• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन ०६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै सूचना दिइने

  • ३. कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

  • ४. भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

  • ५. विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

  • ६. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ७. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ८. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ९. लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, दैलेख अदालतमा पुराना मुद्दा शून्य

  • १०. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

सुनवल नगरपालिकाको कोरोना खर्च १ करोड १३ लाख


  •   शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को रोकथाम र नियन्त्रणका लागी अहिलेसम्म १ करोड १३ लाख ६८ हजार ५ सय १४ रुपैयाँ खर्च गरेको छ ।

    Advertisement

    शुक्रबार बसेको नगरपालिकाको स्थानीय विपद व्यवस्थापन समितिको २१ औं बैठक मार्फत कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागी अहिलेसम्म उक्त रकम खर्च भएको नगरपालिकाका प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले सार्वजनिक गरे । श्रेष्ठका अनुसार खर्च मध्ये सबैभन्दा बढी नगरपालिकाले २ चरणमा वितरण गरेको राहत सामाग्री खरिदमा देखिएको छ । जसका लागी ७४ लाख ३० हजार ४ सय ८९ रुपैयाँ खर्च भएको छ भने त्यसको ढुवानी, भण्डारण, प्याकिङ एवं वितरणका लागी १ लाख ८० हजार ६ सय ६० रुपैयाँ खर्च भएको छ । स्वास्थ सामाग्री, उपकरण तथा औषधि खरिदका लागी नगरपालिकाले १२ लाख ५८ हजार ८ सय ९१ रुपैयाँ खर्चिएको छ भने अलपत्र नागरिक व्यवस्थापनमा ४ लाख १८ हजार ४० रुपैयाँ खर्च गरेको छ । यस्तै क्वारेन्टाईन र आइसोलेसन व्यवस्थापनका लागी १४ लाख ९५ हजार ९ सय ६८ रुपैयाँ खर्च भएको छ । त्यसैगरी भि.टि.एम खरिदका लागी २ लाख ६८ हजार ३ सय ७५ रुपैयाँ खर्च भएको छ भने स्वाब परिक्षणका लागी सवारी भाडामा ४४ हजार ५ सय ५५ रुपैयाँ खर्च भएको छ । साथै सुरक्षाकर्मी व्यवस्थापनसंगै अन्य विविध शिर्षकमा २ लाख ७१ हजार ५ सय ४० रुपैयाँ खर्च भएको श्रेष्ठले जानकारी दिए ।

    यता नगरपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागी स्थापना गरेको दैवी प्रकोप उद्धार विषेश कोषमा अहिलेसम्म १ करोड ४९ लाख ७३ हजार १ सय २० रुपैयाँ जम्मा भएको समेत श्रेष्ठले जानकारी दिए । सो कोषमा नगरपालिकाको ८० लाख रुपैयाँ, प्रदेश ५ सरकारबाट १५ लाख रुपैयाँ र सुनवल नगरपालिकाका पदाधिकारी, कर्मचारी, विभिन्न व्यक्ति तथा सस्थाबाट प्राप्त नगद एवं वस्तुगत सहयोग मार्फत ५४ लाख ७३ हजार १ सय २० रुपैयाँ जम्मा भएको हो । शुक्रवार बसेको बैठकमा विपद व्यवस्थापन समितीका अध्यक्ष तथा सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापा क्षेत्रीले क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको आफुहरुले तत्कालै स्वाव सङ्कल गरि परिक्षण सेन्टरमा पठाउने गरेको भएतापनि तिनको रिपोर्ट आउन ढिलाईका कारण क्वारेन्टाइन र आइसोलेसन सेन्टरमा बसेकाको व्यवस्थापनमा समस्या हुने गरेको वताए । त्यस्तै देशमा लकडाउन भएको १ सय १० दिन पुगिसक्दा कोरोना भाइरसको र रोकथाम र नियन्त्रणका लागी नगरपालिकाको खर्चमा ५ सय थान भि.टि.एम खरिद गरि धेरै भन्दा धेरैको कोरोना परिक्षण गर्न सफल भएको बताउदै लकडाउन अबधिमा नगरभित्रका ३७ सय घरधुरीलाई देशकै नमुना राहत वितरणको रुपमा गुणस्तरीय राहत सामाग्री वितरण गरेको समेत उनले ठोकुवा गरे ।
    यस्तै नगर विपद व्यवस्थापन बैठकमा सहभागि भएका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक सागरमणी पाठकले कोरोना भाइरस पोजेटिभ देखिएर क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरमा १४ दिन सम्म बसेका व्यक्तिहरुलाई कुनैपनी किसिमको लक्षण र स्वास्थ्य समस्या नदेखिएमा केन्द्रिय सरकारले गरेको गाइड लाइन अनुसार डिस्चार्ज गर्न सकिने र नगरपालिकाले पनि सरकारको गाइडलाइनलाई पालना गर्न निर्देशन दिए ।
    सुनवल नगरपालिकाकामा RDT परिक्षण मार्फत १ सय ३७ जना र PCR परिक्षण मार्फत ५ सय ९५ जनाको कोरोना भाइरस परिक्षण गरिएको मध्ये अहिले सम्म ३५ जना पुरुष र ९ महिला गरि जम्मा ४४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको र ति मध्ये १० पुरुष र २ महिला गरि १२ जना डिसचार्ज भैसकेको नगरका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी गराए । उनका अनुसार PCR परिक्षणका लागी स्वाव सङ्कलन गरि पठाइएको मध्ये अझै ६७ जनाको रिपोर्ट आउन बांकी रहेको छ । नगरपालिकाको आइसोलेसन सेन्टरमा पछिल्लो समय २४ जना पुरुष र ७ जना महिला गरि जम्मा ३१ जना भएको र १ जनालाई स्वास्थ्यमा सामान्य समस्या देखिएका कारण बुटवल धागो कारखानामा बनाइएको कोरोना अस्पतालमा रिफर गरिएको उनले जानकारी दिए । त्यस्तै नगर भित्रका वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा अहिले ७८ जना र होम क्वारेन्टाइनमा २५ जना मात्रै रहेको समेत उनले वताए ।
    स्थानिय विपद व्यवस्थापन समितिको बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका जिल्ला अध्यक्ष भविश्वर तिवारी र नेपाली काङ्ग्रेसका कार्यबाहक जिल्ला सभापति अर्जुन कुमार पोखरेलले आआफ्ना धारणा राख्दै कोरोना भाइरसको नियन्त्रणका लागी विभिन्न सुरक्षा मापदण्ड बनाएर अगाडि बढ्न नगरलाई सुझाएका थिए ।

    शुक्रबार, असार २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान
    पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन
    राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा
    स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
    नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना
    विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      ‘ध्रुवे’ हात्तीमा रेडियो कलर, बस्ती पस्नुअघि नै

    • ३.
      कैलाली–कञ्चनपुरका विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउने सहमति

    • ४.
      भारतसँग विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५०

    • ५.
      विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण

    • ६.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    भर्खरै

    • १.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • २.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ३.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ४.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    • ६.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ७.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

    • ८.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation