिरोले ढप्पक छोपेको छ। नजिकै रहेको जङ्गलको क्यारक्यार कुरकुर आवाजले बिरबहादुरलाई निन्द्रा पर्दैन। उ आफुले आफैलाइ धिक्कार्दै ननिदाइ घोरिइ रहेको छ।”

    Advertisement

    ‘जाबो एउटि आईमाई र एउटा छोरोपनी राम्रोसंग पाल्न नसक्नी थुक्क मेरो जिन्दगी’।

    “कृष्ण बाजेसंग पोहोरको दशै मान्न लिएको साहुको ॠणको ब्याज धान उ अझैसम्म भर्दै छ। जाबो ३ रोपनी खेत छ। कमाइ ६ मुरि हुन्छ। ऋणको ब्याज तिर्दातिर्दै ४ मुरि त त्यसै गैहाल्छ। जाबो २ मुरिले कसरी जीवन धान्ने ?’जे भयपनी अहिलेसम्म कृष्ण बाले मेरो जीवन धान्देका छन।सोच्दा सोच्दै बिरे निदाउछ। अरु बिउझनी बेला भैसक्यो। तर, उ भरखर सुत्ने तर्खर गर्दै छ। बिहान सबेरै बाहिरबाट आयको कल्याङ्बल्याङ आवाजले उ उठ्छ। के भयो लौन भन्दै दौडेर उ भिड भएको ठाउमा पुग्छ। त्यहा पुग्दा नपुग्दै च्याण्टे ले भन्छ ” खोल्छामा कृष्ण बाको शब रहेछ,पधेर्नीहरुले देखेछन” उ भयभीत हुन्छ। लौ बर्बाद भो। मजदुर नै भयपनी उ कृष्ण बाको बिस्वासिलो पात्र थियो। साहुबाले उस्लाइ माया गर्थे। सय रुपैयाँको पाचपाथी धान ब्याज लिए पनि आखिर ऋण त पाइन्थ्यो। उस्को आशाको खम्बा ढलेको देखेर उ मुर्छित हुन्छ। सानुबाबु(साहुका छोरा) हरु अमेरिका तिर हुन्छन। ३ दिनपछि आयर उनिहरु किर्य बस्छन। १२ दिनको काम सकायर सरासर सानुबाबु बिरेको घरमा आउछन।उ आश्चर्यमा पर्छ।”सरकार कति कामले यहाँ सम्म आउने कष्ट गर्नु भयो होला”।”त नजान्या जस्तो नगर बिरे।”भन किन मारिस हाम्रो बुवाहजुरलाइ। बिरे आश्चर्यमा पर्छ “राम राम,होइन हजुर कहाँ मैले मार्नु सरकारलाइ। यो तपाइको भ्रम हो।”यत्तिकैमा भिड जम्मा भैसकेको हुन्छ।”तैलै मारेको हो, सबैभन्दा बढी ऋण गर्ने तै थिस। मारेपछी ॠण तिर्नु पर्दैन भनेर तैलै मार्या हो।”

    बिरेको मुटुले ठाउँ छोड्छ।”वहाँ त मेरो भगवान हुनुन्थ्यो।

    मेरो परिवारको बिहानबेलुका मुखा माड जोड्दिने देउतालाइ म कसरी मार्न सक्छुहोला। तपाइलाइ भ्रम पर्या हुनुपर्छ हजुर। म माथी पाप नसोच्नुस।” यतिबेला सम्म सारा गाउँ जम्मा भैसकेको हुन्छ। भिडले अवस्था असामान्य होला जस्तो देखेपछी।सानुबाबु त्यहा बाट हिड्छन। बिरेको दुखमाथी अर्को दुख थपिन्छ। आफुले गर्दै नगरेको अपराध उस माथी थोपरिदा उस्लाइ सारा संसारले थिचेको महसुस हुन्छ। सोच्दै नसोचेको तनाबले जिन्दगीमा प्रबेस गरेपछी उ भित्रै देखि टुट्छ। उ सोच्छ अब सानुबाबुले गाउमा बस्न दिदैनन कहाँ जाने? कसरी जिन्दगिको बोझलाइ बोक्ने? यस्तो दमित मनसायले उ जिन्दगीदेखि निराश हुन्छ। छोरो र स्वास्नी बाहिरतिरै हुन्छन। उ सुतेरैओछ्यान भन्दा ठिक माथिको दलिनलाइ नियाल्छ। अनि कुना पट्टि थोत्रा,धुवाँले कालो भयका लुगा झुण्डायको डोरि पनि हेर्छ। एकैछिन घोप्टो परेर सोच्छ अनि जुरुक्क उठेर लुगा निकालेर डोरि झिक्छ र दलिनको कापोमा डोरिलाइ बाधेर आफ्नो टाउको छिर्न सक्ने गोलो पार्छ। उ सोच्छ’ यो डोरि जस्तै नालमा झुण्डियर जन्मियपछी मेरो ढुकढुकिले कयौ समस्याको सन्दर्भ प्रति सचेत गरायो,के यो संसार मेरो वरिपरि फैलियको जत्रो मात्रै छत? जे होस हाम्रो जिन्दगी त अतितको जगमा खडा भयको हुन्छ। तर मेरो जग त बलियो छ।म निर्दोस छु। ढलिहाल्ने सम्मको कमजोर अतीत मेरो छैन। खादै नखायको बिस कसरि लाग्न सक्छ?’ उ यति सोचेर दुबै हातले डोरि टाउकोको टुप्पोसम्म पुर्याउछ। उस्को जिउमा चेतना र इन्द्र्यको तालमेल हुदैन।

    उस्को शरीर कम्पित हुन्छ। उस्को खुट्टा थरर काम्छ।

    डोरि घाटिमा नपुर्याउदै झ्वाट्ट निकाल्छ। र थरथर कापिरहेको शरिरलाइ ओछ्यानमा अड्यायर उ फेरि सोच्न थाल्छ” संसारमा सबैभन्दा कठिन कुरा त मृत्यु हो। र सबैको अन्तिम लक्ष्यपनि ।जीवन र मरणको बिचबाट मैले बिकल्प खोज्नुपर्छ। म किन आफैलाइ अकाल मा मारौ।यदि मैले आफैलाइ मारे भने त मेरो आत्मलाई सारा गाउले धिक्कार्छ। कृष्ण बाजेलाइ मैलै मारेको हो भन्ने असत्यको जित हुन्छ। म सत्य हु। म सत्यलाइ मार्न दिन्न।” सोच्दै थियो ढोका ढकढक हुन्छ। बुढी रहिछे। “घैटामा चामल सकियको रहेछ,थैलिमा पनि एकसुका पैसा छैन। छोरोले भोकलाग्यो भनेर मार्न लागिसक्यो”। यति भनेर उ फनक्क फर्किन्छे। बिरेको बलियो भैसकेको आत्मबिस्वासलाई परिवारको जिम्मेवारिले थिच्दा फेरि धर्मराउन खोज्छ । उ मनमनै सोच्छ”अब कहाँ गयर को सङ्ग पैसा माग्ने?”यता बिरेकी बुढी अगेना आगो सल्काइरहेकी हुन्छे। छोरो भन्छ” आमा भोक लाग्यो” ” एकैछिन पख तेरो बाउ चामल लिन गयका छन। अनि पकायर खाउला” छोरो भोकले रुन थाल्छ। यति भनेर उ तातोपानी बसालेर उस्लाइ फकाउन थाल्छे। तातोपानी खुवायपछी एकैछिन उ शान्त हुन्छ। जसोतसो गरेर बिरेले पनि २/३ दिनलाइ पुग्ने रासन लियर आउँछ। बुढिले भन्छे “यो त २/३ दिनलाइ पुग्छ होला।” बिरे निराश भयर भन्छ”यति पनि बल्लबल्ल रोइकराइ गरेर राम दाइ सङ्ग ल्याको। २/३ दिनलाइ त पुग्ला। अनि केही उपाय लाग्ला नि।”

    उता छोरो “आमा छिटो पकाउनु न” भनिरा छ। बिरेकी बुढिले तिउन पकायर भर्सेली मा राख्छे। भात बसालेर उ बिडि खान थाल्छे।

    ४ बर्षको फुच्छे छोरो बिहानदेखी केही खान दिन पाको छैन” बुढिले भन्छे। बिरे टोलायर केही नबोली बस्छ। उस्का आँखा कुनै निर्जिब गुडियाको जस्तो भाबसुन्य छन। सायद दिउसको तनाबले उस्को चेतनालाइ एकोहोर्याइदियको हुनुपर्छ।भात पाक्यो। छोरो हत्तनपत्त हात धोयर खानाखान बस्छ। खाना पस्किदै गर्दा, घर्याक्क ढोका खुल्छ। दुइजना बन्दुकधारी सरासर भित्र छिर्छन। बिरे र बुढिचाही आतिन्छन। “को हौ तिमरु”? यो त माओबादी काल पनि होइन। अचानक अपरिचित बन्दुकधारी देखेर बिरे को हङ्सले ठाउँ छोड्छ।” त जान्नी भको, खुब नियमकानुनका कुरा गर्दो रेछस। पुलिस चौकि गयर ठुलै काम गरिस।” एकजना बन्दुकधारिले भन्छ। बिरे चामल लिन बाहिर जादा’आफू निर्दोस भयको तर कृष्ण बाजेका छोराहरु ले बिना तथ्य आफुलाइ कृष्ण बाजेको हत्याको आरोप लगायकाले हत्याराको पहिचान छिटोभन्दा छिटो गर्न पुलिस चौकी गयर आग्रह गरेको हुन्छ।’पुलिस चौकिमा कृष्णबाजेको हत्याको उजुरी अहिलेसम्म परेको हुदैन। पुलिसहरु यो घटनाप्रती अनभिज्ञ हुन्छन।

    बिरेलाइ यो घटना रहस्यमयी लाग्छ।

    “आफुलाइ मेरो बाउ मारिस भन्दै घरमै झगडा गर्न आउने छोरो अहिलेसम्म प्रहरी चौकी आयको रहेनछ। के कृष्न बाका छोरालाइ यति पनि ज्ञान नभयको हो त? अमेरिका बसेर आयको मान्छे त अलि जान्नेसुन्ने नै हुनुपर्ने। मुर्खजस्तो मलाइ चाहिँ आरोप लगाउछ। हत्याको रिपोर्ट अहिलेसम्म देको रैन्छ।” सोच्दै बाहिर निक्लदै गर्दा ढोकामा एउटा सिपाहिले उस्को बगलिमा खुस्स १ हजारको नया नोट हाल्दिन्छ। उ अलमलिन्छ। पुलिसले गाउमा गयर यो कुरा गुपचुपमै राख्न,र उस्लाइ पनि साहुबाको छोराहरु बाट कुनै खत्रा नहुने भन्दै आस्वासन दिन्छ। घरमा खानेकुरा सकियको र छोरो सारै भोकाइरहेको सम्झेर बिरेको इमानले पनि निरीह भयर चुपलाग्ने आदेश दिन्छ। उस्ले हुन्छको मुन्टो हल्लायर घर तिर सरासर आउँछ।स्वास्नी चाहिँले छोरोलाइ खाटको मुनि लुकाउछे। यत्तिकैमा उता बन्दुकधारिहरुले बिरेको शिर र शरीर बलिदिनलाग्या बोकोको जस्तै गरि छुट्ट्याउनै लागेका हुन्छन नलाग्नी खुकुरी हुन्छ। छ्याक छ्याक आवाज आइरहेको हुन्छ रगतले घर तालमा परिणत भैसक्यो । स्वास्नी चाहिँ अताल्लियर ” नामर्द हो त्यो लासलाइ कति हान्छौ। कुकुर हो भन्दै खुर्पा उधायर हान्न जान्छे।” एउटाको हातमै लाग्छ पाखुरामा गहिरो चोट लाग्छ। उ घाइते हुन्छ। अर्को अलि पर भाग्छ र बन्दुकले त्यो निरिह आइमाइलाइ पछाडिबाट हान्छ। ‘ड्याङ्ग’ आवाज आउँछ।

    ” ल त पनि जा पोइ भठा” हलल्ल हास्दै एउटा बन्दुकधारिले भन्छ।

    अर्कोको हातबाट रगत आइरहेको हुन्छ । पट्टि बान्छन। बिभत्स,दारुण दृश्य हेरिरहेको सानो दर्शक बिरेको छोरो खाटमुनि नै हुन्छ। उस्को ठिक अगाडि भुइमा बाउआमा ढलेका छन । उता घाइते बन्दुकधारिले भन्छ “मलाइ भोकले ढुङ्गा खाउ जस्तो भैसक्यो यार,केहि खानेकुरा भय खोज्न” चुलो अगाडि थालमा पस्किनै लागेको तातो भात देखेर अर्को चाहि खुसी हुन्छ। ” ओइ यता आइज भात तिउन पकायर राख्या रैछ”। दुबैजना भक्काभक खान थाल्छन। कसौडिको भात सर्ल्यापसुर्लुप सकायर ती दुई हिड्छन। खाटमुनिबाट यो नाटकमन्चन हेर्दा हेर्दौ सङ्ग्याहिन झै भयको बिरेको छोरोको निरीह निर्दोष आँखा लोलाउछ्न उस्ला इन्द्रीयहरु बिकल्पहिन भयर आफैलाइ चेतनाबाट छुट्ट्याउछन। उ बेहोस हुन्छ।

    बुधबार, साउन २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक
    कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन
    कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा
    कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न
    डल्ले सराय नाच सकियो, सापडाँडाले जित्यो एक लाखको प्रथम पुरस्कार
    ‘स्वर्गद्वारी महाप्रभुका आशीर्वचन’ कृतिको विमोचन

    लोकप्रिय

    • १.
      एमालेको घोषणापत्र सार्वजनिक : स्थिरता, विकास र

    • २.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित

    • ३.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह

    • ६.
      रास्वपाको बाचापत्र सार्वजनिक : १०० दिनभित्र सहकारीको

    भर्खरै

    • १.
      दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय

    • २.
      सावित्रा भण्डारी घुँडाको उपचारका लागि समर्थकसँग सहयोग अपिल

    • ३.
      निर्वाचन र पत्रकार आचारसंहितामा ध्यान दिनुस् : महासंघका उपाध्यक्ष बागचन्द

    • ४.
      राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    • ५.
      विष्णु पौडेलले सार्वजनिक गरे २० बुँदे चुनावी प्रतिबद्धतापत्र

    • ६.
      बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

    • ७.
      झण्डा जलाउने तत्वलाई जनताले निर्वाचनमार्फत् अस्वीकार गर्नेछन्-महासचिव पाेखरेल

    • ८.
      भोटबाट माया पाए पाँच वर्ष सेवामा समर्पित हुन्छु : रवि लामिछाने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation