• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

लोकप्रिय समाचार

  • १. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • २. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • ३. न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार ठगी, भारतीय नागरिक पक्राउ

  • ४. पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

  • ५. मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

  • ६. आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख जरिवाना

  • ७. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ८. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ९. राप्तीमा १० दिने मगर भाषा प्रशिक्षण सम्पन्न

  • १०. त्रिशूलीमा हाम फाल्न लागेका युवकको प्रहरीद्वारा उद्धार

असार पन्ध्र: कृषिको महत्त्व र मौलिकता


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • नेपाल कृषि प्रधान देश भएकोले यहाँ असार महिनाको निकै महत्व छ ।

    Advertisement

    अझ कृषकहरुले असार १५ लाई विशेष दिनका रुपमा लिने गर्दछन। दहीच्यूरा खाएर, रोपाइँ गरेर मनाइने यो दिनलाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ । असारसँग बहुसङ्ख्यक नेपालीको नाता जोडिएको छ । यसले विश्व खाद्यान्नको ठूलो अंश धानेको छ । अर्थतन्त्र धानेको छ । जीवन धानेको छ । ‘असार मानो खाई मुरी उमार्ने महिना हो।’ असार मासिकक्रम अनुसार तेस्रो स्थानमा पर्दछ । यस्को तद्भव शब्द आषाढ हो। नेपाली जनजीवनमा असार खेतीपातीको महत्वपूर्ण याम भएकोले पनि असारलाई वर्षायाम र खेतीपातीको उत्तम याम भनिएको हो । कृषकहरूले धान त असार १५ भन्दा पहिले र पछि पनि रोप्छन्। तर त्यस दिन रोप्नुको महत्व नै अर्कै हुन्छ।

    “सानो छ खेत सानै छ बारी सानै छ जहाँन
    नगरी काम पुग्दैन खान साझँ र विहान ।”

    यी माथिका दुई हरफ कविताले पनि खेती पातिमा परिश्रमी हुनुपर्छ खेती पाती नै नगर्ने हो भने परिवारको छाक टार्न समेत धौ–धौ हुने भएकोले असारको महिनालाई विशेष महिनाको रुपमा हेर्नु गरिन्छ । असारभरि र साउनको झण्डै आधा महिना जति कृषकहरु आफ्नो परिश्रम, मेहनत खेती किसानीमा नै बिताउने गर्दछन ।

    त्यसैले असारको महिना अलि बढि मेहनत, परिश्रम र थकानको महिना भनेर चिनिन्छ ।

    कृषकहरु राष्ट्रका धरोहर हुन । कृषकहरुले कृषि पेशा अवलम्बन नगर्ने हो भने कृषि क्षेत्रमा ठुलो संकट पर्न सक्छ ।  त्यसैले कृषक यस धर्तीका पूजारी पराक्रमी र वीर पनि हुन । नेपालमा कृषि पेशालाई सम्मानीत पेशाको रुपमा नहेरेपनि आम कृषकहरु आफ्नो दुःख, कष्ट भोगेर पसिना बगाएर र दश नङ्ग्रा खियाएर अरुका निम्ती गाँस, बास र कपास जुटाउन  तयार रहन्छन । असार महिना रोपाई गर्ने महिना मात्र होइन । यो महिनालाई विविधताको महिना पनि भनिन्छ । यही असार महिनाको मनसुनलाई आकलन गरेर वर्ष सुखद् वा दुखद् रहने भन्ने कुरा अनुमान गर्न सकिन्छ । असार भरि राम्रोसँग वर्षात भएमा खेतीपाती राम्रो हुने, रोगव्याधी नआउने र खडेरीको समस्या टर्ने बताइन्छ । अझ यस महिनाका १५ गतेलाई विशेष चाडको रुपमा मनाइन्छ । दही – चिउरा र केरालाई विशेष परिकारको रुपमा लिई खाने गरिन्छ । सुन्दर प्रकृति, सिमसिमे पानीको वर्षात र अरुवेला नफूलेर यही महिनामा मात्र फूल्ने असारे फूलको विरुवाले असार महिनको विशेष चिनारी झल्काउँछन । गीत गाउनेहरू पनि असारमा रमाउँछन्। असारे गीतको भाखा भन्नासाथ लोभिनेहरू धेरै छन्। जनकवि केशरी धर्मराज थापाले ” हो हो माले हो हो ” भन्ने गीत गाए पछि यसको महत्व अरु बढेको छ।

    अरु समयमा नघन्किने असारे गीतका भाका यही समयमा हरेक गरिखाने किसानका ओठहरुवाट वुलन्द हुने गर्दछ । अतःअसार, धार्मिक साँस्कृतिक, कृषि र पर्यावरणीय दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

    परापूर्वककालमा असार १५ गतेका दिन रोपाइकैै क्रममा त्यसवेलाका तात्कालिन राजा रानीले पनि हिलो कुल्चिएर रोपाँई कार्यक्रममा संलग्न भएकोे र रोपाँई सकिएपछि किसानहरु संगै वसेर दही–चिउरा खाएको किम्वदन्ती सँग पनि असार महिनाको इतिहास जोडिएका छ । महिनाभरि हिलो माटो सँग खेलने र खेती पातीमा नै व्यस्त रहने भएकाले शरीरमा थकान, विरामी र छाला सम्बन्धी विभिन्न रोगहरु लाग्ने गर्दछ । मानिसहरलाई त्यतिवेला असार १५ मा दहीको प्रयोग गर्नुको वैज्ञानीक कारण थाहा नभएपनि आयुर्वेदका विज्ञहरुले दहीलाई कब्जियतवाट मुक्त राखी पेटलाई सफा पार्ने, शरीरमा शीतलताको सञ्चार गराउने, तागत प्रदान गर्ने, छालालाई नरम बनाउने आदी अति उत्तम गुणहरु रहेको बताउँछन । फलस्वरुप रोपाँईको क्रममा शारिरिक, मानसिक स्वास्थ्यका लागि हलि र रोपाराहरुले दहीको प्रयोग गर्ने प्रचलन विकसित हुँदै आएको मान्न सकिन्छ । चिउराले भोक खटाउने र दिनभर खेती पातीमा काम गर्न सहज हुने पौराणिक मान्यता पनि छ ।

    हिजो आज असार महिना र असार पन्ध्रलाई विकृती तिर ढल्किएको देख्न सकिन्छ ।

    खेतीपातीमा आधुनीकरण, कृषकहरुलाई वैज्ञानिक र प्राविधिक ज्ञान भन्दा पनि हाम्रो संस्कार संकृतिलाई सिध्याउने र पश्चिमिकरण गर्ने कामहरु हालसालैको असार पन्धका सामाजिक सञ्जालमा चर्चाका लागि पोष्ट गरिएका विकृत तस्वीरले घाम झै छर्लङ्ग पार्दछ । हामी कृषि प्रधान देशका कृषकहरु हौं । सरोवकारवाला निकायका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुले नै गमलामा धान रोपेर असार पन्ध्रको खिल्ली उडाएको पाइन्छ ।असार १५ मनाउने तौर तरिकामा धेरै परिवर्तन आएको छ। हिजो दही चिउरा खाएर दिनभरि खेतमा काम गर्दथे भने अहिले केही ठाउँमा होटलको परिकार पस्कने गरिएको छ। २/३ घण्टा रमाइलो गरी जानेहरूको संख्या बढ्दै छ। गीतको भाखा पनि फेरिन थालेको छ। परिवर्तन त आयो, नयाँ किसिमले रमाइलो पनि भयो। तर यसको मौलिकता कतै लोप होला कि भन्ने आशंका उत्पन्न भएको छ। सबन्धित निकाय र सरकार पनि सजग हुनुपर्दछ, हुनेवेला आएको छ । वर्षमा ३ सय ६४ दिन कार्यालयमा बसेर असार पन्ध्रमा नाटकिय शैलिमा एक दिन मात्र कृषकको खेतमा हिला झ्यालेर कृषि क्रान्ति हुनेवाला छैन भन्ने कुरामा स्पष्ट हुनुपर्याे । असार पन्ध्रमा मन्त्रिले खेत रोप्दैमा उत्पादन बढ्ने हैन । यदि मन्त्री र सरकारी प्रतिनिधि ज्यूहरु साँच्चिकै कृष क्षेत्रलाई देश विकासको मेरुदण्ड बनाएर लैजाने हो भने विकसित देशका कृषकहरु जस्तै यहाँका कृषकहरुलाई पनि बनाउने कार्यक्रम ल्याउनुस, नेपालीमा अझै ९५ प्रतिशत क्षेत्र एवम् भूभागमा परम्परागत कृषि प्रणालीवाट खेतीपाती गरिदै आएको छ । अव परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दे कृषि उत्पादनको आधुनीक यूगमा प्रस्थान गर्ने कृषि कार्यक्रम जनताको वीचमा ल्याइदिनुस् अनि मात्र देशमा कृषि क्रान्ति हुने छ ।

    ८० प्रतिशत नेपालीहरु कृषि पेशामा लागिरहदाँ पनि देशमा खाद्यान्न अभाव हुन्छ र विदेशवाट आयात गर्नुपर्छ यो आखिर किन भयो सरकारले पत्ता लगाउनुपर्देन ?

    लगाउनुपर्छ र किसानका हरेक समस्यालाई हल गनुपर्छ अनि मात्र देशमा आर्थिक समृद्धि आउँछ । अवको पालो आर्थिक समृद्धि भनेर भन्नुस् हैन भने कृषि क्रान्ति विनाको आर्थिक समृद्धि पांग्रा विनाको रथ जस्तै हुन्छ । नेपालमा जव सम्म कृषिमा कृषकहरुको लागि विशेष कार्यक्रम पर्दैन तव सम्म नेपालका कृषकहरुले ६ महिना पनि खान नपुग्ने रोपाँइको चटारो भइरहने छ।

    – सरद बिष्ट
    स्वर्गद्वारी नगरपालिका -३, प्यूठान

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति
    पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    लोकप्रिय

    • १.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • २.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • ३.
      न्युजिल्याण्ड पठाइदिने भन्दै ९ लाख ८० हजार

    • ४.
      पेट्रोलपम्प बन्द गरे १० लाखसम्म जरिवाना

    • ५.
      मानसिक अस्पतालमा अनलाइन ओपीडी टिकट सेवा सुरु

    • ६.
      आलुको परिकारमा साङ्ला भेटिएपछि साढे २ लाख

    भर्खरै

    • १.
      मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

    • २.
      पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला

    • ३.
      सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा

    • ४.
      पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन

    • ७.
      नार्कबाट बेपत्ता कर्मचारीमाथि कारबाही सुरु, दुई कर्मचारी सेवाबाट हटाइए

    • ८.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation