• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

‘डाक्टर’ साहेब बिदामा हुनुहुन्छ


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने । सेवामूलक पेशा अपनाउने मनिसहरु पहिलेदेखि नै त्यससंग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रुपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ ।

    Advertisement

    यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेशामा लाग्नु नै हुँदैन ।

    कोरोना भाइरस (कोभिड १९) ले विश्वजगत नै प्रभावित बनेको छ । नेपालमा पनि यस रोगका संक्रमित दिनहुं बढ्दै छन् । जसले गर्दा यसले अबका दिनमा झन् भयावह स्थिती सिर्जना गर्ने हो कि भन्ने त्रास सम्पूर्ण नेपालीमा छ । त्रास पनि किन नहोस्, भोलिका दिनमा सक्रमितको संख्या बढदै गयो भने उपचारका लागी प्रयाप्त अस्पताल छैनन्, अत्यावश्यक उपचार गर्ने यन्त्रउपकरण तथा स्वास्थ सामाग्री छैनन्, न त चिकित्सकका लागी आवश्यक स्वास्थ सुरक्षाका सामाग्री नै छन् ।अर्काेतर्फ यस्तो स्वास्थ संकटका बेलापनि देशभरका प्राय निजि अस्पतालहरुले आफ्नो सेवा नै बन्द गरेर बसेका छन् । केहि निजि अस्पताल खुल्ला नै रहेछन् भनेपनी तिनमा काम गर्ने दक्ष चिकित्सक सहितका अन्य स्वास्थ्यकर्मीहरु आफ्नो पेशा, कर्तव्य र धर्म नै बिर्सेर बिदामा बसेका छन् । तर डाक्टर र नर्सहरुको बिदाको कुरै छाडौं, एकएक घण्टा, मिनेट, सेकेण्ड, पल वा निमेष कति सम्वेदनशील हुन्छ भन्ने कुरा रोगले पीडित मान्छे र उनीहरुका आफन्तलाई मात्रै थाहा हुने कुरा हो । देशका कुनाकुनादेखि आफ्नो रोग र व्यथाहरुका निदान हुने आशमा आएका बिरामीहरुलाई यो समय र संकटले कति असर गरेको होला भन्ने कुरा शायद उहाँहरुको मतलबको कुरा होइन । डाक्टरहरुलाई भगवानको रुपमा श्रद्धा गर्ने, अस्पताल गएपछि ठीक हुने र नर्सहरुका रेखदेखले तङ्ग्रिने बिश्वासले आएका ती विरामीहरु अस्पतालमा समेत डाक्टर र नर्स छैनन् भन्दा उनीहरू कति निराश भएका होलान्, त्यो अन्योलले उनीहरुको र उनीहरुका आफन्तहरुको कति सातो गयो होला भन्ने कुरा शायद बिदामा बस्नेले सोच्दा पनि सोचेनन् होला ।

    त्यो अवधिमा कति आमाहरु पेटको असह्य पीडाले छटपटाए होलान्, कति बाबुबाजे दमले स्याँस्याँ भए होलान्, कति पत्नीहरु पतिको छटपटीको मूक दर्शक भएर बसे होला, कति बाबुआमाको मन आफ्ना सन्तानको पीडा हेर्न नसकेर रोयो होला, त्यस्ता जैरे भावनाका कुराहरु शायद उनीहरुका लागि गौण भैइरहेका छन यतिबेला ।

    डाक्टरी पेशालाई समाजले प्रतिष्ठित पेशाको रुपमा हेर्छ । बिरामीको खुसीमा आफ्नो सन्तुष्ट भेटनेहरु पनि छन। हुन त एकोहोरो भएर सोह्रै आना डाक्टरसाहेब र नर्सहरुको खोइरो खन्न खोजेको होइन । उहाँहरुका पनि आफ्नै समस्याहरु होलान्, उनिहरुलाई आवश्यक स्वास्थ सुरक्षाका सामाग्री दिन नसक्नु सरकारको कमजोरी होला । बारम्बार स्वास्थ सुरक्षाका सामाग्री माग गर्न सम्बन्धित ठाउँमा ताकेता गर्दा पनि केही नभएको हुनाले नै उनीहरु आफ्नो पेशा र धर्मबाट टाढा रहन बाध्य भएका होलान्, त्यो आफ्नो ठाउँमा छ । तर चिकित्सा जस्तो मानवीय संमवेदनाको पेशाबाट टाढा रहन खोज्न कतिसम्म जायज हो भन्ने प्रश्न पनि आफ्नै ठाउँमा नभएको होइन । सुविधा, सुख, पैसा जति भए पनि कसैलाई नपुग्ने कुरा हो । आफ्नो मेहनत र परिश्रमबाट सम्पन्न र खुसी जीवन बनाउने चाहना राख्नु स्वाभाविक पनि हो । मान्छेले पढ्ने लेख्ने, रोजगारी खोज्ने भनेको पनि आफ्नो र आफ्नाहरुका जीवन सरल र सुविधामय बनाउनका लागि नै हो । हरेक मान्छेलाई आफू सुखी र खुसी हुने अधिकार छ ।

     

    तर त्यो खुसीको लागि अरुको आँशु कतिसम्म बगेको छ भन्ने कुरा मान्छेले नै नसोच्ने हो भने कसले सोच्ने त ?

     

    केही पेशा यस्ता हुन्छन्, जो प्रत्यक्ष सेवामूलक हुन्छन् । तिनमा लाग्नेहरु निस्वार्थ हुनु जरुरी छ । तर सबै मान्छेमा त्यो भाव हुनुपर्छ भन्ने चाहिँ छैन । त्यो सम्भव पनि नभएको कुरा हो । त्यसो हुँदो हो त हरेक मान्छे मदर टेरेसा हुन्थे । तर त्यस्ता सेवामूलक पेशा अपनाउने मनिसहरु पहिले देखि नै त्यससंग आउने कठिनाइका लागि, त्यसले माग्ने समर्पणका लागि आफूलाई मानसिक रुपमा तयार गरेर मात्र त्यसमा लाग्नुपर्छ । यदि आफूमा त्यस किसिमका त्याग, सेवा र समर्पणको भाव छैन भने त्यस्तो माग गर्ने पेशामा लाग्नु नै हुँदैन । तर हाम्रो बिडम्वना नै के भने अधिकांश अभिभावकहरुले आफ्ना सन्तानलाई हुर्काउने बेलादेखि नै, उसले बुझ्न थाले देखि नै “यो त डक्टर बन्छ, भोलि धेरै पैसा कमाउँछ” भन्दै हुर्काउछ्न। “यो डक्टर बनेर भोलि मान्छेका पीडाहरु कम गर्छ, रोगले च्यापिएका मान्छेहरुलाई आराम दिलाउँछ” भनेर शायदै कसैले आफ्नो सन्तानलाई चिकित्साशास्त्र पढ्न लगाउँछन् । अझ कति वर्षमा यसले लगानी उठाउँछ भनेर हिसाब किताब गर्न सम्म पछि पर्दैनन् कतिपय अभिभावकहरु । “मैले पैसा कमाउनुपर्छ” भन्ने मानसिकता बोकेर बनेका डाक्टरहरुले सेवा र समर्पणको भावनालाई मनको कुनै अँध्यारो कुनामा थन्क्याएर यसलाई पनि पसल खोलेको जस्तो गरि व्यापार गर्न थाले भने त्यो दोष उनीहरुको मात्र पनि होइन । केही समय यता ह्वात्तै नर्सिंग पढ्न चाहनेहरुको लहर व्याप्त भएको थियो । तर ती मध्ये कति जनाले यो जनसेवाको काम हो भन्ने भावनाले अनि कति जनाले अष्ट्रेलिया र क्यानडा जान जान सजिलो हुन्छ भनेर नर्सिंग पढे त भन्ने कुरा महत्वपूर्ण हो ।चिकित्साशास्त्रमा मात्र होइन हरेक क्षेत्रमा यस्ता मानसिकताहरुले काम गरिरहेको हामी उदाहरणहरु देख्न सक्छौं । संचारमाध्यममा लगानी गर्ने भनेको जनतालाई सुसूचित गर्ने भन्दा राजनीतिक र सामाजिक पकड बलियो बनाउने हो भन्ने उद्देश्यले अरु ठाउँबाट कमाएको पैसा खत्याउनेहरु, राजनीति गर्ने भनेको जीवनशैली सुधार्नका लागि, चलचित्र बनाउने भनेको मोजमस्ती गर्नका लागि र नाम चलाउनका लागि हो भनेर होम्मिनेहरु, स्कूल कलेज चलाउने भनेको रातारात धनी बन्नका लागि सोच्नेहरु, वैदेशिक रोजगारको काम भनेको हेर्दाहेर्दै महल ठड्याउनका लागि भनेर लागिपर्नेहरु, एनजीओ खोलेपछि डलर फल्छ भन्ने ‘विदेशी मुद्रा कृषकहरु’, सबै क्षेत्रमा जुन काम हो त्यो भन्दा अरु उद्देश्यले अभिप्रेरित भएर मान्छेहरू लागेका हुन्छन् र त्यस्ता मान्छेहरुका बाढीले आफूसंगै सही काम गर्नेहरुलाई पनि बगाएर लैजान्छ ।

    आफ्ना चाहनाहरु पूरा नहुँदैमा सबैले दबावको राजनीति गर्नु भनेको नैतिक अपराध होइन र ?

    महँगी बढेको छ भने सबैलाई बढेको छ, प्रतिस्पर्धा सबैका लागि त्यत्ति नै छ, बाँच्न सबैलाई उत्ति नै गाह्रो छ । तलब सबैका लागि कमै छ । हातमुख जोर्न सबैलाई हम्मेहम्मे छ । छोराछोरीको भविष्यको चिन्ता सबैलाई बराबर नै छ । राष्ट्र संकटकालमा छ भने त्यसको असर सबैलाई बराबर छ ।यो बेलामा हामी सबैको कर्तव्य सक्ने जति कममा सम्झौता गर्ने हो।  तर हामीहरु त ठ्याक्कै त्यसको उल्टो सकेसम्म बढीको अपेक्षा गर्न थालेका छौं।

    त्यसका लागि साम दाम दण्ड भेद र जानेजतिको दाउपेच खेल्न थालेका छौं । अर्कालाई परेको अप्ठ्यारो र बाध्यतामा आफ्नो दुहुनो कसरी सोझ्याउने भन्नेमा के कर्मचारी, के राजनीतिज्ञ, के व्यापारी, के उद्योगपति, के डाक्टर, के शिक्षक सबै लागिपरेका छौं ।

    साँच्चै नयाँ युगको निर्माण गर्ने नै हो भने त्यसका लागि सबैले आआफ्नो तर्फबाट आआफ्नो पेशामा कटिबद्घ र कर्तव्यनिष्ठ भएर लाग्नैपर्छ । ठूला कुराले मात्र केही पनि परिवर्तन हुँदैन जबसम्म हाम्रो आफ्नो मानसिकतामा परिवर्तन हुँदैन । उपलव्धिका लागि अन्धो दौडमा सहभागी हुनुअघि हामीले मनन गर्नु पर्ने कुरा के हो भने, प्राप्तिको सीमा हुँदैन । सन्तुष्ट मान्छे भनेको त्यो होइन, जोसंग सबैभन्दा बढी छ । सन्तुष्ट मान्छे त्यो हो, जो आफूसंग जति छ र आफ्नै पेशामा नै रमाउन सक्छ ।

    लेखक जीवन न्यौपाने कामना डेली डटकमका बरिष्ठ समाचारदाता हुन।

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • २.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ६.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ७.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ८.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation