• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

ट्राफिक कार्यालय नवलपरासीको राजश्व संकलनमा ५० लाखले कमि ।


  •   शनिबार, असार २७, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । विश्वव्यापी कोरोना महामारीसङ्गै लकडाउनका कारण पश्चिम नवलपरासी जिल्लाको ट्राफिक प्रहरी कार्यालयमा यो वर्ष राजश्व संकलनमा ५० लाख रुपैयाँले कमि आएको छ ।

    Advertisement

    चालु आर्थिक वर्षको असार २७ गतेसम्मको तथ्यांक अनुसार जिल्लामा ८९ लाख ६९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । जुन गत वर्ष भन्दा ५० लाख ४६ हजार ५ सय रुपैयाँले कमि हो ।गत आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ४० लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । बन्दाबन्दीका कारण यातायात ठप्प भएको र सवारी चेकजाँचको क्रममा मादक पदार्थ सेवन गरि चलाइएका सवारी चालक लाई बाहेक अन्य सवारीसाधनलाई जरिवाना नकाटिएको कारण राजश्व संकलनमा कमी आएको पश्चिम नवलपरासी जिल्लाका ट्राफिक प्रमुख प्रहरी निरीक्षक दिपेश बस्यालले जानकारी गराए । बन्दाबन्दीको साढे ३ महिनाको अवधिमा ९ लाख ३४ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको उनले बताए । गत आर्थिक वर्षको चैत्र महिना देखी असार महिनासम्म ४२ लाख ६१ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो । जुन गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष अबधिको राजश्व संकलनमा मात्रै ३३ लाख २७ हजार रुपैयाँले कमि आएको छ ।
    अघिल्लो वर्षको तुलनामा राजश्व सकलनमा कमि आएपनी लकडाउनको अवधिमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या भने वृद्धि छ । लकडाउन अबधिमा मात्रै जिल्लामा ४० वटा सानाठूला सवारी साधन दुर्घटनामा परि १६ पुरुष र ३ महिला गरि १९ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या पुरुषको ४३ र महिलाको ३ गरि जम्मा ४६ छ । गत आर्थिक वर्षको सोहि अबधिमा ४१ वटा सानाठूला सवारी दुर्घटनामा ९ जना पुरुष, ५ महिला, १ बालक र २ बालिका गरि जम्मा १७ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए भने घाइतेको सङ्ख्या पुरुष १८ र महिला ६ गरि जम्मा २४ थियो । लकडाउनका कारण राजमार्गमा सवारीसाधनको चाप कम भएको मौका छोपी सवारी चालकले तीब्र गतिमा सवारीसाधन चलाएको कारणले दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी प्रमुख बस्यालले बताए ।
    त्यस्तै जिल्लामा चालु आर्थिक वर्षको यो अबधिसम्म २ सय २४ सानाठूला सवारी दुर्घटनामा परि ४२ पुरुष, ७ महिला गरि ४९ जनाले ज्यान गुमाएका छन् भने १ सय ७९ पुरुष, ३३ महिला, ८ बालक र ३ बालिका गरि कुल २ सय २३ जना घाइते भएका छन् । गत आर्थिक वर्षमा ५४ पुरुष, ७ महिला, १ बालक र ४ बालिका गरि कुल ६६ जनाले सवारी दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

    शनिबार, असार २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation