• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, माघ ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

  • ८. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

गौमुखी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • जायश्वर जैसी,ठुलाबेसी। गौमुखी गाउँपालिकाको आठौं गाउँसभाबाट आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । गौमुखी गाउँपालिकामा भएको आठौं गाउँसभामा अध्यक्ष विष्णुकुमार गिरीले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
    गिरीद्वारा सर्वजनिक गरिएको नीति तथा कार्यक्रममा आवश्यकता, लागत, समय, अपेक्षित प्रतिफल तथा प्रभावको आधारमा आयोजना र कार्यक्रमको वर्गीकरण एवं प्राथमिकीकरण गरी सन्तुलित रूपमा स्रोतको परिचालन गरिने उल्लेख गरिएको छ । त्यस्तै कोभिड १९ लाई लक्षित गरी आगामी वर्षको लागि छुट्टै कोरोना विशेष कोष खडा गरी स्वास्थ्य सेवामा सहजता प्रदान गर्ने जनाइएको छ । नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, भौतिक पूर्वाधार, खेलकुद, सडक, संचार, वन, जडिबुटी, सरसफाइ, विपद् व्यवस्थापन लागायतका क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । यसैगरी महिला, अपाङ्ग, दलित, जनजाति, जेष्ठ नागरिक, बालबालिका लगायतका समस्या समाधानका विषय पनि कार्यक्रममा उल्लेख छन् । कोभिड लक्षित कार्यक्रमबाहेक अन्य कुरा गत आ.व. कै निरन्तरता रहेको तथा थप नयाँ कुरा नआएको यस सम्बद्ध जानकारहरूले बताएका छन् ।गाउँसभाको उद्घाटन कार्यक्रममामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जुमानसिंह जिसी, नेपाली कांग्रेसका चन्द्रलाल न्यौपाने, राजमोका ज्ञामुराम न्यौपाने, पत्रकार महासंघ प्यूठानका उपाध्यक्ष एल.वि. थापा, पूर्व जनप्रतिनिधि चन्द्रबहादुर खत्री लगायतले आठौं गाउँसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने क्रममा बोल्ने वक्ताहरूले गाउँपालिकामा केही राम्रा काम भए पनि अधिकांश काममा गाउँपालिका गम्भीर हुनुपर्नेमा जोड दिदै कृषि क्षेत्रलाई नारमा सीमित नराखी व्यवहारिक रूपमा कार्य गर्नुपर्ने, शिक्षामा प्राप्त लगानी गर्नुपर्ने, सडक निर्माणमा डोजरमात्रै प्रयोग नगरी जनतालाई सहभागी गराउनुपर्ने, सुशासन र पारदर्शितामा जोड दिनुपर्ने, कार्यक्रम कार्यान्वयन गर्दा समान व्यवहार गर्नुपर्ने, नीतिअनुसारका कार्यक्रम बनाई लागु गर्नुपर्ने, सरकारी कार्यालयबाट सहज ढंगले सेवा प्रवाह हुनुपर्ने, योजना निर्माण तथा कार्यक्रम सञ्चालन गर्दा गम्भीरतापूर्वक पूर्व तयारी गर्नुपर्ने, कार्यालयहरूमा विधिसम्मत कर्मचारी भर्ना तथा नियुक्ति गर्नुपर्ने, कार्यक्रम गर्दा सर्वपक्षीय समन्वय गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।गाउँसभाको क्रममा पालिकाका ७ वटै वडाका २०४९ सालमा निर्वाचित पूर्व जनप्रतिनिधिलाई सम्मान एवं मायाको चिनो प्रदान गरिको छ । त्यस्तै गाउँपालिका स्तरीय कक्षा आठको परीक्षामा सबैभन्दा बढी जि.पि.ए. ल्याई प्रथम हुने जन ज्योति आधारभूत विद्यालय पुजा लैसरा तथा सुरक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत ईलाका प्रहरी कार्यालय लिवासेलाई कदर पत्र समेत प्रदान गरिएको छ । यसै क्रममा भर्खरै गौमुखी गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नियुक्ति गरी आएका डाक्टर सुवास जिसीलाई स्वागत गरिएको छ । कार्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै वडा नं. १ का वडा अध्यक्ष मान बहादुर थापा र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्य चौकी लिवासेका प्रमुख सुवास सेर्पाइलीलाई कदर गरिएको छ ।गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरिएको आठौं गाउँसभा कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तुल्सी सुनारले दिएकी थिइन् भने सभको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले गरेका थिए ।

    Advertisement

    उद्घाटन सत्रमा प्रस्तुत आ.व. ७७/७८ नीति तथा कार्यक्रममा केही थपघट गरी बन्द सत्र पनि आजै सम्पन्न भएको जानकारी प्राप्त भएको छ । कार्यक्रममा विभिन्न राजनैनिक दलका प्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, एवं गाउँसभाका सदस्य लागायको उपस्थित रहेको थियो ।

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका
    ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला
    इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान
    सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • २.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ३.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ४.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    • ५.
      ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

    • ६.
      दाङमा ९ दिनमै ३८ फरार प्रतिबादी पक्राउ

    • ७.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • ८.
      जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...