काठमाडौं। नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको उपन्यास ‘कामरेड जलजला’ सार्वजनिक भएको छ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपन्यासकी प्रमुख पात्र विद्या ढकाल (का. जलजला)की आमा ललिता ढकालले नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा शनिबार उपन्यास विमोचन गरेकी हुन्।उपन्यासमा सम्पूर्ण विश्व, धर्ती, मानव समाज र समाजको मनोविज्ञानको अध्ययन, विश्लेषण र विवेचना गर्ने प्रयत्न गरिएको छ। साहित्यकार सिंह वामपन्थी नेता हुन्। उनका कैयौँ कृति प्रकाशित छन्। सिंहले ‘कामरेड जलजला’ (उपन्यास) तयार पार्न करिब २३ वर्ष लागेको जानकारी दिए।
१ हजार ३२० पृष्ठको उपन्यासमा करिब ५०० पात्र छन्। पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अंकमा विभाजित छ। उपन्यासको मूल्य ३ हजार रुपैयाँ तोकिएको छ।
Advertisement