• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

जातीय छुवाछुत ‘ज्यूँ का त्यूँ’ : भेरिमा बिलायो प्रेम,र बग्यो मानवता पनि


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • नेपालको संविधानले जातीय छुवाछुत तथा भेदभावलाई जघन्य अपराध भनेको पनि ५७ बर्ष भईसकेछ । मुलुकि ऐन २०२० ले पनि छुवाछुतलाई दण्डनिय भनेको छ। कानुनी रुपमा मात्र होईन व्यवहारमा पनि अब विभेद हुने छैन भनेर संसदले २१ जेष्ठ ०६३ मा नेपाल छुवाछुत मुक्त राष्ट्र घोषणा पनि गरेको छ। त्यती मात्रै नभई कैद वा जरीवाना र अपराधको अवस्था हेरी दुबै हुन सक्ने कानुनी ब्यवस्था छ ।

    Advertisement

    यस बाहेक जातीय विभेद अन्त्यका लागी नेपालमा थुप्रै सरकारी गैरसरकारी संघसंस्थाहरु समेत काम गर्दै आईरहेको देखिन्छन। तर नतिजा भने त्यती सन्तोषजनक छैन्न ।
    जातीय विभेदका घटनाहरुमा कमि आएको पाईदैन। बिभेदले समाजमा यतिसम्म असर पुर्याएको छ कि सानोदेखि समाजमा राजनीतिक एवं आर्थिक हैसियत कमाएका व्यक्तिहरूले सम्म जातीय छुवाछुतको अमानवीय व्यवहारको जाँतोमा पिल्सनु परिरहेको छ । विगतमा दलित समुदायका मानिसहरूलाई सार्वजनिक पार्टी, पौवा, धारा, पँधेरा, मठ मन्दिर लगायतका स्थानहरूमा प्रवेश गर्न पाउँदैनन् थिए भने हाल आएर केही कुराहरूमा परिवर्तन आए पनि जातीय छुवाछुतका असरहरू एकपछि अर्को गरी देखिने गरेका छन् । अझै पनि गाउँ सहरहरूमा दलितलाई डुम,अछुतजस्ता संज्ञा दिएर अपमान गर्ने लगायतका कुराहरूले पनि कथित उपल्लो जात भन्नेहरूको चरम विभेदमा पर्दै आएका छन् दलित समुदायले । हालै भएको रुकुम पश्चिमको चौरझारीमा घटेको घट्नालाई नै बिभेद झल्काउने एउटा डरलाग्दो उदाहरणको रुपमा लिन सकिन्छ।

    जहा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान बचाउन भेरीमा हामफालेका चार जनाको शव भेटियो, दुई जना अझै बेपत्ता छन। उनिहरुको अत्तोपत्तो छैन। अन्तरजातीय प्रेम बिहे र उनको लास मात्र होइन, मानवीय संवेदना पनि भेरी नदीमा बगेको छ । यो खबरले सायद धेरैको मन भक्कानिन्छ। नेपालको कानुनले प्रत्येक ब्यक्तिको मानविय मर्यादा मात्र नभएर वर बंधु रोज्ने अधिकार पनि सुरक्षित गरेको छ। तर सोही कानुन व्यवहारमा भने देखिदैंन। नेपाल मात्र यस्तो देश हो,जहां जातिय दमनका कारण नै कयौं प्रेमिहरुको प्रेम भेरिमा विलाउंछ। यो त कानुनी राज्यमाथिकै प्रश्न हो। यो हाम्रो लोकतान्त्रिक चेतनामाथिको प्रहारसमेत हो। २१ औ शताब्दिमा आईपुग्दा सम्म नेपालमा जातिय विभेदको अन्त्य भएको छैन। दलित भन्दै कुटिकुटि मार्ने ए । तुच्छ सोंच भएका उच्च जाति भनाउंदा हो । मान्छे दलित होईन तिमिहरुको सोंच दलित हो। म उच्च जाति भन्दै छाति ठोक्ने ती माहान सोंच भएका बलवानहरुलाई एकपटक सोध्न मन छ,दलितले छोएको पानी नचल्ने तिम्रो समाजमा दलितले दान गरेको रातो रगत कसरी चल्यो ? मन्दिर पस्नसम्म नपाउने दलितले बनाएको त्यति ठूलो मुर्तिले त्यहि मन्दिर भित्र कसरी भगवानको उपमा पायो ? अनि यीनै दलितले बुनेका टोपी लगाएर तिम्रो शिर कसरी उच्च भयो ? यस्को जवाफ दिन सक्यौ भने संधै उच्च मानेर चार कोष टाढैबाट भएपनि शिर निहुर्याउंला। दुई थोपा रगतले बांचेका सर्बश्रेष्ट प्राणिंले सबैको रगत रातो नै हुन्छ भनेर कहिले बुझ्ने ?

    नेपालमा दलित भएकै कारण अकालमा ज्यान गुमाउने नवराज विक जस्ता कयौं नवराजहरु छन। थाहा छैन नवराज जस्ता दलितको उपमा पाएका निर्दोषहरु कहिले सम्म भेरिमा हुमिनु पर्ने हो ? धर्म र सिद्धान्तको उल्लंघन गरेर आंफुलाइ महान सम्झने त्यस्तो तुच्छ सोंच आंफैमा पनि लज्जास्पद कुरा हो। कस्तो प्रचलन हो यो। जिवनको कुनै कालखण्डमा तपाईंले पनि प्रेम गर्नु भए होला ,मैले पनि गरे हुंला। संयोगबस हामी मारिएनौ। तर आज २१ अौं शताब्दिमा पनि नवराज विकहरु प्रेम गरेकै कारण भेरिमा बग्न बाध्य छन। दलित सोंचेर कुटिकुटि मारेर भेरिमा खसाल्ने त्यति माहान सोंच भएका बिध्वानहरु हो । एउटा निर्दोषको ज्यान मारेर आफ्नो मनमा दिपावलि मनाएर कसरी रमाउन सक्यौ ? एकपटक छातिमा हात राखेर कल्पना गर नवराज विकको ठउंमा आफू भएको भए के गर्ने थियौ। दलितले प्रेम गर्नै नपाउने ? दलित यो देशमा बांच्नै नपाउने ? यो कस्तो बिडम्बना,सोचनिय बिषय बनेको छ आजको दिनमा। अझैपनि हामिले यो देशमा दलित माथि उत्पिडन छ भनेर नबुझ्ने हो भने यस्ता घटना र समस्याहरु बढ्दै जानूको बिकल्प रहंदैन। यो समाजमा मान्छेहरुको छायां नै झुटो भएर आफ्नो मुल हराएको, धुन हराएको र आफ्नो दुःख सुनिदिने दैव पनि नभएको गुनासो गर्दै भेरिमा बग्ने नवराज जस्ता निर्दोषहरुको आत्माले कहिले शान्ति पाउंछ। थाहा छैन यो देशमा जातिय विभेद कै कारण सिङ्गो जीवन कहिले सम्म पुर्णबिराम लाग्ने हो। मुना मदनको कथा लेखिए जस्तै अब नवराज विक र उच्च जात कि ती चेलीको प्रेम कथा लेखिनु पर्छ। मुनाको होस कि मदनको,नवराजको होस कि उच्च जातकि छोरिको । मायां त आखिर मायां हो। रगत रातो हो। फेर्ने हावा अक्सिजन हो। मुटु उस्तै हो ,आँखा उस्तै हो। फरक यहि हो,यो निर्दयी समाज अनि यहि समाजले स्थापित गरेका कथित उचनिचका मान्यताहरु।थाहा छैन आफ्नो प्रेमको जितहारका लागि अझै कति जवानको बाजि थाप्नु पर्ने हो। किनकि यहाँ ज्यान कै बाजेर थापेपनि एउटा प्रेम हारेको छ आज।

    त्यसैले विविध जातजति,भाषाभाषि र संसकृतिलाई एउटै शुत्रमा बांध्न नसक्ने हो र उनिहरुलाई राज्यले समान ब्यवहार नगर्ने हो भने देशको राष्टिय एकता छिन्नभिन्न नहोला भन्न सकिँदैन। दिनप्रतिदिन यस्ता घटनाहरु बढ्दै जांदा यो समाज ‘सच्चा र निर्दोषहरु स्वतन्त्र भएर बांच्न पाउनु होईन, दमन र अत्याचार गरेर रुवाउन जान्नेहरुको लागि मात्रै हो’ भन्ने बुझाएको छ आज।
    त्यसैले फेरिपनि भन्न मन लाग्यो दलित उपमाको विभेद दिने महान सोंच भएका उच्च जातिलाइ मात्रै यो समाजमा बांच्न पाउने अधिकार छैन।

    जय देश ,जय स्वाभिमान ।

    मणि भुसाल, बुट्वल ।

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation