• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, फागुन ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ४. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ५. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • ६. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ७. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ८. प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

  • ९. गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

  • १०. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ हुने त होइन ? : मन्त्री ज्ञवाली


  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य तथा परराष्टमन्त्री प्रदीप ज्ञवालीले शीर्ष नेतृत्वलाई बिबेकपुर्ण निर्णय लिन आग्रह गरेका छन् ।

    Advertisement

    मन्त्री ज्ञवालीले पार्टी एकता र समृद्धिको यात्रा‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’भने झैँ हुने त होइन ? भन्ने प्रश्न उब्जिएको बताउँदै मन्त्री  देश र जनताको मुहार हेरेर निर्णय लिन आग्रह गरेका छन् । आन्दोलनमा रहेका साथीहरुको शरिरमा अझै गोली रहेको तर पार्टी एकता दुई दिनको जुनेली फेरी उही उध्याँरो रात नबनाउन आग्रह गरेका छन् । उनले शनिबार विहान सामाजिक संजालमा आफ्नो भनाइ सार्वजनिक गर्दै पार्टीभित्रको विवादबारे आशावादी भए पनि ढुक्क हुने स्थिति नरहेको  बताएका छन ।
    यस्तो छ मन्त्री ज्ञवालीको सार्वजनिक अपिल

    विगत केही समय यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादका कारण देशैभरिका नेता–कार्यकर्ता, पार्टी सदस्य र समर्थक–शुभचिन्तकहरु अत्यन्त चिन्तित हुनुहुन्छ ।

    विभाजन र विखण्डनको क्रमलाई भङ्ग गर्दै दुई मुख्य कम्युनिष्ट पार्टीहरुको एकीकरण पश्चात् निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), इतिहासमै पहिलोपल्ट हासिल भएको ाजनीतिक स्थायित्व एवं भर्खर सुरु भएको समृद्धिको यात्रा कतै ‘दुई दिनको जुनेली, फेरि उही अँध्यारो रात’ भने झैँे हुने त होइन ?

    यस प्रश्नले सिङ्गो देशलाई पिरोलिरहेको छ । हामी आशावादी त छौँ, तर ढुक्क हुन सकेका छैनौँ ।

    नेता कमरेडहरु !
    धुरीखाँबो भाँचियो भने घरै भत्किन्छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज नेपालमा क्रियाशील विभिन्न पार्टीहरुको बीचमा एक थान पार्टी मात्रै होइन । यो त देशको मुख्य लोकतान्त्रिक शक्ति हो । संविधानको मुख्य रक्षक हो । यससँग कम्युनिष्ट पार्टीका नेता कार्यकर्र्ताहरुको मात्रै होइन, लोकतान्त्रिक गणतन्त्र, प्रगतिशील संविधान, सामाजिक न्याय र समावेशी प्रणाली सहितको संघीयताकै भविष्य पनि जोडिएको छ । अग्रमोर्चा कमजोर हुँदा आन्दोलन पराजित हुन्छ, तसर्थ यस पार्टीसँग मुलुकको देशभक्तिपूर्ण आन्दोलन र राष्ट्रियता समेत अविभाज्य ढङ्गले आवद्ध छ । कुनै पनि निर्णय गर्नु अघि कमरेडहरुलाई यस यथार्थलाई मनन गरिदिनु हुन आग्रह गर्दछु ।

    नेता कमरेडहरु !
    ३१ महिना अगाडि हामी जनतासमक्ष पुगेका थियौँ, मुख्यतः दुईवटा प्रतिवद्धता लिएर । हामीले भनेका थियौँ, हामीलाई मत दिनुहोस्, हामी मुलुकमा राजनीतिक स्थायित्व कायम गर्छौ । हामीलाई मत दिनुहोस्, हामी मुलुकलाई समृद्धि दिन्छौँ । ‘सुखी नेपाली र समृद्ध नेपाल’ को हाम्रो आह्वानमाथि भर परेर, विश्वास गरेर, जनताले हामीलाई अपार मत दिनुभयो । सामान्य बहुमत होइन, सुविधाजनक बहुमत मात्रै पनि होइन, झण्डै दुई तिहाई मत दिनुभयो । सम्झौँ ती मतदाताहरुलाई, जसले उज्यालो नहुँदै मतदान केन्द्रमा पङ्क्तिवद्ध भएर, पालो कुरेर मत खसाउनु भयो । सम्झौँ ती मतदाताहरुलाई, जसले खाली खुट्टा शीत टेक्दै आएर मत खसाउनु भयो । सम्झौँ ती मतदाताहरुलाई, जसले विमारी भएको अवस्थामा स्ट्रेचरमा बोकिएर, आशौच बसेको अवस्थामा आफन्तको मृत्यु वियोग बिर्सेर, वृद्धावस्थामा लौरो टेकेर, सुत्केरी अवस्थामा अत्यन्त ठूलो जोखिम व्यहोर्दै हामीलाई विश्वास सुम्पिनुभयो । हाम्रो पक्षमा खसेका मतहरु कागजका टुक्राहरुमात्रै थिएनन्, हामीलाई जनताले दिएको विश्वासका तमसुक थिए, आफ्नो भविष्य सुरक्षित हुने ठानेर गरिएका भरपाइ थिए ।

    कुनै पनि निर्णय गर्नु पूर्व एक पटक ती मतदाताहरुको आँखामा छचल्किएको उज्यालो सपना र कथम् कदाचित् कुनै अप्रिय दुर्घटना भयो हुने त्यसका कारण ती सपनाहरु भङ्ग हुँदा भरिने निराशा र विषादका आँशुहरु सम्झिनुहोस् ।

    नेता कमरेडहरु !

    हाम्रो यात्रा त भर्खर सुरु भएको छ । राजनीतिक परिवर्तन पो हामीले सम्पन्न गरेका छौँ, त्यो पनि अझै अधुरो– अधुरो र कमजोर छ। यी उपलव्धीको जगमा उभिएर जनतालाई सामाजिक न्याय सुनिश्चित गर्न बाँकी नै छ । समृद्धिको जग मात्रै बसालिएको छ, भवन खडा गर्न बाँकी नै छ । समाजवादतिरको यात्रा त भर्खर सुरु मात्रै भएको छ, त्यो पनि निकै धिमा गतिमा । यो परिवर्तनका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिदहरुका परिवारलाई उचित सम्मान र न्याय दिन बाँकी छ। परिवर्तनका लागि भएको आन्दोलन र क्रान्तिका घाइते योद्धाहरुको शरीरबाट गोली र छर्रा निकाल्नै बाँकी छ, बल्झिइरहने घाउ निको पार्न बाँकी नै छ । वेपत्ता व्यक्तिकी आमाको आँखामा हर साँझ पर्खिबस्ने अनुत्तरित प्रश्नहरुलाई संवोधन गर्न बाँकी नै छ। आन्दोलनमा अभिभावक गुमाएका बालबालिकाहरुको अन्यौलग्रस्त भविष्यलाई सुनिश्चित गर्न बाँकी नै छ । अब त देशमै रोजगारी पाइन्छ कि, अब त प्रवासिन पर्दैन कि भनेर देश फर्कने दिन गनेर बसेका लाखौँ लाख प्रवासीहरुको मनमा विश्वास भरिदिन बाँकी नै छ ।

    नेताहरु भन्नुस् त– यी सबै कामहरु अधुरै छाडेर, मानौँ गन्तव्यमै पुगिसकियो, अब कुनै जोखिम छैन भनेर, कहिले पदका विवादमा त कहिले वरियताको किचलोमा, कहिले सोफा र कुर्चीको आकारमा त कहिले आसनको सेटिङको विवादमा अल्झिन हामीलाई छुट छ र ?

    कुनै पनि निर्णय गर्नु पूर्व, एकचोटी झ्यालको पर्दा खोलेर बाहिर सडकमा दुःखको भारी बोकेर हिँडिरहेका नागरिकहरुलाई हेरेर , यी प्रश्नहरुमा गहिरो गरी घोत्लिनु हुन अनुरोध गर्दछु ।

    नेता कमरेडहरु !

    मुलुकमाथि वहुआयामिक सङ्कटहरु थपिँदै छन् । विश्वव्यापी रुपमै मडराइरहेको दक्षिणपन्थी आँधीहुरीले हाम्रो समाजवादी आन्दोलन र भविष्यमाथि चुनौती खडा गरिरहेको छ । हामीले नयाँ उचाइबाट राष्ट्रियताको आन्दोलन अगाडि बढाएका छौँ, यससँगै यसलाई कमजोर गर्ने, मुलुकमा पुनः अस्थिरता सिर्जना गर्ने, पानी धमिल्याएर माछा मार्ने प्रवृत्ति अझ बढी आक्रामक र हस्तक्षेपकारी हुने निश्चित छ । विभिन्न कारणले बढेको जनताका अपेक्षा र हाम्रो कार्यसम्पादनबीचको दूरीले सिर्जना गरेको असन्तुष्टिलाई संवोधन गर्न सकिएन भने त्यसले थपिदिने सङ्कट पनि हाम्रा सामु छ । हाम्रो युगकै सबैभन्दा गंभीर स्वास्थ्य चुनौती र आर्थिक धक्का बोकेर आएको कोरोना महामारीले निम्त्याउने वहुआयामिक सङ्कटको सामनाको तयारी गर्नु बाँकी नै छ । आँखै अगाडिका यी चुनौतीलाई नदेखे झँै आँखा चिम्लेर या केही होइन झैँ गरेर विषयान्तर गर्ने सुविधा हामीलाई छैन । कुनै पनि निर्णय गर्नु अगाडि सम्मुख मडारिरहेको सङ्कटलाई गंभीरतापूर्वक नियाल्नु र विचार गर्नु हुन अनुरोध गर्दछु ।

    नेता कमरेडहरु !

    आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सामना गरिरहेको समस्या वैचारिक–राजनीतिक समस्या होइन, व्यवस्थापनको समस्या हो, त्यो पनि शीर्ष नेतृत्वको । पार्टीका सामु वैचारिक राजनीतिक समस्या छैनन् भन्ने होइन, तर नेतृत्वबीच उत्पन्न असमझदारीले हामीलाई त्यसबारे केन्द्रित हुन या त्यसमा प्रवेश गर्ने मौका पनि दिइरहेको छैन । हाम्रा बैठकहरु मुलुकका जल्दाबल्दा समस्याबाट बेखबर, बेपर्वाह या निरपेक्ष रहँदा जनताको खबरदारीको औँला हामीतिर सोझिने स्थिति बनिरहेको छ । अघिल्लो पुस्ताका नेताहरुप्रति उच्च सम्मान छ । तपाइँहरुले अगुवाइ गर्नुभएको योगदानको जगमै आजका उपलव्धीहरु उभिएका छन् । पार्टी र राज्यका उच्च ओहदामा तपाइँहरुको अवस्थितिप्रति सहमति छ । तर आफ्ना असमझदारीहरुको व्यवस्थापन गर्न नसकेर एकीकृत पार्टी विभाजनको दिशातिर गयो भने, राज्यको नेतृत्व गर्ने यो दुर्लभ अवसर हाम्रो हातबाट गुम्न पुग्यो भने हामीले इतिहासको कठघरामा उभिएर निकै निर्मम प्रश्नहरुको सामना गर्न र निर्मम फैसला स्वीकार गर्न वाध्य हुनु पर्ने छ ।

    यसो भयो भने इतिहासले तपार्इँहरुका सामु एउटा नैतिक प्रश्न खडा गर्नेछ, कतै हिँजोको तपार्इँहरुको बलिदान निश्चित स्वार्थ प्राप्तिका लागि मात्रै त थिएन ?

    कुनै पनि निर्णयमा पुग्नु पूर्व कमरेडहरुले एकचोटी आफू उभिएको धरातल, आन्दोलन र राष्ट्रको भविष्य र कमरेडहरुलाई विश्वास गरेर आफ्नो जिन्दगी होम्न तयार कार्यकर्ताको आँखासँग आँखा जुझाउनु हुन अनुरोध छ ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण
    प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा
    संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड
    कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो
    प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै
    आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ४.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता

    • ५.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल

    • ६.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    भर्खरै

    • १.
      एमालेले जारी गर्यो अध्यक्ष ओलीलाई मत दिनै पर्ने ३० कारण

    • २.
      प्रचण्ड शान्तिको यात्रा तय गर्ने ऐतिहासिक बैठक स्थल चुनबाङमा

    • ३.
      संघर्ष जारी छ, अब युद्ध उत्पादनका लागि हुन्छ : प्रचण्ड

    • ४.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • ५.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ६.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ७.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ८.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation